काठमाडौं (एजेन्सी)। एनसेल आजियाटा लिमिटेडले आफ्ना प्रिपेड ग्राहकका लागि दुई वटा आकर्षक नयाँ भ्वाइस प्याकहरु ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै नयाँ र आकर्षक भ्वाइस प्याक ल्याएको हो । यस प्याक अन्तर्गत ग्राहकले अझै सुलभ दरमा आफ्ना साथीभाई तथा परिवारसँग सुलभ दरमा भ्वाइस सेवाको फाइदा लिन सक्नेछन् । भ्वाइस प्याक बिहीबारदेखि ग्राहकका लागि उपलब्ध हुनेछ । प्रिपेड ग्राहकले एक घण्टाको र तीन दिनको समयसिमा भएको भ्वाइस प्याक आफ्नो आवश्यकता अनुसार सुचारु गर्न सक्ने छन् । एक घण्टाको भ्वाइस प्याक अन्तर्गत प्रिपेड ग्राहकले कर सहित १७ मा एक घण्टा समयसिमा रहेको ६० मिनेट अन नेट टक टाइमको फाइदा लिन सक्ने छन् । जसमा ग्राहकले २८ पैसाप्रति मिनेटको दरमा आफ्ना भ्वाइस सेवा लिन सक्ने छन् ।
एनसेल नेटवर्क भित्रकल गर्न विद्यमान शुल्क प्रतिमिनेट कर सहित २.५४ रहेको छ । ग्राहकले ६० मिनेटको प्याक सुचारु गर्ने बित्तिकै प्याकको समयसिमा सुरु हुनेछ । प्रिपेड ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ८ ह्यास डायल गरी एक घण्टाको प्याक सुचारु गर्न सक्नेछन् । त्यसैगरी ग्राहकले तीन दिनको समयसिमा रहेको २२५ मिनेट टक टाइमको प्याक कर सहित मात्र ४८ मा सुचारु गर्न सक्ने छन् । यस प्याकमा ग्राहकले तीन दिनसम्म हरेक दिन ७५ मिनेटको हिसाबले अन नेट टक टाइमको फाइदा लिन सक्ने छन् । यस प्याकअन्तर्गत ग्राहकले एनसेल नेटवर्क भित्र कर सहित २१ पैसा प्रतिमिनेटमा भ्वाइस सेवा लिन सक्ने छन् । ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ६ एस्ट्रिक्स २ ह्यास डायल गरी तीनदिनको समयसिमा रहेको प्याक सुचारु गर्न सक्ने छन् । सुलभदरमा गुणस्तरीय सेवाप्रदान गर्ने प्रतिवद्घता अनुरुप आफ्ना ग्राहकका लागि यी भ्वाइस प्याकहरु ल्याइएको कम्पनीले जनाएको छ । यो अफरले अझै सुलभ दरमा भ्वाइस सेवामा पहुँच दिदै ग्राहकलाई आफ्नो परिवार तथा साथीभाईहरुसँग सम्पर्कमा रहिरहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।