Shittalpati
पाल्पाली हस्तकलालाई आधुनिक बजारसँग जोड्नुपर्नेमा जोड
पाल्पाली हस्तकलालाई आधुनिक बजारसँग जोड्नुपर्नेमा जोड पाल्पाली हस्तकलालाई आधुनिक बजारसँग जोड्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । नेपाल हस्तकला संघ पाल्पाको २१ औँ साधारण सभामा बोल्ने अधिकांस वक्ताहरुले पाल्पाको मौलिक पहिचान बोकेका हस्तकलाका सामग्रीको संरक्षणसँगै उत्पादनलाई आधुनिक बजारको मागअनुसार परिमार्जन गर्नुपर्नेमा जोड दिएका हुन् ।
आर. बी. निश्चलको सातौँ कविता संग्रह ‘ब्रह्माण्डको अन्त्य’ विमोचन
आर. बी. निश्चलको सातौँ कविता संग्रह ‘ब्रह्माण्डको अन्त्य’ विमोचन साहित्यकार आर. बी. निश्चलको सातौँ कविता संग्रह ‘ब्रह्माण्डको अन्त्य’ विमोचन गरिएको छ । त्रिभुवन बहुमुखी क्याम्पस, तानसेन, पाल्पाको नेपाली विभागको आयोजनामा आयोजित कार्यक्रममा क्याम्पस प्रमुख डा. टंकप्रसाद पन्थले कविता संग्रहको विमोचन गरेका हुन् ।
विच सडकबाट जमिन चिरा परेपछि  देवगीर बजार पहिरोको उच्च जोखिममा
विच सडकबाट जमिन चिरा परेपछि  देवगीर बजार पहिरोको उच्च जोखिममा लगातार चार दिनको अविरल वर्षाका कारण  जमिन चिरा परेपछि पाल्पाको माथागढी गाउँपालिकाका  वडा नंं ४ देवगीर ( खलिपोखरा)  बजार पहिरोको उच्च जोखिमका परेको छ ।
२५ वर्षको यात्रामा मणिमुकुन्द सहकारी : बचतदेखि सामाजिक सुरक्षासम्म
२५ वर्षको यात्रामा मणिमुकुन्द सहकारी : बचतदेखि सामाजिक सुरक्षासम्म कुनै सहकारीको सफलताको कथा केवल त्यसले कति रुपैयाँ बचत गर्‍यो वा कति ऋण लगानी ग¥यो भन्ने अंकमा मात्र सीमित हुँदैन । त्यससँग जोडिएका सदस्यका आवश्यकता, संकटका बेला पाएको साथ, सानो बचतबाट बनेका ठूला सपना र संस्थाप्रतिको विश्वासले पनि सहकारीको यात्रा मापन गर्छ । यही यात्राको २५ वर्ष पूरा गरेको छ...
पाल्पामा पहिरोको वितण्ड : दुई जनाको मृत्यु , तीन जना वेपत्ता 
पाल्पामा पहिरोको वितण्ड : दुई जनाको मृत्यु , तीन जना वेपत्ता  तीन दिनदेखि जारी अविरल वर्षाका कारण पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ  । पहिरोमा परी माथागढी गाउँपालिका–२, रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६, ठिमुरे धुस्तुङस्थितकी ५९ वर्षीया कृष्णकुमारी सारुको मृत्यु भएको जिल्लाप्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भिमलाल भट्टराईले बताए । 
डुम्रे सहकारीको साधारण सभा तथा अधिवेशन,  अध्यक्षमा पुनः ठकुरी
डुम्रे सहकारीको साधारण सभा तथा अधिवेशन,  अध्यक्षमा पुनः ठकुरी जिल्लाको तिनाउ गाउँपालिका –६ स्थित डुम्रे दुग्ध कृषि सहकारी संस्था लिमिटेडले साधारण सभा तथा  अधिवेशन गरेको छ । सहकारीले एक औपचारिक कार्यक्रमका बिच ३३ औं साधारण सभा तथा १० औं अधिवेशन गरेको हो ।
तानसेनको मध्यकालीन पहिचान खोजिँदै, विश्व सम्पदामा लैजाने तयारी
तानसेनको मध्यकालीन पहिचान खोजिँदै, विश्व सम्पदामा लैजाने तयारी बाइसे–चौबीसे राज्यदेखि मगरात र सेन राज्यसम्मको इतिहास बोकेको पाल्पाको तानसेनलाई मध्यकालीन शहरका रूपमा विश्वसम्पदा सूचीमा समावेश गराउने तयारी अघि बढाइएको छ ।
प्रेस युनियन पाल्पाद्वारा १२ पत्रकार पुरस्कृत, सल्लाहकार सम्मानित
प्रेस युनियन पाल्पाद्वारा १२ पत्रकार पुरस्कृत, सल्लाहकार सम्मानित नेपाल प्रेस युनियन पाल्पा शाखाले आफ्नो १०औँ जिल्ला अधिवेशनका अवसरमा विभिन्न विधाका १२ जना पत्रकारलाई पुरस्कार प्रदान गरेको छ । पत्रकारिताको क्षेत्रमा योगदान पु¥याएका तथा सक्रिय रूपमा पत्रकारिता गर्दै आएका पत्रकारलाई संस्थाले नगद, प्रमाणपत्रसहित सम्मान गरेको हो ।
आफ्नै पार्टीका सकारात्मकसँगै नकारात्मक पक्ष लेख्न पनि नडराउनुस् : सभापति श्रेष्ठ
आफ्नै पार्टीका सकारात्मकसँगै नकारात्मक पक्ष लेख्न पनि नडराउनुस् : सभापति श्रेष्ठ नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले पत्रकारले आफ्नै शुभेच्छुक पार्टीका सकारात्मक कामसँगै कमजोरी र नकारात्मक पक्षसमेत निर्भीक भएर लेख्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन पाल्पा शाखाको १०औँ जिल्ला अधिवेशनलाई आइतबार तानसेनमा सम्बोधन गर्दै सभापति श्रेष्ठले यस्तो बताएका हुन् ।
पाल्पाका नेवारी बस्तीमा निकालियो गाईजात्रा 
पाल्पाका नेवारी बस्तीमा निकालियो गाईजात्रा  तानसेनसहित पाल्पाका विभिन्न नेवारी बस्तीमा दिवंगत आफन्तको सम्झनामा परम्परागत गाईजात्रा निकालिएको छ । वर्षदिनभित्र मृत्यु भएका परिवारका सदस्यको सम्झनामा गाईजात्रा निकाल्ने परम्पराअनुसार तानसेन, हार्थोक, ताहुँ, भैरवस्थान, पेलावास, रिडीलगायतका क्षेत्रमा गाईजात्रा निकालिएको हो ।
पाल्पामा जनै, रक्षाबन्धन धारण गरेर मनाइयो जनैपूर्णिमा
पाल्पामा जनै, रक्षाबन्धन धारण गरेर मनाइयो जनैपूर्णिमा तागाधारी ब्राहमण र क्षेत्रीहरुले पाल्पाका विभिन्न मठ मन्दिरमा ऋषितर्पणी, रक्षाबन्धन तथा जनै पूर्णिमा परम्परागत रुपमा मनाएका छन् । ब्राहामण तथा क्षेत्रीहरुले बिहानै नदीनाला, तालतलैया, खोलाधारामापुगी शुद्ध जलले स्नानऋषितर्पणी गरेर मन्त्र द्धारा मन्त्रिएको नयाँ जनै  परिवर्तन गरेका छन् ।
बारामा तीन वर्षीया बालिकाको हत्याको विरोधमा पाल्पामा प्रदर्शन
बारामा तीन वर्षीया बालिकाको हत्याको विरोधमा पाल्पामा प्रदर्शन बाराको जीतपुरसिमरा उपमहानगरपालिकाकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा न्याय माग गर्दै पाल्पाको जिल्ला प्रशासन कार्यालय अगाडि  प्रदर्शन गरिएको छ ।
Weather Update