पाल्पा (एजेन्सी) । वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेडले अन्तर्राष्ट्रिय पुरस्कार हात पारेको छ । सेवाप्रदायक संस्था वल्र्डलिंकले अन्तर्राष्ट्रिय पुरस्कार डिजिटल अपर्चुनिटी इन्क्लुजन ‘मेरिट पुरस्कार’ हात पारेको हो । नेपालका विभिन्न भागहरु लगायत कर्णाली प्रदेश जस्तो विकट क्षेत्रमा इन्टरनेट सेवाको पहुँच पुर्याएकोमा वल्र्डलिंकले उक्त पुरस्कार हात पारेको छ । वल्र्डलिंकलाई गत १९ नोभेम्बरमा वल्ड इन्फरमेशन टेक्नोलोजी एण्ड सर्भिस एलाइन्स (विट्सा) ले मलेसियाको पेनाङ्गमा आयोजित २०२० टेकफेष्ट लाईभ रोड–टु–विट्सा मलेसिया हाईब्रिड कार्यक्रममा विभिन्न पुरस्कार घोषणा गरेको थियो । यो पुरस्कार पाउने वल्र्डलिंक नेपालको पहिलो कम्पनी हो ।
पुरस्कार पाएसँगै वल्डलिंक कम्युनिकेसन्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलीप अग्रवालले ‘डिजिटल नेपाल निर्माण गर्ने हाम्रो प्रयासलाई सम्मानले महत्वपूर्ण टेवा पुग्ने बताएका छन् । उनले भनेका छन् ‘हामी हाम्रो इन्टरनेट सेवाहरुको साथ देशको कुना कुनामा पुग्न निरन्तर काम गर्दैछौं र सबैको जीवनलाई समृद्ध बनाउनका लागि डिजिटल प्लेटफर्मलाई सक्षम बनाउदैछौं ।’ सन १९७८ मा स्थापित वल्ड इन्फरमेशन टेक्नोलोजी एण्ड सर्भिस एलाइन्स (विट्सा) आईसीटी उद्योग संघ सदस्यहरुको एक अग्रणी संस्था हो । जसमा विश्वभरिका ८० भन्दा बढी देशका संस्थाहरू आवद्ध भएका छन् ।