Shittalpati
ग्रामीण सडकमा कालोपत्रे गर्दै तानसेन नगर सरकार
ग्रामीण सडकमा कालोपत्रे गर्दै तानसेन नगर सरकार जिल्लाको तानसेन नगर सरकारले ग्रामीण सडकमा कालोपत्रे गर्न लागेको छ । शहर बजारमा जस्तै ग्रामीण क्षेत्रमा पनि सहज यातायात सुविधा पुर्‍याउने उद्देश्यसहित नगर सरकारले ग्रामीण क्षेत्रका सडकहरुमा कालोपत्रे गर्ने कार्य शुरु गरेको हो । नगरपालिकाले यहाँका ग्रामीण क्षेत्रका सबै वडाहरुमा कच्ची सडक निर्माणसंगै बाहै्र महिना सहज रुपमा यातायात सञ्चालनका लागि...
रिब्दीकोटले दियो अपाङ्गता भएका व्यक्तिलाई ल्यापटप
रिब्दीकोटले दियो अपाङ्गता भएका व्यक्तिलाई ल्यापटप जिल्लाको रिब्दीकोट गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई ल्यापटप दिएको छ । गाउँपालिकाको महिला तथा बालबालिका विकास शाखाले दुईजना दृष्टि विहिन र एक जना शरिरको तलको भाग नचल्ने अपाङ्गताभएका व्यक्तिलाई ल्यापट दिएको हो ।
वालिङमा व्यावसायिक छुर्पी उत्पादन
वालिङमा व्यावसायिक छुर्पी उत्पादन स्याङ्जाको वालिङस्थित अकला साना किसान कृषि सहकारी संस्थाले व्यावसायिक रुपमा छुर्पी उत्पादन गर्न थालेको छ । स्थानीयस्तरमा उत्पादित दूधलाई बजारीकरणमा सहयोग पुर्‍याउनुका साथै किसानलाई दूग्ध उत्पादन व्यवसायमा थप उत्साह बढाउने उद्देश्यसहित व्यावसायिक रुपमा छुर्पी उत्पादन थालिएको संस्थाका अध्यक्ष पुण्यप्रसाद अर्यालले बताए ।
तानसेनमा ट्याक्टर दुर्घटनामा एकको मृत्यु(अपडेट)
तानसेनमा ट्याक्टर दुर्घटनामा एकको मृत्यु(अपडेट) जिल्लाको तानसेन नगरपालिका–९ दमकडामा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । शनिबार बिहान दमकडास्थित देउरालीबाट दाउरा लोड गरी दमकडातर्फ गइरहेको लु ४ त ५४३८ नम्बरको ट्याक्टर अचानक ब्रेक फेल भई दुर्घटना हुँदा दमकडाका ४१ वर्षीय दिपक ढकालको मृत्यु भएको हो ।
तानसेनमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
तानसेनमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु जिल्लाको तानसेन नगरपालिका–९ दमकडामा ट्याक्टर दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । शनिबार बिहान दमकडास्थित देउरालीबाट दाउरा लोड गरी दमकडातर्फ गइरहेको लु ४ त ५४३८ नम्बरको ट्याक्टर अचानक ब्रेक फेल भई दुर्घटना हुँदा दमकडाका ४१ वर्षीय दिपक ढकालको मृत्यु भएको हो ।
एक घर, एक धारा नीति विफल, अझै पनि डोकोकै भरमा खानेपानी !
एक घर, एक धारा नीति विफल, अझै पनि डोकोकै भरमा खानेपानी !  पाल्पाको रैनादेवी छहरा गाउँपालिका–५ मुझुङ्गका टोड्केमा अझै खानेपानी बोकेर ल्याउनुपर्ने बाध्यता हटेको छैन । सरकारले ‘एक घर, एक धारा’ जडानको नीति लिए पनि आर्थिकरूपले विपन्न समुदाय सो पहुँचबाट बाहिरै रहनुपर्ने बाध्यता छ । सोही स्थानमा तीन घर रहे पनि अहिले एक घरमा मात्र बसोबास छ । पानीकै अभाव दुई घर...
तीन पालिकामा भैँसी जोन कार्यक्रम
तीन पालिकामा भैँसी जोन कार्यक्रम स्याङ्जाका तीन पालिकामा भैँसी व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रम सञ्चालन भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ स्याङ्जाअन्तर्गत जिल्लाका वालिङ, गल्याङ र भिरकोट नगरपालिकामा भैँसी जोन कार्यक्रम सञ्चालन भएको हो ।
एमाले महाधिवेशनको सन्देश
एमाले महाधिवेशनको सन्देश नेकपा एमालेले १०औं महाधिवेशन सकेको छ । तीन दिनसम्म सञ्चालन भएको महाधिवेशनको चर्चा जतातै छ । एमाले महाधिवेशनबाट एकताको सन्देश दिन खोजेको भए पनि त्यस्तो हुन सकेन ।
नेपालमा दुई सय ४६ कोरोना संक्रमित थपिए
नेपालमा दुई सय ४६ कोरोना संक्रमित थपिए पछिल्लो २४ घण्टामा नेपालमा २ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपडेटमा देशभरका २ सय ४६ जनामा संक्रमण देखिएको हो ।
पुराना पुस्ताबाट पार्टी चल्दैन :नेता भण्डारी
पुराना पुस्ताबाट पार्टी चल्दैन :नेता भण्डारी  नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले पुराना पुस्ताबाट पार्टी नचल्ने बताएका छन् । रूपन्देहीको भैरहवामा नेपाली काँग्रेसको लुम्बिनी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कक्षा १२ को नतिजा प्रकाशित
कक्षा १२ को नतिजा प्रकाशित राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । शुक्रबार बिहान बसेको बोर्डको बैठकले नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार नतिजा प्रकाशित भएको हो ।
वर्षा र हिमपातको सम्भावना
वर्षा र हिमपातको सम्भावना हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।
Weather Update