
कृष्ण पोखरेल
पाल्पा, त्रिभुवन बहुमुखी क्यापस विविए चाथौ सेमेस्टरका विद्यार्थीले दोस्रो समेस्टरका विद्यार्थीहरुलाई स्वागत तथा सम्मान गरेका छन् । स्वागत तथा सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै क्याम्पस प्रमुख टंक प्रसाद भट्टराईले विद्यार्थीमा भएको ज्ञान, शिक्षा लाई अझै फराकिलो बनाउदै, सिप तथा गुणयुक्त बनाउन विविए कार्यक्रमले महत्वपूर्ण भुमिका खेलेको बताए । सैद्धान्तिक शिक्षालाई व्यवहारिक रुपमा रुपान्तरण गर्नको लागि विद्यार्र्थी, प्राध्यापकहरु दुबै सहभागिताको शिक्षण भईरहेको क्यम्पस प्रमुख भट्टराईले बताए । निजी क्षेत्रबाट पठन पाठन भएको विविए कार्यक्रममा पनि क्याम्सले १० प्रतिशत विद्यार्र्थीहरुलाई छात्रबृत्ति उपलब्ध गराउने क्याम्पस प्रमुख भट्टराईले बताए ।
कार्यक्रममा निवर्तमान क्याम्पस प्रमुख जीवनबहादुर थापाले विविए कार्यक्रमले नयाँ नयाँ विद्यार्थीहरुलाई समेट्न सफल भएको बताए । सरकारी क्याम्पस भएपनि विद्यार्थीको चाहानालाई मध्यनजर गरेर निजी क्षेत्रबाट त्रिभुवन बहुमुखी क्याम्पसमा विविए कार्यक्रम ल्याएको निवर्तमान क्याम्पस प्रमुख थापाले बताए ।
कार्यक्रममा विविए कार्यक्रमका निर्देशक केशव घिमिरेले प्राध्यापक, विद्यार्थीहरुको लगनशिलता र मिहिनेतको कारण सेमेष्टरको नतिजा उत्कृष्ट आएको बताए । करीव करीव शतप्रतिशत नतिजा आएको छ,, ३ दशमलव ८ प्रतिशत सम्म विद्यार्थीले विविएमा नतिजा ल्याएका छन्, कोभिडको समयमा पनि हामिले अनलाईन अफ लाईन दुबै माध्यमबाट पठन–पाठन गराई शैक्षिक गुणस्तर कायम गर्न क्याम्पस सफल भएको कार्यक्रमका निर्देशक घिमिरेले बताए ।
कार्यक्रममा सहायक क्याम्पस प्रमुख कृष्णबहादुर कार्कीले विविए कार्यक्रम आर्थिक क्षेत्रसंग जोडिएको विषयबस्तु भएकाले जीवनयापनलाई सहज बनाउन, आर्थिक क्रान्ती बढाउन, पुजी बजारलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रममा विद्यार्थी कल्याणकोषका प्रमुख पुष्कर आचार्यले क्याम्पसले विद्यार्थीहरुलाई लक्षित गरेर कल्याणकोषका कार्यक्रमहरु सञ्चालन गरिने बताए । कार्यक्रममा विविएम कार्यक्रमका निर्देशक राजेश्वर उदयले विश्वविधालय तथा क्याम्पसले विद्यार्र्थीहरुको मनको आखा खोलिदिने, ज्ञानलाई फराकिलो बनाउने, हरेक विषयबस्तुमा सोच्ने प्रश्न गर्ने तार्किक क्षमता बढाउने काम गर्दै आएको बताए । प्राध्यापक भेषराज सुवेदीले कुनै पनि शिक्षामा गोल गर्नको लागी विद्यार्थी र प्राध्यापक दुबै अशल, मिहिनेती हुनुपर्ने बताए । विद्यार्थीको गुणस्तरीय शिक्षाको लागि क्याम्पसको देखी घर सम्म, कक्षाकोठा देखी अनलाईनसम्म समय दिएर काम गर्न तयार भएको प्राध्यापक सुवेदीले जोड दिए । कार्यक्रममा क्याम्पसका पूर्व स्ववियु सभापती एवं नेविसंघका पूर्व केन्द्रिय सदस्य हरिवोल भट्टराईले विद्यार्थीको हकहित र सुविधाको लागि सधै क्रियासिल अवस्थामा रहेको बताए । हाम्रो एकशुत्रिय माग र अभियान भनेकै त्रिभुवन बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले सहुलियत दरमा गुणतरीय शिक्षाको लागी आवाज उठाउने भएको विधार्थी नेता भट्टराईले बताए ।
कार्यक्रममा विविए कार्यक्रमको सेमेष्टर परिक्षामा उत्कृष्ट भएका विद्यार्र्थीहरु प्रविन पाण्डे, पुजा पौडेल, नविना राना, विद्या मश्राङ्गी, नविन आले, शिव कुमार पोखरेल, विजिता श्रेष्ठ, कुभिजा बस्याल, रमेश बस्याल, कुसुम कुवँर र आयुसी शाक्य लाई नगद र प्रमाणपत्रबाट सम्मानित गरिएको थियो ।
विविए कार्यक्रममा चौथो समेष्टरका विद्यार्थी विशाल भण्डारीको सभापतित्वमा भएको स्वागत तथा सम्मान कार्यक्रममा छैटो समेष्टर बाट प्रविन पाण्डे, चौथो सेमेष्टर बाट साइसा श्रेष्ठ, दोस्रो समेष्टर बाट सुमी शाक्य र क्रिसा श्रेष्ठले स्वागत गरेका थिए भने धन्यवाद ज्ञापन विपना अर्याल र सञ्चालन सुविना पुन र सुयोग मुडवरीले गरेका थिए । त्रिभुवन बहुमुखी क्याम्पसले व्यबस्थापन, मानविकी, शिक्षा र विज्ञान संकायका विभिन्न विषयबस्तुमा अध्यन अध्यापन गराउदै आएको छ ।