२०७७ बिर्सन लायक वर्ष
बिहीबार, वैशाख २, २०७८

कोरोनासँग लड्न सचेतना अपनाऔँ
मंगलबार, चैत ३१, २०७७
कोरोना भाइरसको संक्रमण दर पुनः उकालो लाग्न थालेको छ । छिमेकी मुलुकहरुमा संक्रमण दर बढ्दै गएपछि त्यसको असर नेपालमा पनि देखिएको छ । दैनिक संक्रमितको संख्या सयभन्दा तल ओर्लिसकेको अवस्थामा केही सातायता फेरि यो दर बढ्न थालेको छ । कोरोना भाइरस संक्रमण अहिले तीन सयको हाराहारीमा पुग्नु र भारतलगायत विदेशबाट...

नागरिकका गुनासा सम्बोधन गर
सोमबार, चैत ३०, २०७७
स्थानीय तहहरुले प्रदान गर्ने सेवा सुविधाको सन्दर्भमा स्थानीय तहका पदाधिकारीहरु तथा सरोकारवाला नागरिकबीच सार्वजनिक स्थानमा गरिने खुला छलफल नै सार्वजनिक सुनुवाइ हो । यस किसिमको छलफलले शासन सञ्चालनमा पारदर्शिता, नेतृत्वमा जवाफदेहिता र साार्वजनिक चासोका विषयमा आम नागरिकहरुको सूचनामा पहुँचलाई मजबूत बनाउनुका साथै साार्वजनिक सेवा, वस्तु र निर्णय प्रक्रियामा आमनागरिकको सहभागितालाई...

घोडे जात्रा र यसको साँस्कृतिक महत्व
आइतबार, चैत २९, २०७७
हाम्रो समाजमा विभिन्न चाडपर्वहरूले आ–आफ्नै किसिमको महत्व बोकेर आएका हुन्छन् । त्यसमध्ये घोडे जात्रा पनि एक महत्वपूर्ण पर्व हो । यसको आफ्नै साँस्कृतिक महत्व रहेको छ । यो पर्वले नेवारी सम्प्रदायमा आफ्नै गरिमा र अस्तित्वलाई ज्वलन्तरूपमा प्रस्तुत गरिरहेको छ । यसबाट नेवारी समाजको कला र कौशलताको चरम विकास भएको यसबाट...

नेवारी चाड ‘पिशाच चतुर्दशी’ र ‘पाँहाचन्हे’
शनिबार, चैत २८, २०७७
आज ‘पिशाच चतुर्दशी’ । तानसेनमा कसै कसैले मात्र ‘पिशाच चतुर्दशी’ अर्थात ‘पाँहाचन्हे’ मनाउँछन् तर सबैले मनाउँदैनन् । भनिन्छ फागुण कृष्ण चतुर्दशीको दिनमा भगवान शिव पिशाचको रुप धारण गर्नु भएको थियो त्यसैले पिशाच चतुर्दशी भनिएको हो । त्यस्तै पाँहा चन्हे भन्नाले पाँहा भनेको पाहुना र चन्हे भनेको पर्व (नेवारी शब्द) ।...

सामुदायिक वनको सकरात्मक कदम
शुक्रबार, चैत २७, २०७७
चैत महिनामा देशका धेरै ठाउँका वनजंगलमा डढेलो लागेको छ । एकैचोटि धेरै स्थानमा डढेलो फैलिएका कारण त्यसमाथिको नियन्त्रण दिनानुदिन चुनौतीपूर्णसमेत बनिरहेको छ । अघिल्ला वर्षहरुमा हिउँदको समयमा पर्याप्त वर्षा हुनाले आगलागी र डढेलोका घटनाहरु निकै कम हुने गर्दथे, तर अहिले यसवर्ष त्यति पानी नै पर्न नसकेका कारण डढेलोका घटनाहरु तीव्र...

सदाचार र सुशासन जरुरी
बिहीबार, चैत २६, २०७७
व्यक्तिले समाजले निर्धारण गरेका मर्यादाको पालन गर्नुपर्छ । सामाजिक र सांस्कृतिक मान्यतालाई संहितावद्ध गरेर कानुन बनाइएको हुन्छ । यिनै सामाजिक मर्यादा र प्रचलित कानुनको अनुकूल चरित्र नै सदाचार हो । सार्वजनिक सेवालाई व्यक्तिगत लाभभन्दा माथि राख्नु सदाचार हो, जुन चिज आफ्नो स्वामित्व वा अधिकारभन्दा बाहिर छ, त्यसको लोभ नगर्नु र...

प्रदूषणविरुद्ध लड्ने योजना बनाऊ
बुधबार, चैत २५, २०७७
केही दिनदेखि काठमाडौँ लगायत देशभरका स्थानहरुमा वातावरणीय प्रदूषण देखिएको छ । प्रदूषणको असर देखिन थालेपछि सरकारले केही दिन अघि ४ दिनका लागि सम्पूर्ण शैक्षिक संस्थाहरु समेत बन्द गर्न निर्देशन दिएको थियो । विज्ञ र स्वास्थ्य मन्त्रालयले समेत सकेसम्म घरबाहिर ननिस्कन, निस्के पनि मास्क अनिवार्य प्रयोग गर्न र सकेसम्म गाडी नचलाइदिन...

खेल क्षेत्रको विकासमा ध्यान देऊ
मंगलबार, चैत २४, २०७७
आज विश्व खेलकुद दिवस विश्वभर मनाइदै छ । ‘अन्तराष्ट्रिय विकास र शान्तिका लागि खेलकुद दिवस’ भन्ने मूल नाराका साथ आज अप्रिल ६ मा अन्तर्राष्ट्रिय खेलकुद दिवस मनाइँदै छ । खेलकुदका माध्यमबाट विश्वभरको गरिबी उन्मूलन, असमानतारहित, सुन्दर र शान्त समाजको सन्देश प्रवाह गर्नका लागि विश्वभर यो दिवस मनाउन थालिएको हो ।...

दिवा खाजाले विद्यार्थी नियमित
सोमबार, चैत २३, २०७७
सामुदायिक विद्यालयमा सुरु गरिएको दिवा खाजा कार्यक्रमले विद्यार्थीको संख्या बढेको छ । शैक्षिक गुणस्तर सुधारका लागि भन्दै पाल्पाका केही स्थानीय सरकारहरुले सामुदायिक विद्यालयमा लागू गरेको दिवा खाजा कार्यक्रमले विद्यार्थीहरू नियमित रुपमा विद्यालयमा आउन थालेका हुन् । विद्यालयमा दिवा खाजाको व्यवस्था भएपछि विद्यार्थीको उपस्थितिमा वृद्धि भएको पाइएको छ ।

सहकारी र दिगो विकास
आइतबार, चैत २२, २०७७
‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने सिद्धान्तबाट प्रेरित भइ व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको आर्थिक हित तथा सामाजिक समून्नतिको लागि गरिने एकतावद्ध प्रयास नै सहकारी हो । सहकारीको माध्यमबाट आर्थिक असमानतालाई हटाई आत्मनिर्भरता प्राप्त गर्न सकिन्छ । सहकारी दिगो विकासको आधार पनि हो ।