Shittalpati
रूपन्देहीको देवदहमा गोली चल्दा एक युवक घाइते

बुटवल, रुपन्देहीको देवदहमा गोली चल्दा एक युवक घाइते भएका छन । शनिबार अपरान्ह करिब ४ बजे देवदह–५ मितेरीगाउककका दीपक भन्ने युवराज खरेलले चलाएको गोली लागेर घटनामा बुटवल उपमहानगरपालिका–९ मिलनचोकका २२ वर्षीय रायन खत्री क्षेत्री घाइते भएका हुन् ।

गोली लाग्दा उनको दाहिने गालाको छाला च्यात्तिएको प्रहरीले जनाएको छ । घाइते खत्रीको देवदह मेडिकल कलेज, भलुहीमा उपचार भइरहेको छ । घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी खैरेनीबाट खटिएको टोलीले खरेलसहित तीन जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा देवदह नगरपालिका–५ मितेरी गाउँका ४२ वर्षीय दीपक खरेल भनिने दुर्गाप्रसाद खरेल, ३८ वर्षीय कमल शर्मा र १८ वर्षीय अमृत खरेल रहेका छन् । प्रहरीले खरेलको साथबाट एक थान पेस्तोल र दुई राउन्ड गोली बरामद गरेको जनाएको छ ।

खरेलसँग रहेको पेस्तोल घरमा आएका खत्रीलाई देखाउने क्रममा गोली चलेको स्थानीयको दाबी छ । तर, प्रहरीले पेस्तोलको बैधानिकताको विषयमा पनि अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असोज १८, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update