आज खेलकुद पत्रकार दिवस मनाइँदै
बुधबार, असार १८, २०८२
पाल्पा जेसिजद्वारा विद्यालयमा मनोविमर्श
सोमबार, असार १६, २०८२
पाल्पा जेसिजले जिल्लाको एक सामुदायिक विद्यालयमा मनोविमर्श कार्यक्रम गरेको छ । उसले “मन स्वस्थ रहे जीवन स्वस्थ रहन्छ” भन्ने नारालाई आत्मसाथ गर्दै जिल्लाको माथागढी गाउँपालिका–१, बुढीकोटस्थित आदर्श आधारभूत विद्यालयमा मनोसामाजिक मनोविमर्श अभिमूखिकरण कार्यक्रम गरेको हो ।
पाल्पामा किसान महासंघले मनायो धान दिवस
आइतबार, असार १५, २०८२
नेपाली काँग्रेसको भातृ संस्था नेपाल किसान महासंघ पाल्पाले असार १५ अर्थात् धान दिवस मनाएको छ । महासंघले जिल्लाको रिब्दीकोट गाउँपालिका– २ दम्मक भर्देवा रोपाइँ गरेर आइतबार धान दिवस मनाइएको हो ।
तानसेनका अर्जुनले गरे सगरमाथाको सफल आरोहण
शनिबार, असार १४, २०८२
जिल्लाको तानसेन नगरपालिका –७ काजीपौवाका अर्जुन थापा मगरले सगरमाथाको सफल आरोहण गरेका छन् । उनले जेठ १३ गते बिहान ६ बजेर १८ मिनेट जाँदा सगरमाथाको सफल आरोहण गरेका हुन् ।
नर्स र विद्यार्थीलाई प्रजनन् सम्बन्धी अभिमुखिकरण
शनिबार, असार १४, २०८२
जिल्लाको रामपुर नगरपालिकामा किशोर–किशोरी र विद्यालय नर्सहरुका लागि प्रजनन् स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
शुक्रबार, असार १३, २०८२
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरी, रूकुम पश्चिम, मोरङ र रोल्पामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको हो ।
पाल्पामा पनि मनाइयो मदन भण्डारीको ७४ औं जन्मजयन्ती
शुक्रबार, असार १३, २०८२
जननेता मदन भण्डारीको ७४ औँ जन्मजयन्ती शुक्रबार पाल्पासहित देशैभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । तत्कालीन नेकपा (एमाले)का महासचिव भण्डारीको जन्मजयन्तीको अवसरमा एमाले र पार्टीका विभिन्न जनसंगठनहरूले देशभर विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाएका हुन् ।
मौरीपालक कृषकलाई अनुदानमा मौरीको घार
शुक्रबार, असार १३, २०८२
जिल्लाको रामपुर नगरपालिकाले कृषकलाई मौरीको घार वितरण गरेको छ । उसले कृषकको आयआर्जन बढाउन नगरभित्रका ३९ जनालाई ९५ वटा मौरी घार वितरण गरिएको हो । स्थानीय कृषकको माग र आवश्यकताको आधारमा नगरपालिकाको कृषि शाखाले ५० प्रतिशत अनुदानमा घार वितरण गरेको हो ।


