Shittalpati
कोरोना कहरका बिच रानीमहल सहकारीले मनायो साधारण सभा

पाल्पा । विश्वरभर फैलिएको कोरोना कहरका बिच पनि रानीमहल बचत तथा ऋण सहकारी संस्था लिमिटेड तानसेनले आफ्नो वार्षिक साधरण सभा मनाएको छ । संस्थाले सामाजिक दुरी र स्वास्थ्य मापदण्ड अपनाउदै शनिबार १२ औं बार्षिक साधारण सभा मनाएको हो ।

सहकारीका अध्यक्ष भुगोल प्रसाद बैंजुले कोरोना कहरका कारण यस वर्षको साधारण सभालाई न्युन सहभागितामा मनाइएको बताए । उनले सहकारीले गरेका वार्षिक गतिविधिहरुलाई सदस्यहरु समक्ष जानकारी गराउनका लागि मात्र साधरण सभा गरिएको उल्लेख गरे । अध्यक्ष बैजुले कार्यक्रममा सहकारीको मूल्य मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्दै सहकारी अगाडि बढेको बताएका छन् । उनले आर्थिक विकासका ३ खम्बा मध्ये सहकारी एक भएकाले पनि सहकारीको विकास र विस्तार भए मात्र देशको आर्थिक समृद्धि हुन सक्ने बताए । अध्यक्ष बैंजुले संस्थाको वार्षिक प्रतिवेदन समेत प्रस्तुत गरेका थिए । उनले आगामी कार्यक्रममा सहकारीको शेयर पुँजी वृद्धि गर्ने, सहकारीमा सबै सदस्यहरुलाई एक ढिक्का बनाएर अगाडि बढाउने बताएका छन् । कार्यक्रममा सहकारीका निर्वाचन समितिका संयोजक शुसिल प्रधानले कोरोना कहरले मतदान गर्न नसकिएकाले अधिवेशन केही समयका लागि सारिएको जानकारी दिए । कार्यक्रममा लेखा समितिका संयोजक चिरञ्जीवी ढुङ्गानाले सहकारीको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका सचिव राजन नेपालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, मंसिर १३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update