Shittalpati
छुट्टाछुट्टै सवारी दुर्घटनामा अकालमै गयो ६ जनाको ज्यान
छुट्टाछुट्टै सवारी दुर्घटनामा अकालमै गयो ६ जनाको ज्यान देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको अकालमै ज्यान गएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ललितपुर, सर्लाही, झापा र कैलालीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको ज्यान गएको हो ।
पहिरोले अवरुद्ध  पाल्पा–बुटवल सडक सञ्चालनमा, जोखिम कायमै 
पहिरोले अवरुद्ध पाल्पा–बुटवल सडक सञ्चालनमा, जोखिम कायमै  पहिरोका कारण अवरुद्ध पाल्पा–बुटवल सडक सञ्चालनमा आएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गतको पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान हेडबक्स नजिकै बिहान २ बजेतिर पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।
गाउँबाट चार जिपिए ल्याएका यी दुई भण्डारी
गाउँबाट चार जिपिए ल्याएका यी दुई भण्डारी गुल्मीमा चार जिपिए ल्याउने मध्येका हुन् सिर्जित भण्डारी र निशान भण्डारी । दुवै जनाले गाउँकै स्कूलबाट परीक्षा दिएका थिए । सत्यवती गाउँपालिकाका सिर्जितले सत्यवती मावि र चन्द्रकोटका निसानले उदय मावि शान्तिपुरबाट परीक्षा दिएका विद्यार्थी हुन् ।
मधुमेह रोकथामका उपाय खोजौं
मधुमेह रोकथामका उपाय खोजौं पछिल्ला केही वर्ष यता नेपालमा मधुमेहका बिरामी बढ्दो छन् । मधुमेहलाई नेपालीमा ‘चिनी रोग’ भनिन्छ । मानिसको रगतमा चिनीको मात्रा औसतमा ६० देखि १४० सम्म साधारण मानिन्छ । यदि रगतमा चिनीको मात्रा १८० मि.ग्रा.र डि.लभन्दा बढी भएमा मृगौलाले चिनी पिसाबमा फालिदिन्छ र मृगौला बिरामी हुन सक्छ । शरीरमा चिनीको मात्रा...
सिद्धबाबाको पहिरोमा परी  घाइते भएका मोटरसाइकल चालकको मृत्यु (अपडेट)
सिद्धबाबाको पहिरोमा परी  घाइते भएका मोटरसाइकल चालकको मृत्यु (अपडेट) सिद्धबाबा सडक खण्ड अन्तर्गत  पाल्पाको तिनाउ गाउँपालिका– ३ हेडवक्स नजिकै माथिबाट खसेको पहिरोमा परी घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ ।
सिद्धबाबाको पहिरोमा परी मोटरसाइकलमा सवार दुई जना घाइते
सिद्धबाबाको पहिरोमा परी मोटरसाइकलमा सवार दुई जना घाइते  सिद्धबाबा सडक खण्ड अन्तर्गत  पाल्पाको तिनाउ गाउँपालिका– ३ हेडवक्स नजिकै माथिबाट खसेको पहिरोमा परी मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् । 
सुनचाँदी व्यवसायीको उपभोक्ता सचेतना सम्बन्धी छलफल
सुनचाँदी व्यवसायीको उपभोक्ता सचेतना सम्बन्धी छलफल सरकारले सुनचाँदी गहनामा लगाएको अनावश्यक विलासिता करको व्यवस्थाले व्यवसाय थप संकटमा परेको भन्दै आन्दोलनमा रहेका पाल्पाका सुनचाँदी व्यवसायीहरुले उपभोक्ता सचेतना सम्बन्धी छलफल चलाएका छन् । आफुहरुको  आन्दोलनका कारण उपभोक्ताहरुलाई पर्न गएको मार प्रति सचेतन गराउने उद्देश्यले उनीहरुले छलफल तथा अन्तक्र्रिया कार्यक्रम गरेका हुन् ।
काँग्रेस पाल्पाद्वारा पूर्व मन्त्री रेग्मीको निधनप्रति दुःख व्यक्त
काँग्रेस पाल्पाद्वारा पूर्व मन्त्री रेग्मीको निधनप्रति दुःख व्यक्त नेपाली काँग्रेस पाल्पाले  काँग्रेसका पूर्व सह–महामन्त्री एवं  पूर्वमन्त्री तथा सांसद अच्युतराज रेग्मीको निधनप्रति दुःख व्यक्त गरेको छ । उनको सोमबार अस्ट्रेलियामा ९६ वर्षको उमेरमा निधन भएको हो ।
रामपुरमा मेयरसँग बालबालिका
रामपुरमा मेयरसँग बालबालिका जिल्लाको रामपुरमा मेयरसँग बालबालिकाका कार्यक्रम गरिएको छ । दरैठाँटी माध्यमिक विद्यालय रामपुर–६ विजयपुरमा नगर भित्रका विद्यालयमा अध्ययनरत बालबालिकासँग नगर प्रमुख रमणबहादुर थापाले अन्तक्र्रिया गरेका हुन् ।
घर–घरमा तुलसीको बिरुवा सारी हरिशयनी एकादशी मनाइँदै
घर–घरमा तुलसीको बिरुवा सारी हरिशयनी एकादशी मनाइँदै आषाढ शुक्ल एकादशीका दिन आज नेपालीले घर–घरमा तुलसीको बिरुवा रोप्दै छन् । आषाढ शुक्ल एकादशीलाई हरिशयनी एकादशी पनि भन्ने गरिन्छ ।
आगलागी पीडितलाई बस्याल दाजुभाइको सहयोग
आगलागी पीडितलाई बस्याल दाजुभाइको सहयोग जिल्लाको बगनासकाली गाउँपालिका –९, पराजुलीटोलस्थित देउराली डाँडाका आगलागी पीडितलाई आर्थिक सहयोग प्राप्त भएको छ । गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा नेपाली काँग्रेसका महासमिति सदस्य कृष्णप्रसाद बस्याल र उनका भाइ नेपाली काँग्रेस बगनासकाली –९ का वडा सभापति चिन्तामणी बस्यालले  आगलागी पीडित सीता पराजुलीको परिवारलाई आर्थिक सहयोग गरेका हुन् ।
पाल्पामा एसइई नतिजाको उत्साह
पाल्पामा एसइई नतिजाको उत्साह यस वर्षको एसइई परीक्षाको नतिजा प्रकाशन भएसँगै राम्रो नतिजा लिएका विद्यार्थी र विद्यालयहरु उत्साहित भएका छन् । उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी र विद्यालयहरुले र्‍यालीसहित उत्साह मनाइरहेका छन् ।
Weather Update