पाल्पाको हेक्लाङ्गमा जिप दुर्घटना हुँदा पाँच घाइते
सोमबार, पुस १९, २०७८
आर्थिक अभावले उपचारमा समस्या परेका दर्जीलाई सहयोग
सोमबार, पुस १९, २०७८
आर्थिक अभावले स्वास्थ्य उपचारमा समस्या परेका मुसिकोट नगरपालिका १ बाङ्गेका शंकर दर्जीलाई आर्थिक सहयोग जुटेको छ । विभिन्न अभियान मार्फत उनलाई सहयोग जुटेको हो । जुटेको सहयोग रकम एक कार्यक्रमका बीच समाजसेवी तारादेवी गौतम र बयोवृद्ध रमा केसीले संयुक्त रुपमा दर्जी परिवारलाई हस्तान्तरण गरेका छन् ।
साना किसान कृषि सहकारीको साधारण सभा
सोमबार, पुस १९, २०७८
जिल्लाको इस्मा गाउँपालिका ४ दोहोलीमा रहेको भविष्य निर्माण साना किसान कृषि सहकारी सस्था लिमिटेडले साधारण सभा मनाएको छ । सहकारीले एक औपचारिक कार्यक्रमका बीच तेस्रो साधारण सभा मनाएको हो ।
पाल्पा लघुवा बस दुर्घटना : मृतक सातै जनाको पहिचान खुल्यो (अपडेट)
आइतबार, पुस १८, २०७८
जिल्लाको रिब्दीको गाउँपालिका २ लघुवामा भएको बस दुर्घटनामा परी मृत्यु भएका सातै जनाको पहिचान खुलेको छ । दुर्घटनामा परी मृत्यु भएकाहरु बुटवल उपमहानगरपालिका १७ का ३० वर्षीय पशुपति रसाली, सोही ठाउँका ४० वर्षीय खुमबहादुर राना, बुटवल ११ का ३२ वर्षीय विजय थापा क्षेत्री, अर्घाखाँची मालारानी–२ का २८ वर्षीय भोजेन्द्र विक,...
पाल्पा लघुवा बस दुर्घटना : मृतकमध्ये ६ को पहिचान खुल्यो (अपडेट)
आइतबार, पुस १८, २०७८
जिल्लाको रिब्दीको गाउँपालिका २ लघुवामा भएको बस दुर्घटनामा परी मृत्यु भएका सात जना मध्ये ६ जनाको पहिचान खुलेको छ । दुर्घटनामा परी मृत्यु भएका सात जनामध्ये बुटवल उपमहानगरपालिका १७ का ३० वर्षीय पशुपति रसाली, सोही ठाउँका ४० वर्षीय खुमबहादुर राना, बुटवल ११ का ३२ वर्षीय विजय थापा क्षेत्री, अर्घाखाँची मालारानी–२...
पपका विद्यार्थीलाई पूर्व विद्यार्थीले दिए स्वास्थ्य सामग्री
आइतबार, पुस १८, २०७८
तानसेनमा रहेको पद्म पव्लिक नमूना माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई २०४२ साल समूहका पूर्व बिद्यार्थीहरूले स्वास्थ सुरक्षा सामग्री दिएका छन् । विद्यालयको २०४२ साल एसएलसी समूहका विद्यार्थीहरूले त्यहाँ अध्ययनरत विद्यार्थीहरुका लागि मास्क, सनिटाइजर, सावुन लगायतका स्वास्थ्य सुरक्षा सामग्री दिएका हुन् । उ
गठबन्धन बिना नै काँग्रेस निर्वाचनमा जान्छ : नेता केसी
आइतबार, पुस १८, २०७८
नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र केसीले आसन्न निर्वाचनमा काँग्रेस एक्लै जनताको बीचमा जाने बताएका छन् । भर्खरै सकिएको नेपाली काँग्रेसको महाधिवेशनमा रेसुङ्गा नगरपालिकाबाट निर्वाचित पार्टीका विभिन्न पदाधिकारीहरुलाई सम्मान गर्न तम्घास पुगेका केसीले कुनै पनि हालतमा गठबन्धन बिना नै काँग्रेस निर्वाचनमा जाने बताएका हुन् ।
रानीझैं सिँगारियो रानीमहल
आइतबार, पुस १८, २०७८
पाल्पामा रहेको प्रेमको प्रतिक रानीमहल दरवारलाई रानी जस्तै सिँगाएिको छ । अहिले रानीमहलको स्वरुपलाई सुन्दर र चिटिक्क पारेर रानीझैं सिंगारिएको हो । तानसेन नगर सरकारले रानीमहल दरवार आउने पाहुनाहरु थप आकर्षित गर्न दरबारलाई चिटिक्क पारेको छ । अहिले रानीमहलमा पुग्ने पाहुनाहरुलाई तानसेन नगरपालिकाले स्वच्छ रुपमा युरो गार्डको स्वच्छ सफा फिल्टर...
पाल्पामा मलामी चढेको बस दुर्घटना, ७ को मृत्यु, ८ घाइते
आइतबार, पुस १८, २०७८
बुटवल वुद्धनगरबाट शव बोकेर रिडी घाट हिडेको बस पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नंं २ लघुवामा दुर्घटना भएको छ । आज बिहान १०ः ३० बजेको समयमा लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा परी ७ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले...
गठबन्धन बिना नै काँग्रेस निर्वाचनमा जान्छ : केन्द्रीय सदस्य केसी
शनिबार, पुस १७, २०७८
नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र केसीले आसन्न निर्वाचनमा काँग्रेस एक्लै जनताको बीचमा जाने बताएका छन् । भर्खरै सकिएको नेपाली काँग्रेसको महाधिवेशनमा रेसुङ्गा नगरपालिकाबाट निर्वाचित पार्टीका विभिन्न पदाधिकारीहरुलाई सम्मान गर्न नेपाली काँग्रेस रेसुङ्गा नगर समितिले आयोजना गरेको सम्मान तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य केसीले कुनै पनि हालतमा गठबन्धन बिना...
एमाले पूर्वसांसद रायमाझी सहित ६६ जना एकीकृत समाजवादीमा प्रवेश
शनिबार, पुस १७, २०७८
नेकपा एमालेका पूर्व सांसद यादवबहादुर रायमाझी सहित ६६ जना एमाले नेताकार्यकता नेकपा (एस) एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । शनिबार तानसेनमा पत्रकार सम्मेलन गरी उनीहरु नेकपा एसमा प्रवेश गरेका हुन् ।
सनातन धर्म सेवा समितिद्वारा ‘जय हनुमान’ विमोचन
शनिबार, पुस १७, २०७८
सनातन धर्म सेवा समिति मेहल्धारा तानसेन पाल्पाद्वारा प्रकाशित विशेषाङ्क ‘जय हनुमान’को विमोचन गरिएको छ । तानसेनमा शनिबार समितिको ३६ औं बार्षिक दिवस समारोहको अवसरमा विशेषाङ्क ‘जय हनुमान’को विमोचन गरिएको हो ।
मेगा बैंकको अत्याधुनिक मोबाइल बैंकिङ्ग सेवा
शनिबार, पुस १७, २०७८
मेगा बैंक नेपाल लिमिटेडले अत्याधुनिक मोबाइल बैंकि· सेवा सञ्चालनमा ल्याएको छ । बैंकले ओम्नीच्यानल प्रणालीमा आधारित डिजिटल बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।


