Shittalpati
प्रतिष्ठानको ‘अनुष्ठान’ लोकार्पण

पाल्पा, जिल्ल्लाको साहित्य क्षेत्रमा क्रियाशिल शिक्षा, स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले अनुष्ठान’ लोकार्पण गरेको छ । प्रतिष्ठानले आइतबार तानसेनमा एक औपचारिक कार्यक्रमका बिच १६ औं बर्ष विशेषाङ्क ‘अनुष्ठान’ लोकार्पण गरेको हो ।

विशेषाङ्कको शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख महेन्द्र सुवेदीले लोकापर्ण गरेका हुन् । अनुष्ठान’ लोकार्पण गर्दै प्रमुख अतिथि समेत रहेका सुवेदीले प्रतिष्ठानले शिक्षा स्वास्थ्य र साहित्यको क्षेत्रमा पाल्पामा गरेको योगदान उदाहरणीय रहेको बताए । उनले अन्य साहित्य संस्थाहरुले प्रतिष्ठानको सिको गरेर अगाडि बढ्न सके संस्थाले गति लिन सक्नेमा जोड दिए ।

शिक्षाविद् एवं प्रतिष्ठानका अक्षयकोषदाता बुद्धिप्रसाद शर्माले विशेषाङ्कको समीक्षा गरेका थिए । विशेषाङ्कको समीक्षा गर्दै शर्माले विशेषाङ्क दस्तावेजको रूपमा रहेको बताए । उनले विधानदेखि लिएर १६ बर्षको दौरानमा शिक्षा स्वास्थ्य तथा साहित्यका क्षेत्रमा गरिएका गतिविधिहरू उदाहरणीय एवं संग्रहणीय रहेको धारणा व्यक्त गरे ।

कार्यक्रममा साहित्यकारहरु रामप्रसाद अर्याल, कृष्ण बहादुर रावल , गुणवती के.सी., सविता भट्टराई लगायतले अनुष्ठान सफलताको शुभकामना व्यक्त गरे । विशेषाङ्कभित्र १६ बर्षका गतिविधिहरू संग्रहित रहेका छन् । प्रतिष्ठानका अध्यक्ष पुष्कर अथक रेग्मीको अध्यक्षता, उपाध्यक्ष रोहित प्रसाद ज्ञवालीको स्वागत, महासचिव चन्द्रकान्त न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, चैत ६, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update