Shittalpati
पूर्वअर्थमन्त्री पौडेलविरुद्ध ६ दिन म्याद थप

काठमाडौं, पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेललाई थप ६ दिन हिरासतमै राख्न अदालतले अनुमति दिएको छ । सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धानको क्रममा पक्राउ परेका पौडेललाई तेस्रोपटक म्याद थप गरिएको हो ।

विशेष अदालतले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई बिहीबार यस्तो अनुमति दिएको हो । अदालतका न्यायाधीश हेमन्त रावल, न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र न्यायाधीश उमेश कोइरालाको इजलासबाट म्याद थप भएको हो । आदेश बमोजिम पौडेललाई न्यायिक हिरासतमा राख्न पठाइएको छ ।

उनले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको विभाग स्रोतले बताएको छ ।

                                

प्रकाशित मिति: बिहीबार, असार १८, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update