आज भानु जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै
सोमबार, असार २९, २०८३
भारी वर्षाको सम्भावना
सोमबार, असार २९, २०८३
आइतबार राती र सोमबार देशका विभिन्न भूभागमा भारीदेखि अति भारीसम्मको वर्षा हुने सम्भावना रहेको भन्दै सचेत रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले आइतबार साँझ मौसमसम्बन्धी अपडेट जारी गर्दै मनसुन सक्रिय भई भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सचेत रहन सबैसँग आग्रह गरेको हो ।
अवैध लागूऔषध सहित ३६ जना पक्राउ
सोमबार, असार २९, २०८३
देशका विभिन्न स्थानबाट अवैध लागु औषधसहित ३६ जना पक्राउ परेका छन् । प्रहरी केन्द्रीय समाचार कक्षका अनुसार रोल्पा, महोत्तरी, झापा, चितवन, सुनसरी, सिराहा, मोरङ, कञ्चनपुर, कैलाली, ललितपुर, काठमाडौं लगायतका जिल्लाहरुबाट प्रहरीले अवैध लागु औषधसहित ३६ जनालाई पक्राउ गरेको हो ।
आज प्रदोष व्रत : देशभर शिवको पूजा गरिदैं
आइतबार, असार २८, २०८३
आज हिन्दू धर्मावलम्बीहरूले श्रद्धापूर्वक प्रदोष व्रत मनाउँदै छन् । प्रत्येक पक्षको त्रयोदशी तिथिको सायंकाल पर्ने प्रदोष व्रत भगवान शिवको विशेष आराधना गर्ने दिनका रूपमा मानिन्छ ।
आत्मदाह प्रयास गरेका अर्का व्यक्तिको पनि निधन
शनिबार, असार २७, २०८३
काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको निधन भएको प्रहरीले जनाएको छ । आत्मदाह प्रयासपछि वीर अस्पतालमा उपचाररत उनको शनिबार अपरान्ह मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।
आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन
शनिबार, असार २७, २०८३
काठमाडौंस्थित राहदानी विभाग परिसरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु भएको छ । आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको शुक्रबार उपचारकै क्रममा वीर अस्पतालमा निधन भएको अस्पतालले जनाएको छ ।
विश्व जनसंख्या दिवस आज नेपालमा पनि मनाइदैं
शनिबार, असार २७, २०८३
विश्व जनसंख्या दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइदैछ । प्रत्येक वर्ष जुलाई ११ मा मनाइने यो दिवस यस वर्ष पनि जनसंख्या, स्वास्थ्य, शिक्षा तथा दिगो विकाससँग सम्बन्धित विषयमा जनचेतना फैलाउने उद्देश्यका साथ मनाउन लागिएको हो ।
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ
शनिबार, असार २७, २०८३
देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित २० जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सिरहाबाट चार, झापाबाट तीन, जुम्ला, रुपन्देही, मोरङ, सुनसरी र दाङबाट दुई-दुई तथा कपिलवस्तु, तनहुँ र काठमाडौँबाट एक-एक जना पक्राउ परेका हुन् ।
आत्मदाह प्रयास गरेका गणेशको निधन
शुक्रबार, असार २६, २०८३
काठमाडौंस्थित राहदानी विभाग परिसरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु भएको छ । आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको शुक्रबार उपचारकै क्रममा वीर अस्पतालमा निधन भएको प्रहरी स्रोतले जनाएको छ ।
आज योगिनी एकादशी व्रत : श्रद्धापूर्वक पूजा–आराधना गरिँदै
शुक्रबार, असार २६, २०८३
हिन्दू धर्मावलम्बी अन्तगर्त स्मार्त समुदायले आज श्रद्धा र भक्तिपूर्वक योगिनी एकादशी व्रत मनाउँदै छन् । प्रत्येक वर्ष असार कृष्ण पक्षको एकादशी तिथिमा पर्ने यो व्रत भगवान विष्णुको आराधना गरी मनाइने गरिन्छ ।
पाल्पाबाट अवैध लागूऔषध सहित एक युवक पक्राउ
बिहीबार, असार २५, २०८३
पाल्पामा प्रहरीले अवैध लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरी चौकी आर्यभञ्ज्याङबाट खटिएको चेकिङ टोलीले बगनासकाली गाउँपालिका–३ आर्यभञ्ज्याङस्थित सिद्धार्थ राजमार्गमा सवारी साधन तथा यात्रुको जाँच गर्ने क्रममा अवैध लागूऔषधसहित तानसेन नगरपालिका–६ का २४ वर्षीय हेमन्त खड्कालाई पक्राउ गरेको हो ।
गुल्मीमा चार सय किलो गुणस्तरहीन महजस्तो पदार्थ नष्ट
बिहीबार, असार २५, २०८३
गुल्मी प्रहरीले गुणस्तरहीन तथा अखाद्य ठहरिएको करिब चार सय किलोग्राम महजस्तो देखिने पदार्थ बरामद गरी नष्ट गरेको छ ।
पूर्व जनचेतनाकर्मी चापागाईं अमेरिकी मेरिल्याण्ड राज्यको निर्वाचनमा विजयी
बिहीबार, असार २५, २०८३
पूर्व जनचेतनाकर्मी चापागाईं अमेरिकी मेरिल्याण्ड राज्यको निर्वाचनमा विजयी


