Shittalpati
गुल्मीको अम्मरपुरमा काँग्रेसको शोक सभा
गुल्मीको अम्मरपुरमा काँग्रेसको शोक सभा नेपाली काँग्रेसले जिल्लाको इस्मा गाउँपालिकामा शोक सभा कार्यक्रम गरेको छ । इस्मा–६ वडा कार्यसमितिको आयोजनामा शोक सभा कार्यक्रम गरिएको हो ।
लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु
लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु लुम्बिनी प्रदेशको रुपन्देही र रोल्पामा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । रुपन्देहीमा ट्रकले ठक्कर दिँदा एक जना मोटरसाईकल चालकको मृत्यु भएको छ भने, रोल्पामा ट्याक्टर दुर्घटनामा अर्को एक जनाको मृत्यु भएको हो ।
चोरिएका मोटरसाईकल सम्बन्धित धनीलाई दिइयो
चोरिएका मोटरसाईकल सम्बन्धित धनीलाई दिइयो महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थान र मितिमा हराएका २६ थान मोटरसाइकल तथा स्कुटरहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । महाशाखामाले एक औपचारिक कार्यक्रमका बिच चोरिएका १७ वटा मोटरसाइकल र ९ वटा स्कुटर सम्बन्धित धनीहरुलाई जिम्मा लगाएको हो ।
राष्ट्रिय वाणिज्य बैंकको ‘खल्ती’ एप
राष्ट्रिय वाणिज्य बैंकको ‘खल्ती’ एप राष्ट्रिय वाणिज्य बैंकमा खाता भएकाहरूले पनि अबदेखि अनलाइन भुक्तानी सेवाप्रदायक कम्पनी ‘खल्ती’मा रकम राखी आवश्यक भुक्तानी गर्न पाउने भएका छन् । बैंकले प्रयोगकर्ताहरूलाई सेवा दिन नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’सँग साझेदारी सम्झौता गरेसँगै ग्राहकले यो सेवा पाएका हुन् ।
बगनासकाली गाउँ सरकारद्वारा सार्वजनिक सुनुवाई
बगनासकाली गाउँ सरकारद्वारा सार्वजनिक सुनुवाई बगनासकाली गाउँपालिकाले डेढ बर्षको अवधिमा भएका काम गतविधिलाई केन्द्रित गरेर सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।
गुल्मी काँग्रेसको अठोट: सवल वडा, सक्षम टोल
गुल्मी काँग्रेसको अठोट: सवल वडा, सक्षम टोल गुल्मी काँग्रेसले ‘सवल वडा सक्षम टोल’ भन्ने अठोटका साथ अभियान अगाडि बढाउने भएको छ । काँग्रेसले पहिलो बैठकबाटै उक्त नारालाई उत्साहका साथ अनुमोदन गर्दै विभिन्न नयाँ र दूरगामी महत्वका विषय माथि व्यापक छलफल र निर्णय गरेको छ ।
पुनः वर्षा र हिमपातको सम्भावना
पुनः वर्षा र हिमपातको सम्भावना पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात र केही ठाउँमा वर्षाको सम्भावना छ ।
पाल्पा अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
पाल्पा अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द जिल्ला अस्पतालमा आकस्मिकबाहेकको सेवा बन्द भएको छ । अस्पतालमा कार्यरत कर्मचारीलाई कोरोना भाइरसको संक्रमण भएपछि अत्यावश्यकबाहेकको सेवा बन्द भएको हो ।
डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ?
डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ? स्याङ्जा चापाकोट नगरपालिका–४ बस्ने ५३ वर्षीय गीतानाथ खनालको गत महिना सडक दुर्घटनामा मृत्यु भयो । सिद्धार्थ राजमार्ग अन्तर्गत भैरहवाको बर्मेलीटोल नजिक उनले चलाएको ग११प ५४४४ नंको मोटरसाइकलले सडक पार गर्ने क्रममा बुटवलबाट बेलहिया जाँदै गरेको ना३ख ३८६० नंको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो ।
‘एमाले सरकारको बाधक प्रचण्ड र माधव’
‘एमाले सरकारको बाधक प्रचण्ड र माधव’ नेकपा एमालेका उपमहासचिव प्रदिपकुमार ज्ञवालीले नेकपा एमाले सरकारको बाधक प्रचण्ड र माधव नेपाल रहेको बताएका छन् । नेकपा एमाले छत्रकोट गुल्मीले खज्र्याङ्गमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता ज्ञवालीले एमाले नेतृत्वको सरकारलाई पुरा समय टिक्न नदिन प्रचण्ड र माधव बाधक बनेको बताएका हुन् ।
मुक्तिनाथ बैंकका एकैसाथ ३२ शाखाको उद्घाटन
मुक्तिनाथ बैंकका एकैसाथ ३२ शाखाको उद्घाटन मुक्तिनाथ विकास बैंक लिमिटेडले एकै साथ ३२ वटा शाखाको उद्घाटन गरेको छ । बंैंकले आफ्नो १६औं वर्षमा प्रवेशको अवसरमा डिजिटल माध्यमद्वारा एकैसाथ ३२ वटा शाखाको केन्द्रीय कार्यालयबाटै उद्घाटन गरेको हो ।
Weather Update