Shittalpati
तानसेन बहुमुखीका  विद्यार्थीहरुलाई आर्थिक कारोवारको प्रशिक्षण

पाल्पा,  मुक्तिनाथ विकास बैक पाल्पा शाखाले विद्यार्थीहरुलाई आर्थिक कारोवारका विषयमा प्रशिक्षण दिएको छ । तानसेन बहुमुखी क्याम्पसका विद्यार्थीहरुलाई बैंकले पैसा लगानी, बचत, बैकसँग पैसाको कारोवार, बचत तथा ऋण, व्यवसायमा बैंकको सहयोग तथा लगानीका विषयमा प्रशिक्षण दिएको हो ।

देश विकासका लागि बंैकको प्रमुख भूमिका हुने भएकाले थोपा थोपा गरेर बचत गर्नुपर्ने, बचत रकम बैकमा जम्मा गर्नुपर्ने, भिजन र इच्छाशक्ती भएमा लगानीको लागि बैंकहरु व्यवसायीको घर घरमा आउने प्रशिक्षक बैंकका शाखा प्रमुख टेकराज ज्ञवालीले बताए । विद्यार्थीसँगको वित्तिय साक्षारता कार्यक्रममा क्याम्पस प्रमुख गोविन्द घिमिरेले समयमा बैंकले विद्यार्थीलाई वित्तिय जानकारी दिएकोमा खुसी व्यक्त गरे । पैसाको व्यबस्थापन गर्न जाने मात्र सफल व्यबसायी, उद्योगी तथा सफल व्यक्ति बन्न सकिने भएकाले बैकले दिएको निःशुल्क प्रशिक्षणले विद्यार्थीलाई जिवनपयोगी भएको क्याम्पस प्रमुख घिमिरेले बताए ।

वित्तिय साक्षारता तालिममा तानसेन बहुमुखी क्याम्पसमा अध्ययनरत ५५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । बैकले तानसेन नगरपालिकाको सहकार्यमा कृषि पशुपालन क्षेत्रमा महिला तथा युवाहरुको लागि ऋण लगानीमा सम्झौता समेत गरेको छ । तानसेन बहुमुखी क्याम्पसका विद्यार्थी हित शाखाका मनिष मल्ल ठकुरीको सभापतित्व, डमवर पाडे मगरको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, चैत ५, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update