सिद्धाबाबामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
पाल्पा, जिल्लाको तिनाउ गाउँपालिका–३,सिद्धार्थ राजमार्गस्थित सिद्धबाबा नजिकै मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आइतबार दिउँसो बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु ७४ प ९१७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा चालक गुल्मी छत्रकोट गाउँपालिका–३, हर्दिनेटाका ४७ वर्षीय नवराज पन्थ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हिमनाथ घिमिरेले बताए ।
दुर्घटनामा परी पन्थ गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकल आफैं अनियन्त्रित भई सडकबाट ६० मिटर तल तिनाउ खोलामा खसेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असोज १८, २०८३
प्रतिक्रिया दिनुहोस्


