तानसेन होमस्टे समितिको साधारण सभा : होमस्टे पर्यटनले आर्थिक गतिविधि बढाएको दाबी
बुधबार, असोज १४, २०८३
बाढीमा मृत्यु हुनेको संख्या एक हजार ४ सय ५४ पुग्यो
बुधबार, असोज १४, २०८३
रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा मृत्यु हुनेको संख्या एक हजार ४ सय ४५ पुगेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार मंगलबार दिउँसो २ बजेसम्म विभिन्न जिल्लाबाट गरी १ हजार ४ सय ५४ जनाको शव फेला परेको हो ।
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा आठ जनाको मृत्यु
मंगलबार, असोज १३, २०८३
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा परी आठ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार तीन जनाको सवारी दुर्घटना र पाँच जना मृत अवस्थामा फेला परेका हुन् ।
पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध, ठूला सवारीसाधन अलपत्र
मंगलबार, असोज १३, २०८३
सिद्धार्थ राजमार्गअन्तर्गत बर्तुङ्ग–राम्दी सडकखण्डको माथागढी गाउँपालिका–१, चिदिपानीको धेरैनीमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ ।
आज विश्व मुटु दिवस मनाइँदै
मंगलबार, असोज १३, २०८३
हरेक वर्ष सेप्टेम्बर २९ तारिखमा मनाइने विश्व मुटु दिवस आज नेपालसहित विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ । मुटुसम्बन्धी रोगको जोखिम, रोकथाम र स्वस्थ जीवनशैलीका विषयमा जनचेतना फैलाउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ ।
खोलाले बगाएर गुल्मीमा एक महिला बेपत्ता
सोमबार, असोज १२, २०८३
गुल्मीमा खोलाले बगाएर एक महिला बेपत्ता भएकी छन् । रेसुङ्गा नगरपालिका–१४ पराल्मीकी तुलसी सूर्यवंशीलाई आइतबार बिहान करिब ११ बजे छल्दीपनाहा खोलाले बगाएको हो ।
पाल्पा उद्योग वाणिज्य संघको ७२ औँ साधारण सभा
सोमबार, असोज १२, २०८३
पाल्पा उद्योग वाणिज्य संघको ७२ औँ वार्षिक साधारण सभा आइतबार तानसेनमा भएको छ । संघले वार्षिक समीक्षा गर्दै साधारण सभा गरेको हो ।
आज सूचनामा विश्वव्यापी पहुँचको दिवस मनाइँदै
सोमबार, असोज १२, २०८३
प्रत्येक वर्ष सेप्टेम्बर २८ का दिन मनाइने सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
आज ‘विश्व रेबिज दिवस’, नेपालमा पनि मनाइँदै
सोमबार, असोज १२, २०८३
विश्व रेबिजविरुद्धको दिवस आज नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसको रुपमा मनाइन्छ ।
आजदेखि सोह्रश्राद्ध सुरु
सोमबार, असोज १२, २०८३
हिन्दू धर्मावलम्बीको महत्वपूर्ण पितृकार्यअन्तर्गत पर्ने सोह्रश्राद्ध आजदेखि सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि औँसीसम्म मनाइने सोह्रश्राद्धका क्रममा दिवंगत पितृहरूको सम्झनामा श्राद्ध, तर्पण तथा पिण्डदान गर्ने परम्परा रहेको छ ।
तानसेन सम्पदा संरक्षण समाजको अध्यक्षमा न्यौपाने
सोमबार, असोज १२, २०८३
तानसेन सम्पदा संरक्षण समाजको अध्यक्षमा पदमराज न्यौपाने सर्वसम्मत चयन भएका छन् । तानसेनको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाको संरक्षण गर्ने उद्देश्यले स्थापना भएको समाजको प्रथम अधिवेशनले न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
आज विश्व पर्यटन दिवस मनाइँदै
सोमबार, असोज १२, २०८३
विश्वभर आज विश्व पर्यटन दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । पर्यटनको महत्व, यसको सामाजिक–आर्थिक योगदान तथा दिगो पर्यटन प्रवद्र्धनबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर २७ मा यो दिवस मनाउने गरिन्छ ।
पाल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या पाँच पुग्यो
आइतबार, असोज ११, २०८३
पाल्पामा पहिरोमा परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । माथागढी गाउँपालिका–३, कसेनी भैसीकट्टामा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन जनाको शव फेला परेसँगै मृतकको संख्या पाँच पुगेको हो ।


