
पाल्पा, जिल्लाका विद्यालयहरु आजदेखि खुलेका छन् । कोरोना नियन्त्रणका लागि भन्दै जिल्ला प्रशासन कार्यालय पाल्पाले शुक्रबार ९ बुँदे आदेश जारी गर्दै शैक्षिक संस्था तथा विद्यालयहरु खोल्न सक्ने बताएसँगै आजदेखि खुलेका हुन् ।
विद्यालय, विश्वविद्यालय, कलेज, ट्यिुशन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरु जनस्वास्थ्यको मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने आदेशमा उल्लेख गरिएको छ । तर १२ वर्ष पूरा नभएका विद्यार्थीको हकमा भने आलोपालो दिनमा कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन प्रशासनको आदेश छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण बढ्दै गएपछि सोको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन नेपाल सरकारले माघ पहिलो सातादेखि अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण शैक्षिक संस्था तथा विद्यालयहरु बन्द गरेको थियो ।