Shittalpati
आफ्नै पार्टीका सकारात्मकसँगै नकारात्मक पक्ष लेख्न पनि नडराउनुस् : सभापति श्रेष्ठ
आफ्नै पार्टीका सकारात्मकसँगै नकारात्मक पक्ष लेख्न पनि नडराउनुस् : सभापति श्रेष्ठ नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले पत्रकारले आफ्नै शुभेच्छुक पार्टीका सकारात्मक कामसँगै कमजोरी र नकारात्मक पक्षसमेत निर्भीक भएर लेख्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन पाल्पा शाखाको १०औँ जिल्ला अधिवेशनलाई आइतबार तानसेनमा सम्बोधन गर्दै सभापति श्रेष्ठले यस्तो बताएका हुन् ।
पाल्पाका नेवारी बस्तीमा निकालियो गाईजात्रा 
पाल्पाका नेवारी बस्तीमा निकालियो गाईजात्रा  तानसेनसहित पाल्पाका विभिन्न नेवारी बस्तीमा दिवंगत आफन्तको सम्झनामा परम्परागत गाईजात्रा निकालिएको छ । वर्षदिनभित्र मृत्यु भएका परिवारका सदस्यको सम्झनामा गाईजात्रा निकाल्ने परम्पराअनुसार तानसेन, हार्थोक, ताहुँ, भैरवस्थान, पेलावास, रिडीलगायतका क्षेत्रमा गाईजात्रा निकालिएको हो ।
पाल्पामा जनै, रक्षाबन्धन धारण गरेर मनाइयो जनैपूर्णिमा
पाल्पामा जनै, रक्षाबन्धन धारण गरेर मनाइयो जनैपूर्णिमा तागाधारी ब्राहमण र क्षेत्रीहरुले पाल्पाका विभिन्न मठ मन्दिरमा ऋषितर्पणी, रक्षाबन्धन तथा जनै पूर्णिमा परम्परागत रुपमा मनाएका छन् । ब्राहामण तथा क्षेत्रीहरुले बिहानै नदीनाला, तालतलैया, खोलाधारामापुगी शुद्ध जलले स्नानऋषितर्पणी गरेर मन्त्र द्धारा मन्त्रिएको नयाँ जनै  परिवर्तन गरेका छन् ।
बारामा तीन वर्षीया बालिकाको हत्याको विरोधमा पाल्पामा प्रदर्शन
बारामा तीन वर्षीया बालिकाको हत्याको विरोधमा पाल्पामा प्रदर्शन बाराको जीतपुरसिमरा उपमहानगरपालिकाकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा न्याय माग गर्दै पाल्पाको जिल्ला प्रशासन कार्यालय अगाडि  प्रदर्शन गरिएको छ ।
पाल्पामा बढ्यो यातायातको राजस्व
पाल्पामा बढ्यो यातायातको राजस्व यातायात व्यवस्था सेवा कार्यालय तानसेन पाल्पाबाट संकलन हुने राजस्व बढेको छ । चालक अनुमति पत्र र सवारी साधनमा वृद्धि भएसँगै आर्थिक वर्ष २०८२/०८३ मा राजस्व संकलनमा वृद्धि भएको हो ।
रम्भाका १५ स्मार्ट आमाहरु सम्मानित
रम्भाका १५ स्मार्ट आमाहरु सम्मानित जिल्लाको रम्भा गाउँपालिका भित्रका १५ स्मार्ट आमाहरु सम्मानित भएका छन् । पालिकाले निर्धारण गरेका विभिन्न सूचकको आधारमा छनोट भएका ५ वटा वडाका १५ जना आमाहरुलाई सम्मान गरेको हो ।
बगनासकाली र तानसेनका कृषकलाई परागसेचन सम्बन्धी तालिम
बगनासकाली र तानसेनका कृषकलाई परागसेचन सम्बन्धी तालिम जिल्लाको तानसेन र बगनासकाली  गाउँपालिकाका अगुवा कृषकलाई परागसेचन सम्बन्धी तालिम दिइएको छ । हर्ड इन्टरनेशन सहित ५ वटा साझेदार संस्थाहरूको सहयोगमा सञ्चालित नेपाल परागसेचन परियोजना पाल्पाको आयोजनामा अगुवा कृषकहरुलाई परागसेचनका विषयमा एकहप्ते प्रशिक्षक प्रशिक्षण तालिम दिएको हो ।
पाल्पामा  स्थानीय सञ्चार माध्यमसँग सहकार्य गर्ने पालिका प्रमुखहरुको प्रतिबद्धता
पाल्पामा स्थानीय सञ्चार माध्यमसँग सहकार्य गर्ने पालिका प्रमुखहरुको प्रतिबद्धता पाल्पाका स्थानीयतह र पत्रकारहरुबिच अन्तरक्रिया भएको छ ।  नेपाल पत्रकार महासंघ पाल्पा शाखाको  आयोजनामा  विहीबार तानसेनमा जिल्लाका स्थानीयतहका प्रमुख, उपप्रमुख , प्रमुख प्रशासकीय अधिकृत र पत्रकारहरुबिच स्थानीय विकास र सञ्चार सवलीकरणका बिषयमा अन्तरक्रिया भएको हो । 
धर्मचक्र बौद्ध युवा संघ पाल्पाको टोली सिक्किम–दार्जिलिङ यात्रामा
धर्मचक्र बौद्ध युवा संघ पाल्पाको टोली सिक्किम–दार्जिलिङ यात्रामा एक आपसमा धार्मिक तथा सांस्कृतिक आदान–प्रदान गर्ने र पाल्पाको ऐतिहासिक नगर तानसेनमा भारतीय बौद्ध पर्यटकहरू भित्र्याउने उद्देश्यका साथ धर्मचक्र बौद्ध युवा संघ, तानसेन–२, बडिज्ञानटोलको भजनटोली एक हप्ता लामो धार्मिक तथा पर्यटकीय भ्रमणमा निस्किएको छ ।
दलित समुदायको अधिकार रक्षाका लागि सरकार गम्भीर बन्नुपर्नेमा जोड  
दलित समुदायको अधिकार रक्षाका लागि सरकार गम्भीर बन्नुपर्नेमा जोड   नेपालमा कानुनी रूपमा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन घोषणा गरिएको वर्षौँ बितिसक्दा पनि व्यावहारिक तहमा यसको पूर्ण कार्यान्वयन हुन नसकेको भन्दै सरोकारवालाहरूले  चिन्ता व्यक्त गरेका छन् ।
प्रदेश सरकार स्वायत्त भएकाले केन्द्रिय सरकारका सबै निर्णय कार्यान्वयन गर्नुपर्छ भन्ने छैन : मन्त्री सारु
प्रदेश सरकार स्वायत्त भएकाले केन्द्रिय सरकारका सबै निर्णय कार्यान्वयन गर्नुपर्छ भन्ने छैन : मन्त्री सारु लुम्बिनी प्रदेश सरकार स्वास्थ्यमन्त्री खेमबहादुर सारुले नेपालको संविधानले तीन सरकारको परिकल्पना गरेकोले तीन वटै सरकार आ–आफ्नो विषय बस्तुमा स्वायत्त रहेको बताएका छन् ।
Weather Update