पाल्पा, बाराको जीतपुरसिमरा उपमहानगरपालिकाकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा न्याय माग गर्दै पाल्पाको जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरिएको छ । घटनामा संलग्न दोषीलाई कडा कारवाहीको माग गर्दै प्रदर्शन गरेका हुन् । स्थानीय महिला, अधिकारकर्मी नागरिक समाज, विभिन्न राजनितिक दलका नेताहरु, जनप्रतिनिधीहरुको सहभागितामा भएको विरोध कार्यक्रम भएको हो ।
33.jpg)
धर्नामा सहभागीहरुले छिटो न्याय चाहियो भन्दै विभिन्न प्लेकार्ड सहित जिल्ला प्रशासन कार्यालय अगााडी धर्ना दिएका हुन । धर्ना कार्यक्रममा सहभागीहरुले, न्याय ढिलो होईन, छिटो र प्रभावकारी रुपमा चाहियो, कानुन, अपराधी माथी कठोर बनोस, कमजोर कानुन संसोधन गर, वालिका र महिलाको सुरक्षा ग्यारेन्टी गर, पिडितलाई न्याय र दोषिलाई कडा सजाय देउ, हत्या र बलत्कार जस्ता घटनाको सिघ्र अनुसन्धान, कडा कारवाही होस, बलात्कार र हत्याको विषयमा कानुनमा बनाएर कडा सजाए तोक्नु पर्ने, दवाव, प्रभाव र ठुला बडाको नाममा अनुसन्धानलाई प्रभावित पार्ने व्यक्ति माथी पनि कानुनी कारवाही चलाउनु पर्ने, माग विरोध धर्नामा बसेमा सहभागीहरुको माग रहेको छ ।
44.jpg)
महिला तथा बालिका माथी हिंसा, बलात्कार र हत्याका घटनामा बढ्दै गएकोले कडा कानुन, कडा सजाए विना सुधार नहुने भन्दै राज्यका निकायले सत्य, सथ्यमा आधारित रही र निष्पक्ष भएर काम अनुसन्धान गरी पिडितलाई न्याय दिनुपर्नेमा धर्नामा सहभागीहरुले जोड दिएका छन् । धर्नामा सहभागीहरुले जिल्ला प्रशासन, मखनटोल, शित्तलपाटी हँुदै पुन जिल्ला प्रशासन कार्यालय सम्म विरोध र्याली गरेका थिए । प्रहरीले घटनामा संलग्न भएको आरोपमा १६ र २४ बर्षिय दुई जना युवालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । साउन ३१ गते विहान साढे बजेदेखी हराई रहेकी वालिका चौधरीको शव ३ दिन पछि घर नजिकै विर बहादुर रोकाको घरमा गन्हाएको अवस्थामा भेटिएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा ३ बर्षिया वालिका चौधरीको वलात्कार पछि हत्या भएको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेको १६ बर्षिय किशोरले दिएको बयानमा स्विकार गरेको प्रहरीले जनाएको छ ।


