माछापुच्छ्रे बैंकबाट ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात हुँदै
बिहीबार, मंसिर २५, २०७७
बाख्रापालनबाट एउटै गाउँमा वार्षिक ९० लाख आम्दानी
मंगलबार, मंसिर २३, २०७७
पोखरा महानगरपालिका–२० मौजागाउँका किसानले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आएका छन् । जिल्लामा बाख्राको पकेट क्षेत्रसमेत घोषणा गरिएको मौजाका कृषकले बाख्रापालनबाट वर्षमा सबै खर्च कटाएर रु ९० लाख कमाइ गरेका छन् । मौजामा विसं २०६२ देखि व्यावसायिक बाख्रापालन शुरु गरिएको थियो ।
नेपाल टेलिकमको निःशुल्क सिमकार्ड वितरण जारी
मंगलबार, मंसिर २३, २०७७
नेपाल टेलिकमले निःशुल्क सिमकार्ड वितरण कार्य जारी राखेको छ । कम्पनीले सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई ‘पाठशाला सियुजी सिम’ योजना अन्तर्गत निःशुल्क सिमकार्ड वितरण जारी राखेको हो । कोरोना महामारीका समयमा अनलाइन माध्यमबाट पठन–पाठन जारी राख्न टेलिकमले सिमकार्ड उपलब्ध गराउदै आएको छ ।
खेतीयोग्य जमिन सिँचाइबाट बञ्चित
सोमबार, मंसिर २२, २०७७
खेतीयोग्य जमिन सिँचाइ सुविधाको अभावमा बाँझो बन्दै गएको छ । बगनासकाली गाउँपालिका–६ यम्घाको मङरान सिँचाइ सुविधाबाट बञ्चित भएसँगै खेतीयोग्य जमिन अनुत्पादक जमिनका रुपमा परिणत भएको छ ।
उद्यम गर्न चाहनेका लागि ब्याज अनुदानमा ऋण
आइतबार, मंसिर २१, २०७७
के तपाई केही उद्यम गर्न चाहनुहुन्छ । यदि चाहानुहुन्छ भने लुम्बिनी प्रदेश सरकारले तपाईलाई ब्याज अनुदानमा ऋण दिने भएको छ । प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रोजगार गुमाएका र नयाँ उद्यमी बन्न चाहनेहरुका लागि ब्याज अनुदानमा ऋण प्रवाह गर्ने भएको हो ।
एनसेलले ल्यायो आकर्षक भ्वाइस प्याक
शुक्रबार, मंसिर १९, २०७७
एनसेल आजियाटा लिमिटेडले आफ्ना प्रिपेड ग्राहकका लागि दुई वटा आकर्षक नयाँ भ्वाइस प्याकहरु ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै नयाँ र आकर्षक भ्वाइस प्याक ल्याएको हो ।
पाल्पामा भुइँ काफलको व्यावसायिक खेती
बिहीबार, मंसिर १८, २०७७
पाल्पामा नौलो फलका रूपमा परिचित भुइँ काफलको व्यावसायिक खेती गर्न थालिएको छ । पहाडी जिल्लाको पाल्पामा पहिलो पटक भुइँ काफल वा स्ट्रबेरी खेती गर्न थालिएको हो ।
सानिमा बैंकबाट ‘कर्पोरेट पे’ प्रणालीको थालनी
बुधबार, मंसिर १७, २०७७
सानिमा बैंक लिमिटेडले आफ्ना व्यवसायिक ग्राहकहरुका लागि बैंक खाताबाट डिजिटल भुक्तानी गर्न सकिने गरी पहिलो पटक ‘कर्पोरेट पे’ प्रणालीमार्फत सुरु गरेको छ । ‘कर्पोरेट पे’ सलुसन नेपाल क्लियरि हाउसद्वारा प्रवर्धित बैंकिङ्ग कारोबार गर्ने विद्युतीय माध्यम हो ।
वल्र्डलिंक कम्युनिकेसन्सलाई अन्तर्राष्ट्रिय पुरस्कार
मंगलबार, मंसिर १६, २०७७
वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेडले अन्तर्राष्ट्रिय पुरस्कार हात पारेको छ । सेवाप्रदायक संस्था वल्र्डलिंकले अन्तर्राष्ट्रिय पुरस्कार डिजिटल अपर्चुनिटी इन्क्लुजन ‘मेरिट पुरस्कार’ हात पारेको हो ।
सबै जिल्लामा टेलिकमको फोरजी सेवा
सोमबार, मंसिर १५, २०७७
नेपाल टेलिकमको फोरजी सेवा ७७ वटै जिल्लामा पुगेको छ । नेपालमै पहिलोपटक २०७३ सालमा काठमाडौँ र पोखराबाट फोरजी सेवा शुरु गरेको सरकारी स्वामित्वमा सञ्चालित कम्पनी नेपाल टेलिकमले ७७ वटै जिल्लामा फोरजी सेवा विस्तार गरेको हो ।
मेगा बैंकका ग्राहकलाई ‘कर्पोरेट–पे’सेवा
सोमबार, मंसिर १५, २०७७
मेगा बैंक नेपाल लिमिटेडले आफ्ना संस्थागत ग्राहकहरुका लागि डिजिटल सेवा लिन लागेको छ । बैंकले डिजिटल माध्यममार्फत बैंक खाताबाटै भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट–पे’ सेवा लिन लागेको हो ।
उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व, वरिष्ठ उपाध्यक्षमा ढकाल विजयी
आइतबार, मंसिर १४, २०७७
नेपाल उद्योग वाणिज्य महासंघले नयाँ नेतृत्व पाएको छ । महासंघको मंसिर ११ देखि १३ गतेसम्म सम्पन्न भएको ५४ औं वार्षिक साधारणसभा तथा अधिवेशनले नयाँ नेतृत्व पाएको हो ।
कोरोना कहरका बिच रानीमहल सहकारीले मनायो साधारण सभा
शनिबार, मंसिर १३, २०७७
विश्वरभर फैलिएको कोरोना कहरका बिच पनि रानीमहल बचत तथा ऋण सहकारी संस्था लिमिटेड तानसेनले आफ्नो वार्षिक साधरण सभा मनाएको छ । संस्थाले सामाजिक दुरी र स्वास्थ्य मापदण्ड अपनाउदै शनिबार १२ औं बार्षिक साधारण सभा मनाएको हो ।


