ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
चितवन, चितवनको रत्ननगर नगरपालिका–३ बेल्सीपुलस्थित सडकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–१ निवासी २० वर्षीय ओशिक अन्सारीको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
अन्सारीले चलाएको बा.प्र.०६००८ प ३५६३ नम्बरको मोटरसाइकललाई बा.प्र.०१–००३ क ८७२५ नम्बरको ट्रकले मंगलबार बिहान ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका अन्सारीलाई उपचारका लागि नयाँ मेडिकल कलेज, चितवन लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ । दुर्घटनामा ट्रक चालकको लापरबाही वा अन्य कुनै कारण रहेको भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असोज २१, २०८३
प्रतिक्रिया दिनुहोस्


