नवजनचेतना राष्ट्रिय दैनिक २०८२ असार २० गते शुक्रबार
शुक्रबार, असार २०, २०८२
रामपुरको मनभागका घर–घरमा खानेपानीको धारा
बिहीबार, असार १९, २०८२
जिल्लाको रामपुर नगरपालिका –१० माथिल्लो मनभागका घर–घरमा खानेपानीको धारा पुगेको छ । रामपुर नगरपालिकाको १७ लाख ५० हजार र उपभोक्ताको ४ लाख २१ हजार ६ सय रुपैयाँ नगद र जनश्रमदानमा २२ हजार लिटर क्षमताको पानी टंकी निर्माण गरि लिफ्टिङ मार्फत योजना सम्पन्न गरि घर–घरमा पानीको धारा पुगेको हो ।
सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो
बिहीबार, असार १९, २०८२
सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकिएको छ । मुख्य टनेलको कुल एक हजार ८९ मिटरमा इन्भर्टको निर्माण कार्य सकिएको हो ।
धुर्कोट बालश्रममुक्त पालिका घोषणा
बिहीबार, असार १९, २०८२
जिल्लाको धुर्कोट गाउँपालिका बालश्रममुक्त तथा सडक बालबालिका मुक्त पालिका घोषणा भएको छ । गाउँपालिकाको १७ औं गाउँसभाले बालश्रम मुक्त पालिका घोषणा गरेको हो ।
आज खेलकुद पत्रकार दिवस मनाइँदै
बुधबार, असार १८, २०८२
आज विश्व खेलकूद पत्रकार दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुलाई २ मा विश्व खेलकुद पत्रकार दिवस मनाउने गरिन्छ । खेलकुद वा स्पोर्टस विटमा कार्यरत पत्रकारहरुको लागि आज विशेष दिन हो ।
पाल्पा जेसिजद्वारा विद्यालयमा मनोविमर्श
सोमबार, असार १६, २०८२
पाल्पा जेसिजले जिल्लाको एक सामुदायिक विद्यालयमा मनोविमर्श कार्यक्रम गरेको छ । उसले “मन स्वस्थ रहे जीवन स्वस्थ रहन्छ” भन्ने नारालाई आत्मसाथ गर्दै जिल्लाको माथागढी गाउँपालिका–१, बुढीकोटस्थित आदर्श आधारभूत विद्यालयमा मनोसामाजिक मनोविमर्श अभिमूखिकरण कार्यक्रम गरेको हो ।
पाल्पामा किसान महासंघले मनायो धान दिवस
आइतबार, असार १५, २०८२
नेपाली काँग्रेसको भातृ संस्था नेपाल किसान महासंघ पाल्पाले असार १५ अर्थात् धान दिवस मनाएको छ । महासंघले जिल्लाको रिब्दीकोट गाउँपालिका– २ दम्मक भर्देवा रोपाइँ गरेर आइतबार धान दिवस मनाइएको हो ।
तानसेनका अर्जुनले गरे सगरमाथाको सफल आरोहण
शनिबार, असार १४, २०८२
जिल्लाको तानसेन नगरपालिका –७ काजीपौवाका अर्जुन थापा मगरले सगरमाथाको सफल आरोहण गरेका छन् । उनले जेठ १३ गते बिहान ६ बजेर १८ मिनेट जाँदा सगरमाथाको सफल आरोहण गरेका हुन् ।


