Shittalpati
बर्डफ्लु सङ्क्रमणप्रति सचेत हुन आग्रह

पाल्पा, सरकारले देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमणबाट बच्न उच्च सर्तकता अपनउन आग्रह गरेको छ । सक्रमण फैलिएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बर्डफ्लु सङ्क्रमणबाट बच्न आवश्यक सतर्कता अपनाउँदै सुरक्षित रहन सबैलाई आग्रह गरेको हो ।

सङ्क्रमित, बिरामी वा मरेका पन्छीसँग प्रत्यक्ष सम्पर्क हुनेगरी काम÷गतिविधि नगर्न सरोकार भएका सबैलाई आग्रह गरिएको छ । त्यस्तै पन्छीको मासु र अण्डा राम्रोसँग पकाएर मात्र खान, मृत पन्छी देखिएमा नजिकको पशु सेवा निकायमा जानकारी गराउन पनि मन्त्रालयले आग्रह गरेको छ । पशु सेवा विभागका अनुसार अहिलेसम्म ११ जिल्लाका एक सय स्थानमा बर्डफ्लुको सङ्क्रमण देखिएको छ । 
सङ्क्रमित पन्छीलाई छुँदा वा समात्दा, पन्छीको दिसा, सिगानसँंग सम्पर्क हुँदा, सङ्क्रमित पन्छबी राख्ने स्थान सफा गर्दा र मरेको पन्छीको मासु खाँदा बर्डफ्लु मानिसमा सर्ने गर्दछ ।
 

प्रकाशित मिति: आइतबार, असार २१, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update