Shittalpati
एसइई पूरक नतिजा सार्वनजिक, कसरी थाहाँ पाउने ?

पाल्पा, राष्ट्रिय परीक्षा बोर्डले मंगलबार माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को पूरक अर्थात् ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले यही असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन  गरेको पूरक परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो ।

परीक्षामा ८३ हजार ५२३ जनाअर्थात्  ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको  बोर्डले जनाएको छ । परीक्षामा सहभागी हुन एक लाख ४६ हजार ५०७ परीक्षार्थीले आवेदन दिएकामा एक लाख २९ हजार ११४ जना परीक्षार्थी मात्रै सहभागि भएका थिए । परीक्षार्थीले राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट, एसएमएस, युएसएसडी तथा आइभीआर सेवामार्फत नतिजा हेर्न सक्ने छन् । नतिजा हेर्न सिम्बोल नम्बर र जन्ममिति प्रयोग गरी ग्रेडसिट डाउनलोड गर्ने व्यवस्था पनि गरिएको छ । परीक्षार्थीको नतिजाप्रति चित्त नबुझेका परीक्षार्थीले असार २५ गतेदेखि ३१ गतेसम्म अनलाइनमार्फत पुनर्योग, उत्तरपुस्तिका अवलोकन तथा पुनः परीक्षणका लागि आवेदन दिन सक्ने छन् ।

प्रकाशित मिति: मंगलबार, असार २३, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update