नारायणगढ–बुटवल सडक : भौतिक प्रगति ७६ प्रतिशत
शुक्रबार, मंसिर १९, २०८२
बेथलमा एनसीसी जुनियर डिभिजनको विशेष तालिम सकियो
शुक्रबार, मंसिर १९, २०८२
तानसेनमा रहेको बेथल इङ्लिस बोर्डिङ्ग स्कूलमा सञ्चालित राष्ट्रिय सेवा दल (एनसीसी) जुनियर डिभिजनको विशेष तालिम सकिएको छ । ७९ दिनसम्म सञ्चालन भएको एनसीसी ५१ औं ब्याजको सिनियर डिभिजनको स्थान विशेष तालिम सकिएको हो ।
पाल्पाबाट अवैध युरिया मल बरामद
बिहीबार, मंसिर १८, २०८२
पाल्पामा ६० क्विन्टल अवैध युरिया मल बरामद भएको छ । जिल्लाको बगनासकाली गाउँपालिका– ३ आर्यभञ्ज्याङस्थित सिद्धार्थ राजमार्ग सडक खण्डमा प्रहरीले चेकजाँच गर्ने क्रममा उक्त परिमाणमा अवैध मल बरामद गरेको हो ।
आज उधौली पर्व र योमरी पुन्ही मनाइँदै
बिहीबार, मंसिर १८, २०८२
आज उधौली पर्व र योमरी पुन्ही देशभर मनाइँदै छ । विशेषगरी मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन किराँत समुदायले उधौली पर्व र नेवार समुदायले योमरी पुन्ही धुमधामसँग मनाउँछन् ।
उधौली र योमरी पुन्हीको सन्दर्भ
बिहीबार, मंसिर १८, २०८२
उधौली एक नेपाली पर्व हो । नेपाल संवत् अनुसार हरेक मंसिर शुक्ल पूर्णिमाका दिन यो पर्व मनाइने गरिन्छ । यस वर्षको पर्व आज परेको छ ।
सातै प्रदेशका चरा संरक्षणकर्मीहरु तानसेनमा
बुधबार, मंसिर १७, २०८२
पाल्पाको तानसेनमा चरा संरक्षण गर्ने उद्देश्य राखेर राष्ट्रिय कार्यशाला गोष्ठी भएको छ । अधेरी छरछरे सामुदायिक वन उपभोक्ता समिति दमकडा , खैरेनी सामुदायिक वन रामपुर पाल्पाको आयोजना र नेपाल पंक्षी संरक्षण संघको सहयोगमा चरा संरक्षणका लागि नेपाल पंक्षी संरक्षण सञ्जालको राष्ट्रिय कार्यशाला गोष्ठी भएको हो ।
उद्बुद्ध माविले मनायो ७५ औं वार्षिक उत्सव
बुधबार, मंसिर १७, २०८२
जिल्लाको पूर्वखोला गाउँपालिकाको रिङनेरहमा रहेको उद्बुद्ध माध्यमिक विद्यालयले ७५ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयले विभिन्न कार्यक्रम गरी वार्षिक उत्सव मनाएको हो ।
लुम्बिनी प्रोस्कुनको विस्तारित बैठक बुटवलमा
बुधबार, मंसिर १७, २०८२
लुम्बिनी वचत तथा ऋण सहकारी संघ लि. (लुम्बिनी प्रोस्कुन)को विस्तृत बैठक बुटवलमा भएको छ । लुम्बिनी प्रदेश भित्रका वचत र ऋणको कारोबार गर्ने सहकारीहरुको छाता संगठनका रुपमा रहेको प्रोस्कुनको आज बुटवलमा विस्तारित बैंठक बसेको हो ।
अपाङ्गमैत्री संरचना नहुँदा अपाङ्गता भएकाहरुलाई सकस
बुधबार, मंसिर १७, २०८२
जिल्लाका अधिकांश सरकारी र गैर सरकारी कार्यालय अपाङ्गमैत्री नहुँदा अपाङ्गता भएकालाई सेवा लिन सास्ती भोग्नु परेको छ । अधिकांश पालिकाका कार्यालयमा अपाङ्गमैत्री संरचना नहुँदा सेवा लिन निकै समस्या भोग्नु परेको अपाङ्गता भएकाको दुखेसो छ ।
सालझण्डी–ढोरपाटन सडक : तीन पटक म्याद थप्दा ६० प्रतिशत काम
मंगलबार, मंसिर १६, २०८२
राई र पहाडलाई जोड्ने गरी निर्माण भएको सालझण्डी–ढोरपाटन सडकको बागलुङ खण्डमा कामले गति लिन सकेको छैन । ट्र्याक खुलेको वर्षौँसम्म सडक स्तरोन्नति हुन नसक्दा स्थानीय र ढोरपाटन आउने पर्यटकले सास्ती खेप्नु परेको छ ।
विश्व एड्स दिवस, चेतनामुलक कार्यक्रम गरी मनाइँदै
सोमबार, मंसिर १५, २०८२
आज विश्व एड्स दिवस, नेपालमा पनि विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाइदैछ । एचआईभी एड्स सम्बन्धि जनचेतना जगाउने, एड्स विरुद्ध गरिएका गतिविधिबारे जानकारी दिने तथा एड्सका कारण मृत्यु भएकाहरुको सम्झना गर्ने उद्देश्यले प्रत्येक वर्ष डिसेम्बर १ मा विश्वभर एड्स दिवस मनाउने गरिएको छ ।


