Shittalpati
पाल्पामा खोलाले बगाउँदा दुई युवकको मृत्यु

पाल्पा,  जिल्लाका रैनादेवी छहरा गाउँपालिकाका दुई यवकको खोलाले बगाउँदा मृत्यु भएको छ । रैनादेवी गाउँपालिका–७ जोगेदारका ३२ वर्षीय विपिन पोखरेल र सोही स्थानका २३ वर्षीय प्रविन पुनको खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । उनका अनुसार गत सोमबारदेखि बेपत्ता भएका उनीहरुलाई खोलाले बगाई मृत अवस्थामा भेटिएको हो ।

 शव रुपन्देहीको सैनामैना नगरपालिका–१० मैयाधारीस्थित कञ्चन खोलामा फेला परेको प्रनाउ भट्टराईले बताए ।  उनले भने “ति युवाहरु भदौ १५ गते साँझ करिब ६ बजे मोटरसाइकलमा रैनादेवी छहरा गाउँपालिका–८ सत्यवतीतर्फ गएका थिए । त्यसपछि आफन्तको सम्पर्कमा नआएपछि परिवारले भदौ १७ गते अस्थायी प्रहरी पोष्ट बेलवासमा जानकारी गराएका थिए । खोजतलास गर्ने क्रममा उनीहरू सवार मोटरसाइकल  डुम्रेबासस्थित सडकबाट करिब पाँच फिट तल खोलामा फेला पारेको थियो ।” त्यसपछि थप खोजी गर्दा दुवै जनाको शव खोलाले बगाएर रुपन्देहीको सैनामैना नगरपालिका–१० मैयाधारीस्थित कञ्चन खोलामा पुर्‍याएको अवस्थामा फेला परेको उनको भनाई छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update