.jpg)
रमेश विश्वकर्मा
गुल्मी, जिल्लाको सदरमुकाममा रहेको सिद्धबाबा माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई पोसाक वितरण गरेको छ । विद्यालयले चिसो मौसम सुरु हुन थालेपछि आफ्ना विद्यार्थीहरुलाई पोसाक वितरण गरेको हो ।
आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई पोसाक दिनको लागि विद्यालयमा २०७६ सालमा सिद्धबाबा क्लोथ बैंकको स्थापना गरिएको थियो । उक्त बैंक मार्फत विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको विद्यालयका प्रधानाध्यापक डोरविक्रम श्रीसले बताए । उनले विभिन्न सहयोगदाताहरुले विद्यालयलाई दिएको पोसाक आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई दिइएको बताए ।
विद्यालयमा नर्सरीदेखि कक्षा ८ सम्म अध्ययन गर्ने आर्थिक अवस्था कमजोर भएका ९३ जना विद्यार्थीहरुलाई पोसाक वितरण गरिएको हो । विद्यालयले विद्यार्थीहरुका लागि जुत्ता, टाई, टोपी, ट्रयाकसुट, स्विटर, सर्ट र पाइन्ट वितरण छ । वितरण कार्यक्रममा प्रमुख अतिथि तथा रेसुङ्गा नगरपालिका शिक्षा शाखा प्रमुख विष्णु ज्ञवालीले विद्यालयले विद्यार्थीहरुलाई गरेको सहयोग प्रसंशनिय रहेको बताए । जिल्लाका अन्य विद्यालयहरुले पनि यस्तै राम्रो कामको सिको गर्ने हो भने आर्थिक अभावका कारण अध्ययन गर्न नपाएका बालबालिकाहरुको लागि सहयोग पुग्ने शिक्षा शाखा प्रमुख ज्ञवालीले भनाई थियो । आर्थिक अभावमा शिक्षा लिनबाट बञ्चित हुने विद्यार्थीका लागि पनि सिद्धबाबा माध्यामिक विद्यालयले विद्यार्थीहरुलाई गुणस्तारिय शिक्षा हाँसिल गर्न सहयोग गर्दै आएको छ । त्यस्तै विद्यालयले आर्थिक अभावमा अध्ययन गर्ने विद्यार्थीहरुको लागि अभिभावकको भूमिका निर्वाह गर्दै आएको छ । शिक्षक अभिभावक संघका अध्यक्ष चन्द्र बहादुर जिसीको अध्यक्षता, शिक्षक शारदा भलामीको सञ्चालनमा कार्यक्रम भएको थियो ।