Shittalpati
धार्मिक–पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै ‘रमणेश्वरधाम’
धार्मिक–पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै ‘रमणेश्वरधाम’ कालीगण्डकीको किनारमा रहेको गण्डकीबेसीकै पुरानो धार्मिक धरोहर ‘रमणेश्वरधाम’ लाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न शुरुआत गरिएको छ । रम्भा गाउँपालिका–१ टोकलकस्थित उत्तरतिर कालीगण्डकी, चारैतिर हरियाली वनजंगल, दक्षिणमा कालीगण्डकीले घेरिएको रमणेश्वरधामको धार्मिक पर्यटकीय विकासका लागि समुदायको सहभागितामा पूर्वाधार विकासका काम जारी रहेको छ ।
गुल्मीमा पहिलो महिला सिडियो, शर्माले सम्हालिन जिम्मेवारी
गुल्मीमा पहिलो महिला सिडियो, शर्माले सम्हालिन जिम्मेवारी गुल्मी जिल्लामा पहिलोपटक महिला प्रमुख जिल्ला अधिकारी (सिडियो) रुद्रादेवी शर्मा आएकी छन् । जिल्लामा ५० वर्षको इतिहासमा शर्मा पहिलो महिला प्रमुख जिल्ला अधिकारी हुन् । रामेछाप जिल्लामा ११ महिना प्रमुख जिल्ला अधिकारीको रुपमा रहेकी शर्मा ३९ औं प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भइ गुल्मीमा आएकी हुन् ।
मोटरसाईकल चोरी गर्ने दुई जना पक्राउ
मोटरसाईकल चोरी गर्ने दुई जना पक्राउ मोटरसाईकल चोरी गर्ने दुई जना ललितपुरबाट पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मोटरसाईकल चोरी गर्ने दुई जनालाई विहीबार ललितपुर लगनखेलबाट पक्राउ गरेको हो ।
आज देशभर ‘क्रिसमस डे’ मनाइँदै
आज देशभर ‘क्रिसमस डे’ मनाइँदै क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सवकोे उपलक्ष्यमा देशभरका इसाईहरूले आज ‘क्रिसमस डे’ मनाउँदैछन् । ग्रेगोरियन पात्रो अनुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर महिना २५ तारिखका दिन विश्वभरका क्रिश्चियन धर्मावलम्बीले मनाउने गर्दछन् ।
पत्रकारका पीडा : न नियुक्तिपत्र, न पारिश्रमिक
पत्रकारका पीडा : न नियुक्तिपत्र, न पारिश्रमिक पत्रकारले प्रायः अरूका विषय प्रकाशन र प्रशारण गर्छन् । जो कोहीका समस्या सुनाउनु परेमा पहिलो लहरमा पत्रकार नै आइपुग्छन् । सडक वा सत्ता सबैका मर्का सुन्नुपर्ने बाध्यता पत्रकारको हो ।
आफूले रोजेको केटासँग विवाह नगर्दा बहिनीको हत्या
आफूले रोजेको केटासँग विवाह नगर्दा बहिनीको हत्या आफैँले रोजेको केटासँग प्रेम विवाह गर्दा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईको हत्या भएको छ । पटकपटक आफूले रोजेको केटासँग विवाह गर्न आग्रह गर्दै आएका ठूूलो बुबाका छोरा सञ्जीव राईले बहिनी सकुन्तलाको हत्या गरेको खुलासा भएको हो ।
मिलापत्रमै टुङ्गिन्छन् घरेलु हिंसाका घटना
मिलापत्रमै टुङ्गिन्छन् घरेलु हिंसाका घटना बागलुङमा अङ्ग्रेजी वर्षको पछिल्लो ११ महिनामा ४३ घरेलु हिंसाका घटना भएका छन् । मानव अधिकारवादी संस्थाले तयार पारेको तथ्याङ्कअनुसार घरेलु हिंसाको शिकार महिला तथा बालबालिकामा सबैभन्दा बढी हुने गरेका छन् । हिंसामा परेर उजूरी आएकामध्ये २६ घटनामा मिलापत्र भएको छ ।
पाल्पाको बगनासकालीमा एक युवा घरमै मृत भेटिए
पाल्पाको बगनासकालीमा एक युवा घरमै मृत भेटिए जिल्लाको बगनासकाली गाउँपालिका २ पोखराथोकमा एक युवा आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । मंगलबार विहान पोखराथोकका २९ वर्षीय संजय पहारी घर अगाडि बलेन्द्रीमा मृत अवस्थामा फेला परेका हुन् ।
‘विद्यार्थीहरुको  सिकाई उपलब्धी हासिल गर्न सबै एक जुट’
‘विद्यार्थीहरुको सिकाई उपलब्धी हासिल गर्न सबै एक जुट’ जिल्ला समन्य समिति पाल्पाका कार्यवाहक सभापति मीरा मरासीनीले विद्यार्थीहरुको सिकाई उपलब्धी हासिल गर्न सबै पक्ष एक जुट हुनुपर्ने बताएकी छन् । रुम टु रिड नेपाल र बेस नेपालले भर्चुअलमार्फत आयोजना गरेको साक्षरता कार्यक्रम हस्तान्तरणमा बोल्दै मरासीनीले विद्यार्थीहरुको सिकाई उपलब्धी हासिल गर्नका लागि शिक्षक, अभिभावक, स्थानीय सरकार, गैर सरकारी संस्था र...
पेशाबाट पलायन हुँदै पत्रकार
पेशाबाट पलायन हुँदै पत्रकार नेपाल पत्रकार महासंघ इलामका पूर्वअध्यक्ष रोहितचन्द्र भट्टराई हाल पत्रकारिता पेशामा छैनन् । हाल उनी मालपोत कार्यालय इलामअन्तर्गत सञ्चालित अनलाइन सेवामा कार्यरत छन् ।
माथागढीको सिमलधारामा पहिलो पटक बस पुग्यो, स्थानीय खुसी
माथागढीको सिमलधारामा पहिलो पटक बस पुग्यो, स्थानीय खुसी जिल्लाको माथागढी गाउँपालिकाको सिमलधारामा पहिलो पटक बस पुगेको छ । खहरे,फेदी, ज्यामिरे, दान्सिङ्गा, गोफादी हुँदै गढीबारी सिमलधारामा पहिलो पटक बस पुगेको हो । गाउँमा बस पुगेपछि स्थानीय खुसी भएका छन् । उनीहरुले बस पुर्‍याउन सहयोग गर्ने माथागढी गाउँपालिका, ४ का वडा अध्यक्ष मधु पराजुली,बस धनी सुदर्शन रायमाझी, अनिल थापा र...
शिक्षकलाई तालिम
शिक्षकलाई तालिम शिक्षकको पेशागत विकासका लागि तानसेनमा तालिम कार्यशाला सञ्चालन भएको छ । लुम्बिनी प्रदेश शिक्षा तालिम केन्द्र रुपन्देहीको आयोजनामा शुक्रबारदेखि तालिम सञ्चालन भएको हो ।
Weather Update