भ्रष्टाचार अन्त्य गरौं
मंगलबार, मंसिर २३, २०८२
तानसेनमा भोली नेकपाको एकता सन्देश सभा हुँदै
सोमबार, मंसिर २२, २०८२
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका वामपन्थी राजनीतिक दलको एकतापछि बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पाल्पाको तानसेनमा भोली ‘एकता सन्देश सभा’ गर्न लागेको छ । पार्टी एकताको सन्देश तल्लो तहसम्म पु¥याउनका लागि सन्देशसभा आयोजना गर्न लागिएको नेकपाका नेता मथुरा ढकालले बताए ।
लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय छाडा चौपाय : सर्वेक्षण
सोमबार, मंसिर २२, २०८२
लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा चौपाया रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले छाडा पशु व्यवस्थापनसम्बन्धी गरेको सर्वेक्षण अध्यायन प्रतिवेदनमा प्रदेशमा अझै करिब चार हजार चौपाया व्यवस्थापन बाहिर रहेकाले कानुनी संरचना र सहकार्यलाई परिणाममुखी बनाउनुपर्ने कुरामा जोड दिएको छ...
महिनावारी दिवसको सार्थकता
सोमबार, मंसिर २२, २०८२
अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस आज विभिन्न सचेतनामूलक कार्यक्रम गरी नेपालमा पनि मनाइँदै छ । हरेक डिसेम्बर ८ मा यो दिवस मनाउने गरिन्छ । महिनावारीका कारण किशोरी÷महिलामाथि गरिने विभेद, लाञ्छनाहरु रोक्न यो दिवस महत्वपूर्ण हुने भए पनि त्यसो हुन सकेको छैन ।
रामपुरमा एकल महिलाहरुका लागि लैङ्गिक हिंसा तथा कानूनी सचेतना
आइतबार, मंसिर २१, २०८२
एकल महिलाहरुका लागि लैङ्गिक हिंसा तथा कानूनी सचेतना कार्यक्रम रामपुरमा भएको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत नगरपालिका भित्रका एकल महिलाहरुका लागि लैंगिक हिंसा र कानुनी व्यवस्था सम्बन्धी सचेतना प्रदान गरिएको हो ।
बगनासकालीमा लैङ्गिक हिंसा न्यूनीकरणका लागि सचेतना
आइतबार, मंसिर २१, २०८२
जिल्लाको बगनासकाली गाउँपालिकाले महिला शिक्षक, सञ्चारकर्मी, तथा कर्मचारीहरु बिच प्रविधिको सही प्रयोगबाट लैङ्गिक हिंसा न्यूनीकरणका लागि सचेतना सम्बन्धी अन्तक्र्रिया गरेको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत “प्रविधिको सहि प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने अभियानका साथ पालिकाले विद्यालयका महिला शिक्षक मार्फत बालबालिका हुँदै परिवार तथा समुदायमा ...
तानसेनमा राष्ट्रपति रनिङ शिल्ड सुरु, ४ विधाका ६६ खेलमा प्रतिष्पर्धा हुँदै
आइतबार, मंसिर २१, २०८२
जिल्लाको तानसेनमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । तानसेनस्थित टुँडिखेल मैदानमा आजदेखि सातौं नगरस्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।
चेतनाको अभाव र गरिबीले थला परेको मर्चवारमा आँखाको ज्योति
आइतबार, मंसिर २१, २०८२
सदरमुकाम भैरहवाका नजिकै भएर पनि स्वास्थ्य सेवा–सुविधाबाट टाढा रहेको रुपन्देहीको मर्चवार क्षेत्रमा आँखाका बिरामीको संख्या दिनानुदिन भयावह बन्दै गएको देखिएको छ।
स्वास्थ्य स्वयंसेविकाको गुनासो : दुःख धेरै, सुविधा कम
आइतबार, मंसिर २१, २०८२
जिल्लाका स्वास्थ्य स्वंसेविकाहरुले आफूहरूले बर्षौँ देखि निशूल्क रुपमा स्वास्थ्य सेवा प्रवाह गर्दै आएको भएपनि राज्यले आफूहरू माथि ठूलो अन्याय गरेको गुनासो गर्ने गरेका छन् । उनीहरूले घरदैलो कार्यक्रम गर्दै सुरक्षित मातृत्व, खोप तथा पोषण कार्यक्रम र नवजात शिशु सरसफाइमा जनचेतना फैलाउने काम गर्दै आए पनि आफूले गरेको कामको कुनै पनि...
अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै
आइतबार, मंसिर २१, २०८२
अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस नेपाल सहित विश्वभर मनाइँदै । उड्ययन सम्बन्धी विभिन्न कार्यक्रम गरी आज दिवस मनाउन लागिएको हो ।
उड्डयन क्षेत्र सुधार गरौं
आइतबार, मंसिर २१, २०८२
झण्डै एक दशकअघिदेखि नेपाली हवाई क्षेत्रको सुरक्षा सम्बन्धमा अन्तर्राष्ट्रिय स्तरबाटै विभिन्न प्रश्न उठ्दै आएको छ । यातायातका दृष्टिले हवाई उडानलाई सुरक्षित मानिए पनि बर्सेनि विमान दुर्घटनाको क्रम नरोकिनुले नेपाली आकाश असुरक्षित रहेको हो कि भन्ने आशंका सर्वत्र उत्पन्न हुने गरेको छ ।


