
पाल्पा, प्रेस चौतारी नेपाल पाल्पाको अध्यक्षमा पत्रकार कृष्ण कार्की निर्वाचित भएका छन् । चौतारीको तानसेनमा भएको ८ औं जिल्ला अधिवेशनबाट कार्की निर्विरोध निर्वाचित भएका हुन् । अधिवेशनले कार्कीको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा विष्णु प्रसाद घिमिरे र वन्दना पोखरेल, सचिवमा नारायण न्यौपाने, सह–सचिवमा सन्तोष ज्ञवाली र धन बहादुर ठाडा र कोषाध्यक्षमा नेत्र गैरे निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै सदस्यमा रीमा सोमै,सुनिल कार्की, विजय कुमार बौडेल, भुवन रायमाझी, सुवास विसी, शोभाकान्त पाठक, जनकराज भट्टराई, कृष्ण पौडेल, मनोनित सदस्यहरुमा डिल्लीराज पंगेनी र दिल बहादुर गाहा चयन भएका छन् । यस्तै प्रदेश प्रतिनिधिमा राजेन्द्र लिगल, राम प्रसाद न्यौपाने, केशवराज नेपाल र गीता ज्ञवाली रहेका छन् । चौतारीको केन्द्रीय प्रतिनिधिमा किरण कौशल, नरभुपाल विक (मिलन) र वन्दना पोखरेल चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष कार्कीले संगठनलाई थप चुस्त र मजबूद बनाएर लैजाने बताएका छन् । उनले पत्रकारहरुको पेशागत हकहितका पक्षमा चौतारी सधै एक ढिक्का बन्ने बताए । उनी पाल्पाबाट प्रकाशित करुवा अर्धसाप्ताहिकका सम्पादक समेत हुन् ।