
पाल्पा, पाल्पामा फोटो खिच्ने क्रममा खोलामा डुवेर एक युवकको मृत्यु भएको छ । साथीहरुसँग घुम्न आएका भारतको गोरखपुरका २८ वर्षीय सान्तनु नन्दीको जिल्लाको तिनाउ गाउँपालिका–३ भूतखोलामा डुवेर मृत्यु भएको हो ।
आइतबार दिउँसो साथीहरुसँगै खोलाको ढुङ्गामा चढेर फोटो खिचेका नन्दी अचानक चिप्लन गई खोलामा डुवेका थिए । खोलामा डुवेका उनलाई प्रहरी चौकी दोभानको टोलीले अचेत अवस्थामा उद्दार गरेको थियो । अचेत अवस्थामा रहेका नन्दीलाई तत्कालै प्रादेशिक अस्पताल बुटवल पठाइएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचाभैयाले जानकारी दिए ।
गत शुक्रबार मात्र रुपन्देहीबाट पाल्पा घुम्न आएकी १८ वर्षीया बालिकाको पनि शोही खोलामा डुवेर ज्यान गएको थियो । साथीहरुसँग घुम्न आएकी बुटवल उपमहानगरपालिका –८ की प्रसन्न पोखरेलको हातमुख धुने क्रममा खोलामा डुवेर ज्यान गएको हो ।