कोरोना महामारीका बीच निकालियो ऐतिहासिक भगवती जात्रा
मंगलबार, भदौ १५, २०७८

भगवती जात्रा परम्परा धान्नकै लागि निकालिदै
मंगलबार, भदौ १५, २०७८
नेपालको विरता, राष्ट्रियता र देशभक्तिसँग जोडिएको ऐतिहासिक भगवती जात्रा आज निकालिदै छ । कोभिड–१९का कारण जोखिम बढ्दै गएपछि ऐतिहासिक भगवती जात्रा परम्परा धान्नकै लागि मन्दिर परिसरमै मात्र निकालिने भएको हो ।

बगनासकालीमा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा
सोमबार, भदौ १४, २०७८
जिल्लाको बगनासकाली गाउँपालिकाको स्वास्थ्य शाखाले वार्षिक समीक्षा कार्यक्रम गरेको छ । शाखाले आर्थिक वर्ष २०७७/०७८ मा गाउँपालिका अन्तर्गत रहेका स्वास्थ्य संस्थाहरुले गरेका कार्यक्रम, योजना तथा गतिविधिका विषयमा समीक्षा गरेको हो ।

जुनेली साहित्य समाज गठन
सोमबार, भदौ १४, २०७८
जुनेली साहित्य समाज नेपालको गठन भएको छ । नेपाली साहित्यको श्रीवृद्धिको लागि काव्य विधा अन्तर्गत विभिन्न लघुतम विधाहरूको प्रवर्तन भइरहेका बेला जुनेली शीत काव्य परिकल्पना गर्ने सर्जकहरूको छलफलबाट जुनेली साहित्य समाज नेपालको केन्द्रीय समिती गठन भएको हो ।

सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा
सोमबार, भदौ १४, २०७८
निरन्तर अविरल वर्षाका कारण गएको पहिरोले अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्डको डुम्रेमा आइतबार बिहान पहिरो खसेर अवरुद्ध बनेको सडक सञ्चालनमा आएको हो ।

पाल्पामा कोरोना संक्रमितको संख्या घट्दै
सोमबार, भदौ १४, २०७८
कोरोना महामारीको ‘हटस्पट’ बनेको पाल्पामा पछिल्ला दिनहरुमा कोरोना निको हुनेको संख्या बढ्दै गएको छ,भने संक्रमितको संख्या घट्दै गएको छ । गत असार–साउन महिनामा एकाएक उकालो लागेको कोरोना संक्रमणको ग्राफ भदौ पहिलो सातादेखि भने परीक्षणको आधारमा ओरालो लाग्ने क्रममा छ ।

वर्षाले पाल्पाको अन्न भण्डार डुबानमा
सोमबार, भदौ १४, २०७८
लगातार परेको अविरल वर्षाका कारण पाल्पाको अन्न भण्डारको रुपमा परिचित माडीफाँट डुबानमा परेको छ । लगातारको वर्षाले खोला नालामा पानीको बहाव बढेपछि माडीफाँट डुबानमा परेको हो ।

सिद्धार्थ राजमार्ग खुलाउनै सास्ती
सोमबार, भदौ १४, २०७८
निरन्तर अविरल वर्षाका कारण गएको पहिरोले अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग अझै खुल्न सकेको छैन । निरन्तर वर्षा भइरहेकाले माथिबाट पहिरो झर्ने क्रम नरोकिए पछि राजमार्ग खुलाउनै सास्ती भएको हो ।

अवरुद्ध सिद्धार्थ राजमार्ग खुलाउन समस्या
सोमबार, भदौ १४, २०७८
अविरल वर्षासँगै माथिबाट आएको पहिरो हटाउन समस्या भएपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । स्याङ्जा–पाल्पा सडक खण्डको गल्याङ नगरपालिका– १ राम्दीमा आइतबार ४ बजे पहिरो गई अवरुद्ध बनेको सडक खुलाउन नसकिएको हो ।

करेन्ट लागेर मृत्यु भएका राउत परिवारलाई पाँच लाख सहित जागिर दिइने
सोमबार, भदौ १४, २०७८
जिल्लाको मदाने गाउँपालिका –१ अग्लुङ्गका १८ वर्षीय विक्रम राउतका परिवारलाई नेपाल विद्युत प्राधिकरणबाट पाँच लाख सहयोग र उपयुक्त जागिरको व्यवस्था गरिने सहमति भएको छ ।

आज कृष्ण जन्माष्टमी पर्व
सोमबार, भदौ १४, २०७८
‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।

ईस्मामा रहँदा गरेका केही सुधारका कामहरु
सोमबार, भदौ १४, २०७८
नेपालको संविधानले व्यवस्था गरेको स्थानीय सरकारको अवधारणा बमोजिम ७५३ स्थानीय तहमध्ये इस्मा गाउँपालिका पनि एक हो । यो लुम्विनी प्रदेश अन्र्तगत गुल्मी जिल्लाको उत्तर पश्चिम क्षेत्रमा अवस्थित रहेको छ ।

बेपत्ता नागरिकको खोजी गर
सोमबार, भदौ १४, २०७८
बेपत्ताविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज विश्वभर मनाइदै छ । बेपत्ता पारिएका नागरिकको अवस्था सार्वजनिकीकरण गर्न र बलपूर्वक व्यक्ति बेपत्ता पारिनबाट संरक्षण गरिनुपर्ने आवाजका साथ हरेक वर्ष बेपत्ताविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइने गरिन्छ ।