Shittalpati
फेरी कर्मचारी आलोपालोमा बैंक चलाउन राष्ट्र बैंकको निर्देशन
फेरी कर्मचारी आलोपालोमा बैंक चलाउन राष्ट्र बैंकको निर्देशन विश्वभर फैलिएको कोरोना महामारीको जोखिम उच्च बनेपछि राष्ट्र बैंकले फेरि बैंक तथा वित्तीय संस्थालाई कर्मचारीको आलोपालो प्रणालीमा व्यवस्थापन गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले एक सूचना नै जारी गरी बैंक तथा वित्तीय संस्थालाई उक्त निर्देशन दिएको हो ।
माथागढीमा बैंकिङ्ग प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता
माथागढीमा बैंकिङ्ग प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता जिल्लाको माथागढी गाउँपालिकाले बैंकि· प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । गाउँपालिकाले भत्ताको पारदर्शिता र दुरुपयोग हुनबाट जोगाउन बैंकिङ प्रणाली मार्फत भत्ता वितरण गर्दै आएको हो ।
फरक क्षमताका बालबालिकाका लागि मास्क र खाजा
फरक क्षमताका बालबालिकाका लागि मास्क र खाजा फरक क्षमता भएका बालबालिकाहरुका लागि मास्क र खाजा सहयोग गरिएको छ । नेपाल महिला संघ तानसेन नगरपालिका २ को वडा समितिले ७३ औं महिला संघको स्थापना दिवसको अवसरमा तानसेनमा रहेको सिबिआर केन्द्रका बालबालिकाहरुका लागि मास्क र खाजा सहयोग गरेको हो ।
मााथागढीका किसानलाई प्रोत्साहन स्वरुप २ लाख २० हजार अनुदान
मााथागढीका किसानलाई प्रोत्साहन स्वरुप २ लाख २० हजार अनुदान जिल्लाको माथागढी गाँउपालिकाले किसानलाई उत्पादनमा आधारित प्रोत्साहन रकम वितरण गरेको छ । गाउँपालिकाले किसानलाई कृषिमा उत्साहित बनाउन प्रोत्साहन स्वरुप २ लाख २० हजार ३ सय ६१ रुपैयाँ अनुदान दिएको छ ।
कोरोना बिमाको दाबी भूक्तानी
कोरोना बिमाको दाबी भूक्तानी जिल्लामा कोरोना बिमा दाबी भुक्तानी गरिएको छ । कोरोना बिमा गराएका गुल्मीदरबार गाउँपालिकाका एक कर्मचारीमा कोरोनाको संक्रमण पुष्टि भएपछि उनलाई बिमा बापतको एक लाख रकम भुक्तानी गरिएको हो ।
सिबिआरका बालबालिकालाई खाद्यान्न र स्वास्थ्य सामग्री
सिबिआरका बालबालिकालाई खाद्यान्न र स्वास्थ्य सामग्री जिल्लाको तानसेनमा रहेको पाल्पा सिबिआरका बालबालिकालाई खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरिएको छ । धर्मचक्र बौद्ध युवा संघ, धर्मचक्र महाविहार तानसेनले एक कार्यक्रमको आयोजना गरी पाल्पा सिबिआरमा रहेका फरक क्षमताका बालबालिकाहरुका लागि खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरेको हो ।
तानसेन नगर सरकारद्वारा ५० प्रतिशत अनुदानमा मौरीघार
तानसेन नगर सरकारद्वारा ५० प्रतिशत अनुदानमा मौरीघार तानसेन नगरपालिकाले ५० प्रतिशत अनुदानमा मौरीघार वितरण गरेको छ । नगर सरकारले मौरी पालक कृषकहरुलाई अनुदानमा मौरी घार सहित घारका लागि आवश्यक सामग्री वितरण गरेको हो ।
कर्मचारी युनियनद्वारा पहिरो पीडितका लागि आर्थिक सहयोग
कर्मचारी युनियनद्वारा पहिरो पीडितका लागि आर्थिक सहयोग नेपाल निजामती कर्मचारी युनियन (संघ) गुल्मीले जिल्लाका पहिरो पीडितका लागि आर्थिक सहयोग गरेको छ । जिल्लाको मुसिकोट नगरपालिका र ईस्मा गाउँपालिकामा केही दिन अघी गएको पहिरोबाट प्रभावितहरुका लागि सहयोगका संघले ५० हजार ५ सय ५५ आर्थिक सहयोग गरेको हो ।
नेपाली सेनाद्वारा सामुदायिक वनमा वृक्षरोपण
नेपाली सेनाद्वारा सामुदायिक वनमा वृक्षरोपण नेपाली सेनाले बिहीबार वडभान तथा रानीवन सामुदायिक वन रामपुर ४ मा वृक्षरोपण गरेको छ । गोरख दल गण रामपुर सुरक्षा गुल्मले सेनाको वार्षिक वृक्षरोपण कार्यक्रम अन्तर्गत रामपुर सवडिभिजन वन कार्यालयको सहयोगमा रामपुर नगरपालिका र वडभान तथा रानीवन सामुदायिक वनसँग समन्वय गरी वृक्षरोपण गरेको हो ।
गुल्मीमा पनि खुल्यो करदाता सेवा कार्यालय
गुल्मीमा पनि खुल्यो करदाता सेवा कार्यालय करदाताहरुको सेवालाई मध्यनजर गर्दै जिल्लामा करदाता सेवा कार्यालयको स्थापना भएको छ । नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभाग अन्तर्गतको करदाता सेवा कार्यालयले सदरमुकाम तम्घासस्थित रेसुङ्गा नगपालिका १ क्याम्पसरोडमा कार्यालय स्थापना गरेको हो ।
मेगा बैंकले ल्यायो अत्यन्तै सस्तो ब्याजदरमा कर्जा सुविधा
मेगा बैंकले ल्यायो अत्यन्तै सस्तो ब्याजदरमा कर्जा सुविधा मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई अत्यन्तै सस्तो ब्याजदरमा साना तथा मझौला कर्जा योजना ल्याएको छ । मेगा बैंकको दशौं वार्षिकोत्सवको अवसर पारेर ग्राहकहरुलाई ८.३२ ब्याजदरमै कर्जा दिने गरी बैंकले नयाँ योजना ल्याएको हो ।
पाल्पाका बाढी,पहिरो पीडितलाई बेस नेपालले गर्‍यो राहत सामग्री सहयोग
पाल्पाका बाढी,पहिरो पीडितलाई बेस नेपालले गर्‍यो राहत सामग्री सहयोग पछौटेपन उन्मूलन समाज (बेस) नेपालले जिल्लाका बाढी तथा पहिरो पीडितहरुलाई राहत सामग्री सहयोग गरेको छ । युकेएडको सहयोगमा केयर नेपालमार्फत प्राप्त भएको राहत सामग्री जिल्लाका १० वटै स्थानीय तहका प्राकृतिक प्रकोप पीडितहरुलाई सहयोग गरेको हो ।
Weather Update