पाल्पा टेक्निकल इन्स्टिच्यूटका अनमीलाई शिरपोस
शनिबार, पुस १८, २०७७
_copy.jpg)
‘टोपी दिवस’ : सामाजिक सञ्जालमा देखाउन कि, परम्परा जोगाउन ?
शुक्रबार, पुस १७, २०७७
यि हरफहरु हुन् गोपाल योञ्जनको स्वर, संगीत रचना रहेको राष्ट्रिय गीत । यि हरफहरुले देशप्रति माया गर्ने जो कोहीको मनलाई लालयित गराउँछन् । यही भावमा व्यक्त गरिएको टोपीले राष्ट्रियता अडिएको छ ।

चोरी भएका मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा
शुक्रबार, पुस १७, २०७७
चोरी भएका मोटरसाईकल भेटाई सम्बन्धित धनीलाई जिम्मा लगाइएको छ । काठमाडौंका विभिन्न स्थानबाट हराएका २२ मोटरसाइकल खोजतलास गरी महानगरीय ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाएको हो ।

आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने
शुक्रबार, पुस १७, २०७७
वैदेशिक रोजगार विभागले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाएको छ । विभागको अनलाइन प्रणालीबाट श्रम स्वीकृति लिइसकेका र हाल पुनः श्रम स्वीकृति लिन चाहनेले अनलाइनबाटै सेवा पाउने भएका हुन् ।

दियोको भरमा वर्षौं बित्यो, बलेन बिजुली
शुक्रबार, पुस १७, २०७७
पुथाउत्तर गङ्गा गाउँपालिका–५ मा रहेको तमागर लघु जलविद्युत आयोजनाको काम अहिलेसम्म पूरा हुन सकेको छैन । यसबाट आसपास क्षेत्रका ९ सय घरधुरी प्रभावित भएका छन् ।

अज्ञात रोगले बाख्रा मरे
बिहीबार, पुस १६, २०७७
जुम्लामा अज्ञात रोगले बयर जातका बाख्रा मर्न थालेपछि किसान चिन्तित भएका छन् । महङ्गोमा खरिद गरेर पालिएका बाख्रा मर्न थालेपछि किसान निकै चिन्तित हुन थालेको चन्दननाथ नगरपालिका–३ का स्थानीयवासी भक्तबहादुर कठायतले बताए ।

काठमाडौँको तापक्रम शून्य डिग्रीतिर
बिहीबार, पुस १६, २०७७
काठमाडौँको न्यूनतम तापक्रम आज शून्य दशमलव ८ डिग्रीमा झरेको छ । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ ।

आज राष्ट्रिय मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाइदैं
बिहीबार, पुस १६, २०७७
४५ औं राष्ट्रिय मेलमिलाप दिवस आज विभिन्न कार्यक्रम गरी मनाइदैछ । वीपी कोइराला सहित नेपाली काँग्रेसका नेताहरु मेलमिलापको नीति लिएर भारतबाट स्वदेश फर्किएको दिनको सम्झनामा यो दिवस मनाइने गरिन्छ ।

सनातन धर्म सेवा समितिको अधिवेशन, अध्यक्षमा रेग्मी
बुधबार, पुस १५, २०७७
सनातन धर्म सेवा समिति तानसेनको अधिवेशन भएको छ । समितिको अमरनारायण मन्दिर परिसरभित्र नवनिर्मित हनुमान मन्दिरमा बुधबार धान्य पूर्णिमाको दिन गुठ पुजा सहित अधिवेशन भएको हो । अधिवेशनले वरुण रेग्मीको अध्यक्षतामा नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको छ ।

उपभोक्ता शिक्षा कार्यक्रम सञ्चालन
बुधबार, पुस १५, २०७७
उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा उपभोगका लागि सचेत गराउन घरेलु तथा साना उद्योग कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले उपभोक्ता शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । उपभोक्तामा सचेतना अभिवृद्धि गर्न समुदाय र विद्यालयस्तरमा उपभोक्ता शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो ।

पाँच सय १२ स्थानीय निकायमा इन्टरनेट जडान
बुधबार, पुस १५, २०७७
देशभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने काम जारी छ । गत मंसिर मसान्तसम्म ७३ प्रतिशत जडान सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ब्रोडव्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने काम जारी राखेको हो ।

हात्तीको आक्रमणबाट मृत्यु
मंगलबार, पुस १४, २०७७
सुनसरीको कोशी गाउँपालिका–४ मा पुनः हात्तीको आक्रमणबाट एकको मृत्यु भएको छ । सोमबार राति कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको हात्तीको आक्रमणमा परेर कोशी–५ का मोती कामैतको घटनास्थलमै मृत्यु भएको स्थानीयवासी अरुण मण्डलले बताउनुभयो ।

‘शिक्षा र राजनीति : अभ्यास र कार्यदिशा’ नामक विचार गोष्ठी
मंगलबार, पुस १४, २०७७
शिक्षाका लागि राष्ट्रिय अभियान, जिल्ला समन्वय समिति पाल्पाको आयोजनामा ‘शिक्षा र राजनीति : अभ्यास र कार्यदिशा’ नामक विचार गोष्ठी भएको छ । तानसेनको होटल दि ह्वाइटलेकमा एक कार्यक्रमका बिच शिक्षा र राजनीति : अभ्यास र कार्यदिशा नामक विचार गोष्ठी भएको हो ।