केही सुसेली
शनिबार, कात्तिक १५, २०८२
तुलसी र हरिशयनी एकादशी
शनिबार, कात्तिक १५, २०८२
तुलसी सबैभन्दा बढी अक्सिजन फ्याँक्ने वनस्पति हो । तुलसीमा एन्टी अक्सिडेन्ट भएकाले घर आँगनमा रोपेको तुलसीले घरवरिपरि वातावरण स्वच्छ रहने र हावामा भएका आँखाले देख्न नसकिने कीटाणुसमेत नष्ट गर्न मद्दत गदर्छ । तुलसीलाई हिन्दू परम्परामा विष्णु भगवानको प्रतिक मानिन्छ ।
ऋणको आकार बढ्दै, असोजसम्म ५० अर्ब ६० करोड थपियो
शुक्रबार, कात्तिक १४, २०८२
, सार्वजनिक ऋणको आकार बढ्दै गएको छ । सरकारले राजस्व लक्ष्य अनुसार उठाउन नसक्दा ऋणको आकार बढ्दै गएको हो । असोजसम्म भुक्तानी गरेको साँवा घटाउँदा कुल ऋण ५० अर्ब ६० करोड रुपैयाँ थपिएको छ ।
आइतबार तानसेनमा सार्वजनिक बिदा
शुक्रबार, कात्तिक १४, २०८२
तानसेन नगरपालिकाले कात्तिक १६ गते आइतबार सार्वजनिक बिदा दिएको छ । तानसेन–१४ रुरुक्षेत्र (रीडी) स्थित ऋषिकेश मन्दिरमा कार्तिक शुक्ल द्धादशीका दिन सिन्दुर रथजात्रा ( रथयात्रा) मनाइने भएकाले असोज २६ गते बसेको नगरपालिकाको बैंठकले सो दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
सभामा बोल्दैगर्दा ढलेका मजदुर नेता गौतमको निधन
शुक्रबार, कात्तिक १४, २०८२
उद्योगमा विद्युत् कटौती भएको बिरोधमा मन्तव्य राख्दै गर्दा ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको मृत्यु भएको छ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घले विद्युत् कटौतीको विरोधमा आयोजना गरेको कार्यक्रममा संस्थागत धारणा राख्नेक्रममा ढलेर जिफन्टका उपाध्यक्ष गौतमको विहीबार मृत्यु भएको हो ।
शहरीकरण दिवसको सार्थकता
शुक्रबार, कात्तिक १४, २०८२
विश्व शहरीकरण दिवस आज विभिन्न कार्यक्रम गरी नेपालसहित विश्वभर मनाइँदै छ । सयुक्त राष्ट्रसंघ महासभाले सन् १९८५ मा ‘विश्व सहरीकरण दिवस’लाई मान्यता दिएको हो । यस दिवसको मुख्य उद्देश्य विश्वभर बढ्दै गएको सहरीकरणका चुनौती, अवसर र दिगो सहरी विकासका मुद्दामा जनचेतना जगाउनु हो । नेपालमा पनि शहरीकरणको प्रभाव र परिणाम...
दृष्टिविहीन इन्द्रप्रसादको आत्मनिर्भर जीवन
शुक्रबार, कात्तिक १४, २०८२
म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–५ लेकफाँटका इन्द्रप्रसाद सुवेदीले दुवै आँखा देख्दैनन् । आवाजको भरमा मान्छे चिन्छन् । हिँडेर घरदेखि टाढा जान सहयोगीको आवश्यकता पर्छ । शारिरीक रूपमा अशक्त भए पनि इन्द्रप्रसादले कृषि फार्म सञ्चालन गरेर सफल उद्यमीको पहिचान बनाएका छन् । कृषि फार्म सुरु गर्नुअघि इन्द्रप्रसादले रोजगारीका...
शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने
बिहीबार, कात्तिक १३, २०८२
मोन्था’ चक्रवातले शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
कैलाशनगर र बतासेडाडाँका स्थानीयले गराए स्थानीय सरकारको ध्यानाकर्षण
बिहीबार, कात्तिक १३, २०८२
तानसेन नगरपालिका –५ को कैलाशनगर र बतासेडाडाँ क्षेत्रका स्थानीयले स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले विहीबार नगरपालिकाको कार्यालयमै पुगी नगर प्रमुख सन्तोषलाल श्रेष्ठलाई विकास योजनाका बारेमा माग सहितको पत्र बुझाउँदै ध्यानाकर्षण गराएका हुन् ।
अपाङ्गमैत्री भवन निर्माण भएपछि विद्यार्थीलाई सहज हुने अपेक्षा
बिहीबार, कात्तिक १३, २०८२
दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित माध्यामिक विद्यालय कालाखोलामा अपाङ्गमैत्री भवन निर्माण गरिएको छ ।
चिन्तामा किसान : स्याहार्ने बेला वर्षाले बिगार्यो धान
बिहीबार, कात्तिक १३, २०८२
किसानले मानो रोपी फलाएको मुरी धान वर्षाले विगारेपछि चिन्तित बनेका छन् । तिहार लगत्तै काटेका धान स्याहार्न नपाउँदै पानी परेपछि पाल्पाका किसान चिन्तित बनेका हुन् ।


