समानुपातिक मत परिणाम : पाल्पामा रास्वपा पहिलो, एमाले दोस्रो र काँग्रेस तेस्रो
बुधबार, फागुन २७, २०८२
नेकपा एमाले पाल्पाद्वारा आचार्यको घरमा शोकसभा
बुधबार, फागुन २७, २०८२
नेकपा एमाले पाल्पाले केन्द्रीय सदस्य नारायण प्रसाद आचार्यको घरमा शोकसभा गरेको छ । आचार्यका बुवा ९३ बर्षीय दिल्ली प्रसाद आचार्यको यही फागुन १७ गते निधन भएको दुःखद घडीमा घरमै पुगी एमालेले शोकसभा आयोजना गरेको हो ।
पाल्पामा २४ जना उम्मेदवारहरुको धरौटी जमानत जफत
मंगलबार, फागुन २६, २०८२
पाल्पामा २४ जना उम्मेदवारहरुको जमानत जफत भएको छ । पाल्पा क्षेत्र नं. १ बाट १४ जना उम्मेदवार मध्ये ३ जनाले मात्र जमानत जोगाएका छन् । नेपाली काँग्रेसका उम्मेदवार सन्दीप राना, नेकपा एमालेका उम्मेदवार नारायण प्रसाद आचार्य र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विमल पन्तले मात्र जमानत जोगाउन सफल भएका हुन् ।
निर्वाचन स्थलमा खटिए पाल्पाका मतदान अधिकृतहरू
सोमबार, फागुन १८, २०८२
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पाल्पामा कर्मचारी र सुरक्षाकर्मीहरू मतदान केन्द्र हिँडेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार आवश्यक सामग्रीसहित कर्मचारीहरू सम्बन्धित मतदान केन्द्रतर्फ लागेका हुन् ।
पाल्पामा मतदान अधिकृतलाई तालिम
आइतबार, फागुन १७, २०८२
मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत तथा जगेडा कर्मचारीहरुलाई तालिम प्रदान गरी मतदान केन्द्रमा पठाउने तयारी गरेको छ । जिल्लाका १० वटै पालिकामा खटिने कर्मचारीलाई तालिम प्रदान गरेर केन्द्रमा पठाउने तयारी भएको हो ।
निर्वाचन आचारसंहिता पालना गर्न प्रेस काउन्सिलको आग्रह
शनिबार, फागुन १६, २०८२
प्रेस काउन्सिल नेपालका सदस्य केशव शरण लामिछानेले निर्वाचन आचारसंहिता भित्र रहेर समाचार प्रकाशन र प्रसारण गर्न आग्रह गरेका छन् ।
काँग्रेस पाल्पाको चुनावी संकल्प : शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधारमा महत्वपूर्ण योजना
बुधबार, फागुन १३, २०८२
नेपाली काँग्रेस पाल्पाले जिल्लाको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । बुधबार नेपाली काँग्रेसले तानसेनको शितलपाटीमा पत्रकार सम्मेलन गरी चुनावी संकल्प स्वरुप घोषणा पत्र सार्वजनिक गरेको हो ।
पूर्वी पाल्पाको मुहार फेर्ने काँग्रेस उम्मेदवार सन्दीपको संकल्प
बुधबार, फागुन १३, २०८२
नेपाली कांग्रेस पाल्पा क्षेत्र नं. १ का उम्मेदवार सन्दीप रानाले पूर्वी पाल्पामा एउटै पार्टीको नेतृत्व रहँदा पनि माटो र जनजीवन सुहाउँदो विकास हुन नसकेको आरोप लगाएका छन् ।
‘स्वच्छ र निष्पक्ष निर्वाचनका लागि पत्रकारको भूमिका महत्वपूर्ण’
बुधबार, फागुन १३, २०८२
पाल्पाकी प्रमुख जिल्ला अधिकारी बिनु बज्राचार्य कुवँरले निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने बताएकी छन् । मंगलबार जिल्ला निर्वाचन कार्यालय पाल्पाले आयोजना गरेको मतदाता शिक्षा एवं निर्वाचन प्रचार–प्रसारका लागि पत्रकारहरुसँगको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन...
एमाले उम्मेदवार गैरेको प्रतिबद्धता पत्र सार्वजनिक
मंगलबार, फागुन १२, २०८२
नेकपा एमाले पाल्पा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार ठाकुर प्रसाद गैरेले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
सोम प्रसाद पाण्डेयले पाल्पा –२ का लागि सार्वजनिक गरे २५ बुँदे प्रतिबद्धता पत्र
सोमबार, फागुन ११, २०८२
नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार सोम प्रसाद पाण्डेयले पाल्पा क्षेत्र नं. २ लाई केन्द्रीत गरी २५ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । सोमबार तानसेनमा पत्रकार सम्मेलन गरी उनले तानसेनलाई ऐतिहासिक र पर्यटकीय आकर्षणको केन्द्र बनाउनुका साथै शिक्षा, स्वास्थ्य र कृषिमार्फत रोजगारी सिर्जना गर्ने मुख्य लक्ष्यसहित प्रतिबद्धतापत्र ल्याएका हुन् ।

-1773204016.jpg)
