वर्षासँगै ठाउँ–ठाउँमा पहिरो, मानवियसँगै भौतिक क्षति
आइतबार, भदौ १३, २०७८

पाल्पामा थप ३१ जना संक्रमितले कोरोना जिते
आइतबार, भदौ १३, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ३१ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ३१ जना संक्रमितले कोरोना जितेका हुन् ।

गुल्मीमा करेन्ट लागेर एकको मृत्यु
आइतबार, भदौ १३, २०७८
जिल्लाको मदाने गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गाई चराउने क्रममा करेन्ट लागेर मदाने गाउँपालिका –२ सैरे बस्ने १८ वर्षीय बिक्रम राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मुद्रण उद्योग महासंघ लुम्बिनीको प्रदेश समिति गठन
आइतबार, भदौ १३, २०७८
नेपाल मुद्रण उद्योग महासंघ लुम्बिनी प्रदेशको समिति गठन भएको छ । दाङको भालुवाङमा भएको भेलाले रुपन्देहीका कृष्णप्रसाद पराजुलीको अध्यक्षतामा २१ सदस्यीय महासंघको प्रदेश समिति गठन गरेको हो ।
.jpg)
बेपत्ता पारिएकाको अवस्था सार्वजनिक गर्न माग
आइतबार, भदौ १३, २०७८
बेपत्ता परिवारका सदस्यले सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिको अवस्था छिटो सार्वजनिक गर्न माग गरेका छन् । एघारौँ अन्तर्राष्ट्रिय बेपत्ता दिवसका अवसरमा एड्भोकेसी फोरम नेपाल रुपन्देहीले बुटवलमा आयोजना गरेको कार्यक्रममा उनीहरुले बेपत्ता पारिएका जीवित वा मृत कुन अवस्थामा छन् भन्ने जानकारी नहुँदा परिवारलाई थप पीडा भइरहेकाले स्थिति सार्वजनिक गरी बेपत्ता...

पाल्पामा पहिरोले ठाउँ–ठाउँका सडक अवरुद्ध
आइतबार, भदौ १३, २०७८
निरन्तर वर्षाका कारण गएको पहिरोले पाल्पाका राजमार्ग तथा सहायक राजमार्गहरु अवरुद्ध भएका छन् । पहिरो गएपछि सिद्धार्थ राजमार्ग सहित यहाँका एक दर्जन बढी स्थानका सडक अवरुद्ध भएका हुन् ।

हराएका मोटरसाइकल फेला
आइतबार, भदौ १३, २०७८
ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट हराएका २४ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ ।

पर्यटन पुनरुत्थानमा ध्यान देऊ
आइतबार, भदौ १३, २०७८
कोभिड–१९ महामारीले थला परेको पर्यटन क्षेलाई पुरानै लयमा फर्काउने सरकारी योजना प्रभावकारी हुन सकेको छैन । जसले गर्दा अन्य क्षेत्रमा चहलपहल बढिसकेको भए पनि पर्यटन र यससँग सम्बन्धित क्षेत्रहरू भने अप्ठेरोमै छन् ।
_202108261.jpg)
गरिमा बैंकले टिकटक प्रतियोगिता आयोजना गर्दै
आइतबार, भदौ १३, २०७८
गरिमा विकास बैंकले ‘गरिमा तीजको लहर’ टिकटक प्रतियोगिता आयोजना गर्न लागेको छ । वित्तिय सेवा प्रदान गर्दै आएको बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत संस्कृतिको संरक्षण सँगै प्रविधिमैत्रि तीजलाई प्रोत्साहन गर्नको लागि टिकटक प्रतियोगिता आयोजना गर्न लागेको हो ।

स्थानीय तहमा आर्थिक अनियमितता, पाल्पा र गुल्मीमा ६१ करोड बढी बेरुजु
आइतबार, भदौ १३, २०७८
पाल्पा र गुल्मीका स्थानीय तहमा व्यापक आर्थिक अनियमिता भएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औं वार्षिक प्रतिवेदनको लेखा परीक्षणमा आर्थिक वर्ष २०७६/०७७ मा यहाँका स्थानीय तहहरुमा ६१ करोड बढी बेरुजु देखिएसँगै आर्थिक अनियमितता भएको पाइएको हो ।

तानसेनमा घरको गारो भत्किएर १० वर्षीया बालिकाको मृत्यु
आइतबार, भदौ १३, २०७८
जिल्लाको तानसेन नगरपालिका –५ कैलाशनगरमा घरको गारो भत्किएर १० वर्षीय बालिकाको ज्यान गएको छ । निरन्तर परेको अविरल वर्षाकाका कारण आफ्नै घरमा सुतिरहेको अवस्थामा घरको गारो भत्किएर नारायण दर्जीको छोरी नैना दर्जीको मृत्यु भएको हो ।

बाबुछोरा मृत भेटिए
शनिबार, भदौ १२, २०७८
पश्चिम नवलपरासीमा बाबुछोरा मृत भेटिएका छन् । बाढीका कारण घर जलमग्न भई छिमेकीको घरमा शरण लिन हिँडेका बाबुछोरा मृत फेला परेका हुन् ।