_tarun_dal.jpg)
गुल्मी, नेपाल तरुण दल गुल्मीले स्थापना दिवस मनाइएको छ । नेपाल तरुण दलले बुधबार एक कार्यक्रमका बिच ६८ औं स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा नेपाली काँग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले तरूण दल तरूणदल जस्तो हुनु पर्ने बताए । उनले पार्टीमा सुकिला मुकिला हाबी भए त्यसको नियन्त्रण गर्न । पार्टी र अन्य क्षेत्रमा भएको बेथितिका विरुद्धमा लड्नका लागि नेपाली काँग्रेसको भातृ संगठनको रुपमा नेपाल तरूण दलको स्थापना भएको बताए । भातृ संगठनहरू अहिले बोधो भएको सभापति श्रेष्ठले भने । ‘त्यसलाई तिखार्ने काम अधिवेशनले गर्ने । गुमेको विरासत फर्काउने काम तरूणको काँधमा रहेको छ ।’
त्यस्तै नेपाली काँग्रेसका जिल्ला सचिव खिलध्वज पन्थीले जब समाजमा भष्ट्रचार, विभेद, गरिबी जस्ता कुसंस्कार रहन्छन् तब सम्म बी.पी.ले देखेको समाजवाद पूरा नहुने दाबी गरे । यस्ता कुसंस्कारका विरुद्धमा पनि तरूण लाग्नु पर्ने सचिव पन्थीले बताए । कार्यक्रममा काँग्रेस नेता सुर्दशन खनाल, नेतृ तारा पौडेल, रेसुंगा नगर सभापति जयश्वर पन्थी, प्रदेश सभापति पूर्ण केसी, राष्ट्रिय मगर संघका केन्द्रीय उपाध्यक्ष श्रीप्रसाद भलामी, महासमिति सदस्य शालिकराम पन्थी,कोषाध्यक्ष हरि बहादुर केसी लगायतले मन्तव्य आ–आफ्ना धारणा राखेका थिए । तरूण दलका जिल्ला सभापति भरत भलामीको सभापतित्व, सन्तोष थापाको स्वागत, कृष्णप्रसाद पाण्डेको सञ्चालनमा कार्यक्रम भएको थियो ।