छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
शुक्रबार, असोज २३, २०८३
आज विश्व हुलाक दिवस मनाइँदै
शुक्रबार, असोज २३, २०८३
आज विश्व हुलाक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्षको अक्टोबर ९ तारिखका दिन मनाइने यो दिवस नेपालसहित विश्वरभर मनाउन लागिएको हो ।
पहिले आफ्नो इतिहास चिनौँ, अनि संसारलाई तानसेन चिनाऔँ
शुक्रबार, असोज २३, २०८३
कुनै दिन एउटा बालक आफ्नै शहरको पुरानो गल्ली हुँदै विद्यालय जान्छ बाटोमा एउटा पुरानो घर देख्छ काठका कलात्मक झ्याल छन ढुंगाका पर्खाल छन् पुरानो ढोका छ ऊ त्यही घरको छेउबाट वर्षौ हिड्छ तर उसलाई थाहा हुँदैन उसले देखिरहेको त्यो घरभित्र कति पुस्ताको कथा लुकेको छ ।
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पर्सा र मकवानपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको हो ।
आज विश्व दृष्टि दिवस मनाइँदै
बिहीबार, असोज २२, २०८३
आज विश्व दृष्टि दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानबारे विश्वभर चेतना फैलाउने उद्देश्यले आज विश्वभर यो दिवस मनाइदैछ । नेपालमा पनि यो दिवस मनाउन लागिएका हो ।
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बुधबार, असोज २१, २०८३
चितवनको रत्ननगर नगरपालिका–३ बेल्सीपुलस्थित सडकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–१ निवासी २० वर्षीय ओशिक अन्सारीको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
पाल्पामा भन्सार छलीका लाखौँ मूल्यका सामान बरामद
बुधबार, असोज २१, २०८३
जिल्ला प्रहरी कार्यालय पाल्पाले जिल्लाका विभिन्न स्थानमा चेकजाँचका क्रममा भन्सार छली गरी ल्याइएका ठूलो परिमाणका सामान बरामद गरेको छ । प्रहरीले दुई छुट्टाछुट्टै घटनामा भन्सार छली गरी ल्याइएका कस्मेटिक सामग्री तथा कपडासहित दुईवटा सवारीसाधन नियन्त्रणमा लिएको हो ।
आज इन्दिरा एकादशी
मंगलबार, असोज २०, २०८३
आज आश्विन कृष्ण पक्षको एकादशी अर्थात् इन्दिरा एकादशी मनाइँदै छ । यसदिन पितृहरुको श्राद्ध समेत गर्ने गरिन्छ । यस दिन एकादशी व्रत बस्नेको पितृले मुक्ति पाउने विश्वास गरिन्छ ।
परम्परागत सम्पदा संरक्षणमा नागरिक भूमिका
मंगलबार, असोज २०, २०८३
नेपाल सांस्कृतिक विविधताको धनी देश हो । यहाँ धेरै पहिलेदेखि मानिसहरूले आन्तरिक, परम्परागत, राजनीतिक, आर्थिक, सामाजिक, बौद्धिक, कलात्मक, भावनात्मक, धार्मिक आदि स्वरूपमा अभ्यास र अवलम्बन गर्दै आएका परम्परा र संस्कारको समष्टि रूप नै नेपाली संस्कृति हो ।
ग्रीन फर गुड नेपालको अध्यक्षमा पुनः बस्याल
सोमबार, असोज १९, २०८३
वातावरण संरक्षण तथा पर्यटन प्रवद्र्धनका क्षेत्रमा क्रियाशील सामाजिक संस्था ग्रीन फर गुड नेपालको अध्यक्षमा पुनः धनिश्वर बस्याल निर्विरोध निर्वाचित भएका छन् । संस्थाको तेस्रो साधारण सभा तथा प्रथम अधिवेशनले अध्यक्षमा पुनः बस्याललाई चयन गरेको हो ।
आज विश्व शिक्षक दिवस मनाइँदै
सोमबार, असोज १९, २०८३
आज विश्व शिक्षक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँंदैछ । शिक्षकका लागि समर्थन जुटाउन र भविष्यको पुस्ताको आवश्यकता शिक्षकहरुको माध्यमबाट पूरा हुन्छ भन्ने कुराको सुनिश्चितताका लागि संयुक्त राष्ट्रसंघ र राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संघ युनेस्कोको आह्वानमा सन् १९९४ देखि हरेक वर्ष अक्टुबर ५ तारिखमा यो दिवस मनाउँदै आएको...
सिद्धाबाबामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
आइतबार, असोज १८, २०८३
जिल्लाको तिनाउ गाउँपालिका–३,सिद्धार्थ राजमार्गस्थित सिद्धबाबा नजिकै मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आइतबार दिउँसो बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु ७४ प ९१७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
रूपन्देहीको देवदहमा गोली चल्दा एक युवक घाइते
आइतबार, असोज १८, २०८३
रुपन्देहीको देवदहमा गोली चल्दा एक युवक घाइते भएका छन । शनिबार अपरान्ह करिब ४ बजे देवदह–५ मितेरीगाउककका दीपक भन्ने युवराज खरेलले चलाएको गोली लागेर घटनामा बुटवल उपमहानगरपालिका–९ मिलनचोकका २२ वर्षीय रायन खत्री क्षेत्री घाइते भएका हुन् ।


