कुष्ठरोग नियन्त्रणमा चुनौती
शनिबार, चैत २१, २०७७

नैतिकता माथिको प्रश्न
शुक्रबार, चैत २०, २०७७
सत्ता आरोहणपछि धेरै समयसम्म अस्वस्थ्य भएको बाहाना गर्ने प्रधानमन्त्री अहिले आएर राजनैतिक संकट समाधान भन्दा पनि आफु अब्बल भएको देखाउन देश व्यापी भ्रमण र सभामा भाषण गरी रहेका देखिन्छन् । यसले उनी राजनैतिक विचार भन्दा पनि आफ्ना तानाशाही पना लाद्ने ध्येयमा लागेको भन्ने सहजै बुझ्न सकिन्छ ।

घट्दो रेमिट्यान्स
बिहीबार, चैत १९, २०७७
कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण वैदेशिक रोजगारीमा रहेका कामदारहरुले रोजगारी गुमाउँदै जाँदा विदेशबाट भित्रने रेमिट्यान्स पनि घट्दै गएको छ । कोभिड संक्रमणका कारण कामदार वैदेशिक रोजगारीमा जान पाएका छैनन् भने विदेशमा रोजगारीमै रहेका कामदारहरुले पनि पूर्ण समय काम पाउन सकेका छ्रैनन् । जसले गर्दा रेमिटान्स ओरालो लाग्नो क्रममा छ ।

वायु प्रदूषणको प्रभाव
बुधबार, चैत १८, २०७७
वायु प्रदुषणको प्रभावले देशको जनजीवन प्रभावित भएको छ । विगत केही दिनदेखि काठमाडौँ उपत्यका लगायत देशका अधिकांश भागमा वायु प्रदूषणको मात्रा असोचनीय रुपमा फैलिइरहेको देख्न सकिन्छ । विज्ञहरुले हाल फैलिरहेको वायु प्रदूषणको स्थिति निकै अस्वस्थकर रहेको बताएका छन् ।

कोरोना कहरमा श्रम गन्तव्य
मंगलबार, चैत १७, २०७७
कोरोना संक्रमण मानव समुदाय र विज्ञानका लागि अहिले एउटा मुख्य चुनौती बनेर देखा परेको छ । यसले विश्वको अर्थतन्त्रलाई धराशयी बनाइदिएको छ भने विश्वभरका लाखौँलाख मानिसलाई रोजगारी, आवास र गाँसवासबाट समेत विमुख बनाइदिएको छ। विश्वभर कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै भारत लगायत श्रम गन्तव्य मुलुकहरुलाई यसले नराम्रोसँग गाँजेको छ ।

सद्भावकोे पर्व होली
सोमबार, चैत १६, २०७७
रंगै रंगहरुसँगको पर्व अर्थात सद्भावको पर्व होली आज पाल्पा सहित पहाडी जिल्लाहरुमा मनाइदै छ । एक आपसमा माया प्रेम आत्मीयता साटासाट गरी र हर्षोल्लासका साथ यो पर्व मनाइदै छ । प्रत्येक वर्षको फागुन शुक्लपूर्णिमा अर्थात् होली पूर्णिमाको दिन मनाईने यो पर्वको महत्व आजका दिनमा पनि उत्तिकै रहेको पाईन्छ ।

‘लकडाउन’ होइन, स्वास्थ्य मापदण्ड पालना गरौं
शनिबार, चैत १४, २०७७
छिमेकी देश भारतमा कोरोना महामारीको दोस्रो लहर देखिएपछि नेपालमा पनि त्यसको त्रास फैलिएको छ । अन्य छिमेकी देशहरुले कोरोना नियन्त्रण गर्न भन्दै केही स्थानमा लकडाउन समेत गरेको अवस्था छ । नेपालमा पनि लकडाउनको हल्ला चलिरहेको छ । हल्ला चल्नु पनि स्वभाविक नै हो ।

डढेलो नियन्त्रण चुनौतीपूर्ण बन्दै
शुक्रबार, चैत १३, २०७७
चैत लागेपछि आगोलागीका घटनाहरु दिनप्रति दिन बढ्दै गएका छन् । विशेषतः फागुनदेखि जेठ महिनासम्म डढेलोका घटना बढी हुने गर्छन् । यो समयमा वर्षा कम हुने भएकाले यस्तो घटना धेरै हुने गरेको हो । पछिल्ला केही दिन यता गुल्मी र पाल्पाका विभिन्न स्थानमा आगोलागी भइरहेका छन् ।

पर्यटक बढ्दै
बिहीबार, चैत १२, २०७७
कोरोना संक्रमण त्रासका कारण थला परेको पर्यटन क्षेत्रमा पछिल्ला दिनमा केही सकारात्मक गतिविधि देखिन थालेका छन् । मुलुकभर पर्यटकीय क्षेत्रमा चहलपहल बढ्न थालेको छ भने नयाँ गन्तव्यको पहिचान र प्रचारसमेत हुन थालेको छ । आन्तरिक पर्यटनको विस्तार हुनुमा कोरोना भाइरसको सन्त्रास तथा लकडाउनले उकुसमुकस भएका नेपालीको घुम्ने चाहना तथा त्यसमा...

क्षयरोग दिवसको सार्थकता
बुधबार, चैत ११, २०७७
हरेक बर्षको मार्च २४ मा अन्तर्राष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । ‘द क्लक इज टिकिंग’ अर्थात ‘समय बितिरहेको छ’ भन्ने नारा सहित यस वर्ष विश्व समुदायले मार्च २४ तारिखमा क्षयरोग दिवस मनाँउदैछ । नेपालमा क्षयरोग एक प्रमुख जनस्वास्थ्य समस्याको रुपमा रहेको छ ।

कोरोनालाई खेलाँची नठानौं
मंगलबार, चैत १०, २०७७
पछिल्लो समय नेपालमा कोरोना भाइरसको सक्रमणको अवस्था केही मात्रमा घट्दै गए पनि पुनः उकालो लाग्न थालेको छ । छिमेकी देशहरुमा संक्रमणको दर बढ्दै जान थालेपछि त्यसको असर नेपालमा पनि देखिन थालेको हो । छिमेकी देशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्न थालेपछि सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ...

गिरिजाप्रसाद कोइरालाको योगदान अनुसरण गरौं
सोमबार, चैत ९, २०७७
निर्भीक र निडर नेताका रूपमा चिनिने गिरिजाप्रसाद कोइरालाको निधन भएको ११ वर्ष पुगेको छ । २०६६ साल चैत्र ७ गते गिरिजाप्रसादको निधन भएको थियो । २०४६ सालपछिको २० वर्षे नेपाली राजनीतिको शीर्ष स्थानमा रहने एक मात्र नेता हुन् गिरिजाप्रसाद कोइराला । उनको स्मरणमा शनिबार देशभर जीपी कोइराला फाउण्डेसनले कार्यक्रम गरी...

अनुदानको दुरुपयोग
आइतबार, चैत ८, २०७७
पछिल्लो समय अनुदानका कार्यक्रमहरु धेरै आएका छन् । सरकारी संघसंस्था हुन् वा गैरसरकारी संघसस्था नै किन नहुँन सबैले अनुदानका कार्यक्रहरु सञ्चालन गरिरहेका छन् । अनुदानको सहि सदुपयोगले कुनै पनि संस्थाको सेवाप्रवाह सहज र सरल बनाउन महत्वपूर्ण योगदान पु¥याउने गर्दछ ।तर त्यही अनुदानको यहाँ सदुपयोग भन्दा पनि बढी दुरुपयोग हुने गरेको...