Shittalpati
एकै घरका पाँच जनाको मृत्यु

काठमाडौं, ललितपुर कोन्जोसोम गाउँपालीका–४ नल्लुमा एकै परिवारका चारजना मृत भेटिएका छन् । अचेत अवस्थमा फेला परेका दुई जनामध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको ललितपुर प्रहरीले जानकारी दिएको छ ।

नल्लुकी काइली स्याङताङको घरका केही व्यक्ति मृत र घाइते अवस्थामा फेला परेको खबर वडाध्यक्ष तीर्थ घलानले दिएपछि प्रहरीको टोली गइ अनुसन्धान गरेको थियो । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार मृत फेला पर्नेमा घरमूली ५५ वर्षीया काइली स्याङताङ, २२ वर्षीया बुहारी शुष्मा स्याङताङ, ९ वर्षीय नाति आशिष स्याङताङ र ५ वर्षीया नातिनी आश्मा स्याङताङ रहेका छन् ।

त्यस्तै, अचेत अवस्थमा फेल पर्नेमा २३ वर्षीय छोरा शुभाष स्याङताङ र दुई दिने नाति थिए । उपचारका क्रममा दुई दिने नातिको पाटन अस्पतालमा मृत्यु भएको र शुभाषको उपचार हुँदै गरेको प्रहरीले बताएको छ । घटनास्थलमा कोइला बालेको देखिएको र त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update