एनआईसी बैंकद्वारा पाल्पाको लक्ष्मी माविसँगै १९ विद्यालयलाई सफ्टवेयर सहयोग
शनिबार, भदौ २०, २०७७
गुल्मीका पहिरो पीडितलाई राहत
शनिबार, भदौ २०, २०७७
गुल्मीको इस्मा गाउँपालिकाका पहिरो पीडित परिवारलाई राहत प्रदान गरिएको छ । एकीकृत ग्रामीण विकास समाज गुल्मीको संयोजन तथा केयर नेपालको सहयोगमा गाउँपालिकाका ६० परिवारलाई राहत प्रदान गरिएको हो ।
प्रदेश सरकारद्वारा कोरोना अस्पतालमा जनशक्ति र बजेट स्वीकृत
शुक्रबार, भदौ १९, २०७७
प्रदेश पाँच सरकारले कोरोना संक्रमणका बिरामीको उपचारका लागि व्यवस्था गरिएका स्वास्थ्य संस्थामा जनशक्ति व्यवस्थापन र उनीहरुको तलब भत्ताका लागि आवश्यक बजेटको व्यवस्थापन गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रदेश सरकार अन्तर्गत सञ्चालित आइसोलेशन अस्पतालको जनशक्ति र बजेट स्वीकृत गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ...
रोटर्याक्ट क्लव पाल्पाद्वारा विपन्नलाई राहत
बिहीबार, भदौ १८, २०७७
जिल्लामा क्रियाशिल सामाजिक संस्था रोटर्याक्ट क्लव अफ पाल्पा तानसेनले विपन्न परिवारका नागरिकहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको छ । क्लवले विश्वमा महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण पटक–पटक भएको बन्दाबन्दी तथा निषेधाज्ञाका कारण प्रभावित बनेका दैनिक ज्याला मजदुरी गरी जिवीका चलाउदै आएका विपन्न परिवारका लागि राहत वितरण गरेको हो ।
रेसुङ्गा विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावर शिलान्यास
बुधबार, भदौ १७, २०७७
कोरोना भाइरस सङक्रमणको प्रभाव रहिरहे पनि गुल्मीको रेसुङ्गा विमानस्थल निर्माणको काम अघि बढेको छ । विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावरको बुधबार शिलान्यास गरिएको छ ।
सानिमाको ८० औं शाखा रुपन्देहीको भलवारीमा
बुधबार, भदौ १७, २०७७
सानिमा बैंक लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो ८० औं शाखा रुपन्देहीको भलवारीमा विस्तार गरेको हो ।
गुल्मीदरबार गाउँ सरकारले गर्यो वार्षिक प्रगतिको समीक्षा
मंगलबार, भदौ १६, २०७७
जिल्लाको गुल्मीदरबार गाउँ सरकारले वार्षिक प्रगति समीक्षा गरेको छ । गाउँपालिकाले गत आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रगति समीक्षा गरेको हो ।
मृतकका नाममा सामाजिक सुरक्षा भत्ता झ्वाम
मंगलबार, भदौ १६, २०७७
लेकम गाउँपालिका–५ मा मृत्यु भइसकेको व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता निकासा भइरहेको खुलेपछि आवश्यक कारवाहीको माग गर्दै स्थानीयवासीले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । लेकम गाउँपालिका–५ का हरिदत्त जोशीको मृत्यु भइसकेकोे र उनको लगत कट्टा नगरी सामाजिक सुरक्षाभत्ता निकासा गर्ने काम भइरहेको रहस्य खुलेपछि सो कार्यमा संलग्न हुनेलाई आवश्यक कारवाहीको...
नेपालमा कोरोना बिमा गर्ने बढे
सोमबार, भदौ १५, २०७७
नेपालमा कोरोना भाइरस संक्रमणको संख्या बढ्दै गएपछि कोरोना बिमा गर्नेहरु पनि बढेका छन् । कोरोना संक्रमणले निम्त्याउन सक्ने आर्थिक जोखिमलाई लक्षित गर्दै सरकारले बिमा नीति ल्याएको र संक्रमणको दर बढ्दै गएपछि कोरोना बिमा गर्नेहरु ह्वात्तै बढेका हुन् ।
प्रदेश पाँचमा लघु घरेलु तथा साना उद्योगको दर्ता निःशुल्क
बिहीबार, भदौ ११, २०७७
प्रदेश पाँच सरकारले लघु घरेलु तथा साना उद्योगको दर्ता निःशुल्क गर्ने भएको छ । मन्त्रिपरिषद्को विहिबार बसेको बैठकले आर्थिक वर्ष २०७७/७८ मा उद्योगको दर्ता दस्तुरमा पूर्ण छुट दिने निर्णय गरेको बैठकपछि मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।
मिर्गाैला पिडित युवतीलाई अष्ट्रेलियाबाट आर्थिक सहयोग
बिहीबार, भदौ ११, २०७७
जिल्लाको मिर्गौला पीडित एक युवतीलाई अष्ट्रेलियाबाट आर्थिक सहयोग प्राप्त भएको छ । रेसुङ्गा नगरपालिका १० की २१ वर्षीया मिर्गौला पीडित अञ्जु बस्नेतलाई अष्ट्रेलियामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका हुन् ।
बैंकका कर्मचारी सहित अग्र भागमा काम गर्नेहरुको परीक्षण
बिहीबार, भदौ ११, २०७७
जिल्लाको माथागढी गाउँपालिकाले बैंकका कर्मचारी सहित अग्र भागमा रहेका काम गर्नेहरुको पिसिआर परीक्षण गरेको छ । कोरोना महामारीका बेला अग्र भागमा रहेका काम गर्दै आएका सुरक्षाकर्मी, बैंकका कर्मचारीहरु, व्यापारी, होटेल व्यवसायी, स्वास्थ्यकर्मीहरु, वैदेशिक रोजगारीबाट भर्खरै घरमा आई होमक्वारेन्टाइनमा बसेकाहरु, जनप्रतिनिधिहरु, गाउँपालिकाका कर्मचारीहरु, सार्वजनिक यातायातका गाडी चालकहरु, शिक्षकहरु र मेडिकल सञ्चालकहरुको...
कोरोनाको महामारीका कारण ह्वात्तै बढ्यो विद्युतीय कारोबार
बुधबार, भदौ १०, २०७७
कोरोना महामारीका कारण विद्युतीय कारोबार तर्फ आकर्षित भएका छन् । नेपाल राष्ट्र बैंकले विद्युतीय उपकरणको बढ्दो प्रयोगले केही महिना यता विद्युतीय भुक्तानीको कारोबार बढेको जनाएको छ ।


