Shittalpati
काँग्रेसका ५७ जनाले गरे उम्मेदवारी फिर्ता
काँग्रेसका ५७ जनाले गरे उम्मेदवारी फिर्ता काँग्रेसको १४ औं महाधिवेशनमा सभापति, सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदका लागि शनिबार उम्मेदवारी दर्ता गराएका मध्ये ५७ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । आइतबार पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै ५७ जनाले उम्मेदवारी फिर्ता गरेका हुन् ।
मृगौला पीडित सुनारलाई आर्थिक सहयोग
मृगौला पीडित सुनारलाई आर्थिक सहयोग गलकोट नगरपालिका १ दुदिलाभाटी बागलुङ्गकी मृगौला पीडित १९ वर्षीया मुना सुनारलाई आर्थिक सहयोग प्राप्त भएको छ । गलकोट समाज जापान क्षेत्रीय समिति कान्तो(टोकियो)ले सुनारको उपचारका लागि ५ लाख ३५ हजार सहयोग गरेको हो ।
तानसेन–रिडी सडक दैनिक ६ घण्टा बन्द
तानसेन–रिडी सडक दैनिक ६ घण्टा बन्द तानसेन–रिडी सडकखण्ड दैनिक ६ घण्टा बन्द गरिएको छ । सडक चौँडा गर्नका मंसिर २५ गतेदखि पुस १० गतेसम्मका लागि उक्त सडक खण्ड दैनिक ६ घण्टा बन्द गरिएको हो ।
साहित्यअनुरागीहरुद्वारा आख्यान चौतारी गठन
साहित्यअनुरागीहरुद्वारा आख्यान चौतारी गठन पाल्पाली साहित्य अनुरागीहरूले आख्यान चौतारी गठन गरेका छन् । साहित्य क्षेत्रलाई साझा चौतारी बनाउका लागि उनीहरुले चौतारी गठन गरेका हुन् ।
वडा–वडामा सेवा पुर्‍याउँदै पूर्वखोला गाउँ सरकार
वडा–वडामा सेवा पुर्‍याउँदै पूर्वखोला गाउँ सरकार नागरिकहरुलाई घर–घर, वडा–वडामा सेवा सुविधा प्रदान गर्न पूर्वखोला गाउँपालिकाले वडा–वडामा एकिकृत घुम्ती शिविर सञ्चालन गरेको छ । जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा पूर्वखोला गाउँपालिकाले वडा वडामा एकिकृत घुम्ती शिविर सञ्चालन गरी जनताको काम घरदैलोमा अभियान शुरु गरेको हो ।
गुल्मीको मुसिकोटमा रायमाझीले गरे कूलका जेष्ठ नागरिकलाई सम्मान
गुल्मीको मुसिकोटमा रायमाझीले गरे कूलका जेष्ठ नागरिकलाई सम्मान गुल्मीको मुसिकोटमा रायमाझी बन्धुहरुले कूलका जेष्ठ सदस्यहरुलाई सम्मान गरेका छन् । मुसिकोटको पेगा र इस्मा रातडाँडाका रायमाझीहरुले चार जना कूलका जेष्ठ नागरिकलाई सम्मान गरेका हुन् ।
कोरोना भाइरस विरुद्ध दुई करोड मात्रा खोप लगाइयो
कोरोना भाइरस विरुद्ध दुई करोड मात्रा खोप लगाइयो नेपालमा कोरोना भाइरस विरुद्धको दुई लाख मात्रा खोप लगाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले कोरोना भाइरसविरुद्धको खोप दुई करोड मात्रा लगाइएको बताए ।
देशभर थप २ सय ३६ मा कोरोना संक्रमण
देशभर थप २ सय ३६ मा कोरोना संक्रमण देशभर पछिल्लो २४ घण्टामा थप २ सय ३६ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस अवधिमा ९ हजार १ सय ७८ को पिसिआर परीक्षण गरिएको थियो ।
देशभर चिसो बढ्यो
देशभर चिसो बढ्यो न्यूनतम तापक्रम घटेसँगै देशभर चिसो बढ्दै बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार न्यूनतम तापक्रम घटेसँगै देशभर चिसो बढ्दै गएको हो ।
सन्तोषजनक छैन मानव अधिकारको अवस्था
सन्तोषजनक छैन मानव अधिकारको अवस्था नेपालमा पनि हरेक वर्ष मानवअधिकार दिवस मनाउने गरिन्छ । दिवस मनाइने गरिएपनि मानव अधिकारको अवस्था भने सन्तोषजनक देखिदैन । नेपालमा पटक–पटक दोहोरिने मानव अधिकार उल्लङ्घनका घटना, हिंसाजन्य गतिविधि तथा दण्डहीनताका कारण पीडकहरू उम्किरहेका घटनाहरूले मानव अधिकारका पक्षधर तथा पालकलगायत नागरिकलाई गिज्याइरहे जस्तो त देखिन्छ नै, सरकार तथा मानव अधिकारवादी संघसंस्थाका...
निजी स्वास्थ्य संस्थाका कारण समस्या : मन्त्री खतिवडा
निजी स्वास्थ्य संस्थाका कारण समस्या : मन्त्री खतिवडा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले निजी स्वास्थ्य संस्थाले बिमाको नाममा धेरै रकम माग दावी गरेको बताएका छन् । निजी स्वास्थ्य संस्थाले बिरामीलाई आवश्यक भन्दा बढी औषधी दिने गरेको र आवश्यक भन्दा बढी रकम दावी गरेको मन्त्री खतिवडाले बताए । उनले यस विषयमा सरकार गम्भीर भएको समेत जानकारी दिए ।
गुल्मीबाट ४५ उजूरी अख्तियारमा
गुल्मीबाट ४५ उजूरी अख्तियारमा जिल्लाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ४५ वटा उजूरी दर्ता भएका छन् । आर्थिक वर्ष २०७७/०७८ मा ४५ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएका हुन् । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय गुल्मी र भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाले राखेको कार्यक्रममा उक्त तथ्याङक सार्वजनिक गरिएको हो ।
Weather Update