सिङ्गो वस्ती नै काँग्रेसमा प्रवेश
बुधबार, पुस १४, २०७८
पाल्पा निस्दीमा चितुवा आतङ्क
बुधबार, पुस १४, २०७८
पाल्पाको निस्दी गाउँपालिकाका विभिन्न स्थानमा चितुवाको आतङ्क बढेको छ । गोठमा बाँधिएका गाईवस्तुलाई रातका समयमा आक्रमण गर्न थालेपछि स्थानीयवासीमा त्रास उत्पन्न भएको स्थानीयवासी लीलाराम राईले जानकारी दिए ।
भोलिदेखि मौसममा क्रमिक सुधार हुने
बुधबार, पुस १४, २०७८
पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भू–भागमा वर्षा तथा उच्च पहाडी एवम् हिमाली भूभागमा हिमपात भइरहेको छ ।
वाणिज्य बैंकले पूर्व कर्मचारीलाई १५ लाखसम्म कर्जा दिने
बुधबार, पुस १४, २०७८
राष्ट्रिय वाणिज्य बैंकलेराष्ट्रिय परीक्षा बोर्डका निवृत्त कर्मचारीलाई १५ लाख रुपैयाँसम्म सरल कर्जा दिने भएको छ । मंगलबार एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठर बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालबीच सुलभ कर्जा प्रवाह सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
ग्रामीण क्षेत्रका महिला कृषि र पशुपालन व्यवसायमा आत्मनिर्भर
बुधबार, पुस १४, २०७८
यहाँका ग्रामीण क्षेत्रका महिला पछिल्ला वर्षमा आत्मनिर्भर बन्न थालेका छन् । ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिला कृषि तथा पशुपालनका क्षेत्रमा लागेपछि आत्मनिर्भर हुन थालेका हुन् । परिश्रमी महिला स्वदेशमा नै कर्म गरी प्रशस्त आम्दानी गरिरहेका छन् ।
‘एक वडा एक किलोमिटर सडक कालोपत्र’
बुधबार, पुस १४, २०७८
तानसेन नगरपालिकाले ‘एक वडा एक किलोमिटर सडक कालोपत्र’ गर्ने योजना अघि सारेको छ ।
थप २ सय ६४ जनामा कोरोना भाइरस पुष्टि
बुधबार, पुस १४, २०७८
पछिल्लो २४ घण्टामा थप २ सय ६४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समयमा थप २ सय ६४ जनामा कोरोना भाइरस पुष्टि भएको हो ।
तानसेन–तम्घास सडक दैनिक ६ घण्टा बन्द
मंगलबार, पुस १३, २०७८
पाल्पाको तानसेन–तम्घास सडक दैनिक ६ घण्टा बन्द हुँदै आएको छ । सोमबारदेखि तानसेन नगरपालिकार रिब्दीकोट गाउँपालिकाको जोर्ते क्षेत्रको भिरमा सडक चौडा गर्न पुस २२ गतेसम्म बन्द हुने सडक कार्यालय पाल्पाले जनाएको छ ।
वर्षौदेखि अलपत्र ‘रजघरा खानेपानी योजना’
मंगलबार, पुस १३, २०७८
सरकारी काम कहिले जाला घाम भन्ने उखानै छ । करोडौँका सरकारी योजना निर्माण कार्य थालिए पनि बीचमै अलपत्र बनेका छन् भने कतिपय योजना शिलान्यास भएर पनि अघि बढ्न नसकेका प्रशस्तै भेटिन्छन् । राज्यले खर्चेका योजना समयमा नै सम्पन्न नहुँदा सरोकारवाला कहिले काम सकिएला भनेर दिन गन्ती गरेर बस्न बाध्य छन् ...
टोल विकासका प्रतिनिधिहरुलाई महामारी नियन्त्रण सम्बन्धी सचेतना
मंगलबार, पुस १३, २०७८
रेडक्रस पाल्पाले तानसेन नगरपालिकाका टोल विकास संस्थाका प्रतिनिधिहरुलाई महामारी नियन्त्रण सम्बन्धी सचेतना तालिम सञ्चालन गरेको छ ।
कृषि उत्पादन र बजारीकरण
मंगलबार, पुस १३, २०७८
उत्पादन भएका वस्तुको बजारीकरण र किसानका उत्पादनलाई उचित मूल्यको व्यवस्था नभएका कारण नै कृषिजन्य उत्पादकले सही मूल्य पाउन सकिरहेका छैन ।
शीत काव्य समाज नेपाल पाल्पाले गर्यो शीत काव्य लेखन प्रशिक्षण
सोमबार, पुस १२, २०७८
शीत काव्य समाज नेपाल पाल्पाले शीत काव्य लेखन प्रशिक्षण कार्यक्रम गरेको छ । शीत काव्य समाज नेपाल पाल्पाको आयोजनमा पद्म पब्लिक नमूना माध्यमिक विद्यालयमा शीत काव्य लेखन प्रशिक्षण तथा मास्क वितरण कार्यक्रम गरेको हो ।


