गुल्मी जिप दुर्घटनामा एकको मृत्युु
गुल्मी, गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ । आइतबार राति साढे २ बजे रेसुंगाबाट तम्घास आउँदै गरेको लु १ ज १५२८ नम्बरको जिप दुर्घटना हुँदा तम्घासका १६ वर्षीय सुदीप नेपालीको मृत्युु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा परी प्युठानको नौबहिनी गाउँपालिका वडा नम्बर १ घर भई हाल रेसुङ्गा नगरपालिका ८ बस्ने १७ वर्षीय अर्जुन बुढाथोकी, बागलुङ भिमगिठ्ठे घर भई हाल रेसुङ्गा नगरपालिका वडा नम्बर–८ बसपार्क बस्ने १८ वर्षीय गणेश परियार र रेसुङ्गा नगरपालिका ९ चारीखोला बस्ने १८ वर्षीय आयुष गैरे घाइते भएका छन् । चालक र सहचालक भने फरार रहेका छन् । उनीहरुको खोजी कार्ष भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असार २३, २०८३
प्रतिक्रिया दिनुहोस्


