Shittalpati
पाल्पामा भुइँ काफलको व्यावसायिक खेती

पाल्पा । पाल्पामा नौलो फलका रूपमा परिचित भुइँ काफलको व्यावसायिक खेती गर्न थालिएको छ । पहाडी जिल्लाको पाल्पामा पहिलो पटक भुइँ काफल वा स्ट्रबेरी खेती गर्न थालिएको हो । कृषि ज्ञान केन्द्र पाल्पाको चार लाख २५ हजार बजेटबाट जिल्लाको माथागढीको ओलेसमा, रिब्दीकोट गाउँपालिकाको भैरवस्थानमा र रम्भा गाउँपालिकाको हुँमीनमा भुइँकाफल खेती व्यावसायिक रूपमा थालनी भएको कार्यालय प्रमुख शिवप्रसाद अर्यालले बताए । यस खेतीमा रिब्दीकोटको भैरवस्थानमा अम्बिका गौतम, सरिता खनाल, पवित्र खाम्चा र पार्वती थापा आकर्षित छन् । रम्भाको हँुमीनमा सामूहिक रूपमा चार जनाले एक रोपनी जमिनमा एक हजार ५ सय स्ट्रबेरी लगाएका छन् ।

ज्ञान केन्द्रले नौ हजार बिरुवा, मल, सिँचाइका लागि चाहिने सामान, प्लाष्टिक, मल्चिङ प्रविधि र भिटामिन समेत सामान किसानलाई अनुदानमा उपलब्ध गराएको प्रमुख अर्यालले बताए । भैरवस्थानकी अम्बिकाले पहिलो पटक नयाँ फलको व्यवसाय गर्न पाएकोमा खुशी लागेको बताए । भैरवस्थान धार्मिक पर्यटकीय स्थल पनि हो । यस खेतीबाट प्रशस्त आम्दानी हुने आशा पनि गौतमको छ । यो फलको नेपालमा १० वर्ष अघिदेखि खेती हुँदै आएको थियो । स्ट्रबेरी फल खानाले पिसाब सम्बन्धी रोगलाई निको पार्न सहयोग गर्छ । पछिल्ला वर्ष यो फलको सेवन र खेतीप्रति अकर्षण बढ्दो छ । जिल्लाका ग्रामीण क्षेत्रमा केही मात्रा भुइँ काफलको खेती गरिए पनि व्यावसायिक रूपमा खेतीको अभाव छ । पाल्पा, गुल्मी, अर्घाखाँची जिल्लामा नै भुइँ काफल स्थानीय बजारमा माग भए पनि देखिएको छैन । पाल्पामा पहिलो पटक उत्पादन गर्न लागिको हो । –रासस

प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update