.jpg)
पाल्पा, लुम्बिनी प्रदेश सरकाले मंगलबार अर्थात् फागुन ३ गते सार्वजनिक विदा दिने भएको छ । प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिने भएको हो । ‘प्रदेश सरकार(मन्त्रीपरिषद्) मिति २०७७/१२/१३ को निणर्यनुसार वि.स. २०७८ साल फागुन ३ गते मंगलबारका दिन प्रदेश स्थापना दिवसको उपलक्ष्यमा प्रदेशभर सार्वजनिक विदा रहेकोे व्यहोरा सम्बन्धीत सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’आन्तिरक मामिला तथा सञ्चार मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।
प्रदेश सरकारले यस अघि नै मुख्यमन्त्रीले शपथ लिएको दिनलाई स्थापना दिवस मनाउने निर्णय गरेको थियो । सरकारले फागुन तीन गते सार्वजनिक विदा दिँदै उत्सवका रूपमा मनाउने निर्णय गरेको हो । २०७४ साल फागनु ३ गते पहिलो पटक शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भई सपथ ग्रहण गरेका थिए । मुख्यमन्त्रीले सफथग्रहण गरी प्रदेश सरकारको गठन भएको दिनलाई आधार मानेर प्रदेश मन्त्री परिषदको बैठकले हरेक वर्षको फागुन ३ लाई प्रदेश स्थापना दिवस मनाउने निर्णय गरेको थियो । सो दिन सार्वजनिक विदा दिने र विभिन्न कार्यक्रम गर्ने पनि प्रदेश सरकारले निर्णय गरेको हो ।