पाल्पा, इनरह्वील क्लब अफ मिडटाउन बुटवलको अध्यक्षमा पत्रकार सुशीला पोखरेल निर्विरोध निर्वाचित भएकी छन् । वर्ष २०२६/२७ का लागि पोखरेल क्लवको अध्यक्षमा चयन भएकी हुन् । अध्यक्षमा चयन भएकी उनी रेडियो मुक्तिमा कार्यरत छिन् ।
पत्रकारिता र सामाजिक कार्यमा सक्रिय पोखरेलले महिला सशक्तिकरणका क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएकी छन् । क्लवमा रहँदा इमान्दारिता र कर्तव्यनिष्ठाका साथ काम गर्दै आएका कारण पोखरेलले छोटो समयमै अध्यक्षको जिम्मेवारी पाएकी हुन् । क्लवको अध्यक्षमा चयन भएसँगै शितलपाटी डटकमसँगको कुराकानीमा उनले समाजसेवाका कार्यक्रमलाई थप प्रभावकारी बनाएर लैजाने बताएकी छन् । उनले महिला नेतृत्व विकास, मित्रता, समाजसेवा र मानवीय सहयोगलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्नुको साथै महिला सशक्तीकरण तथा सामुदायिक विकासका गतिविधिहरूलाई सक्रिय बनाएर लैजाने प्रतिवद्धता व्यक्त गरिन् ।
क्लवको वर्ष २०२६/२७ का लागि आइपिपिमा जुनु भण्डारी, भिपिमा गिता खनाल, सेक्रेटरीमा सुधा न्यौपाने, टे«जरमा कविता परियार, आइएसओमा राधिका गौतम, एडिटरमा प्रेरणा केसी विमला, एक्जुकेटिभ मेम्बरमा सविता बिक, कल्पना खनाल, जोईन सेक्रेटरीमा बिजु पौडेल र जोईन टे«जररमा सृष्टि अधिकारी भुसाल चयन भएका छन् । नवर्निवाचित पदाधिकारहीहरुको पद हस्तान्तरण समेत भएको छ । वर्ष २०२५/२६ का अध्यक्ष जुनु भण्डारीले नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण गरेकी हुन् । क्लबले सोही अवसरमा रुपन्देही जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न वर्गका १३ जना विद्यार्थीहरूलाई जनही ५ हजार ५ सयका दरले छात्रवृत्ति प्रदान समेत गरेको छ । कार्यक्रममा इनरह्वील क्लबका पूर्व अध्यक्षहरू, सम्पूर्ण शाखाका अध्यक्ष तथा प्रतिनिधि इनरव्हील सदस्यहरूको उपस्थिति रहेको थियो । क्लबको कार्यकाल एक वर्षको हुनेछ ।


