मोतीराम भट्टको जन्मजयन्ती मनाइँदै
शुक्रबार, भदौ २६, २०८३
उद्योग मन्त्री यादवले दिइन् राजीनामा
बिहीबार, भदौ २५, २०८३
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले राजीनामा दिएकी छन् । ग्यास आपूर्ति सहज बनाउन नसकेपछि विवादमा परेकी यादवले बिहीबार प्रधानमन्त्री बालेन शाहलाई भेटेर राजीनामा बुझाएकी हुन् ।
तानसेनमा सर्वदा आई केयर, ३६० जनाले लिए निःशुल्क आँखा सेवा
बिहीबार, भदौ २५, २०८३
पाल्पा जिल्लाको तानसेनस्थित शितलपाटीमा सर्वदा आई केयर सञ्चालनमा आएको छ । तिलगंगा आँखा अस्पताल, काठमाडौंबाट विशेषज्ञता हासिल गर्नुभएकी दृष्टि विशेषज्ञ संगीता भट्टराईको नेतृत्वमा आई केयरले दैनिक विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ ।
भोटेकोशी बाढीपीडितका लागि प्याब्सन पाल्पाले जुटायो १३ लाख ३७ हजार राहत
बुधबार, भदौ २४, २०८३
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पाल्पाले १३ लाखभन्दा बढी राहत रकम जुटाएको छ । प्याब्सन पाल्पाका अनुसार संस्थाले कुल १३ लाख ३७ हजार २ सय २ रुपैयाँ सङ्कलन गरी प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गरेको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीप्रति पत्रकार महासंघ पाल्पाको आपत्ति
बुधबार, भदौ २४, २०८३
नेपाल पत्रकार महासंघ पाल्पा शाखाले छापा माध्यमलाई प्रदान हुँदै आएको लोककल्याणकारी विज्ञापनबापतको रकममा कटौती गर्ने गरी ल्याइएको नयाँ कार्यविधिप्रति गम्भीर आपत्ति जनाएको छ ।
अवैध लागूऔषध सहित ३८ जना पक्राउ
बुधबार, भदौ २४, २०८३
देशका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित ३८ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रूपन्देही, नवलपरासी पूर्व, दाङ, कास्की, सुर्खेत, मोरङ, सर्लाही, मकवानपुर, झापा, सुनसरी लगायतका जिल्लाहरुबाट अवैध लागूऔषध सहित ३८ जना पक्राउ परेका हुन् ।
काँग्रेसको महाधिवेशनको कार्यतालिका परिमार्जन
बुधबार, भदौ २४, २०८३
नेपाली काँग्रेसको १५औं केन्द्रीय महाधिवेशनको कार्यतालिका परिमार्जन गरिएको छ । पार्टी कार्यालय सानेपामा मंगलबार बसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले असोज १६ देखि १९ गते नै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी अन्य तहगत अधिवेशनका कार्यक्रमको समयतालिका परिमार्जन गरेको हो ।
रानीमहललाई फोटो खिच्ने गन्तव्य होइन, इतिहास र पर्यटनको जीवन्त केन्द्र बनाऔँ
बुधबार, भदौ २४, २०८३
प्रेमको प्रतीक रानीमहल भनेर परिचित पाल्पाको तानसेन –१३ स्थित रानीमहल हाम्रो इतिहास, संस्कृति, कला, वास्तुकला र प्रेमको अनुपम प्रतीक हो ।
भाद्र २४ : नेपालको इतिहासमा एउटा कालो दिन !
बुधबार, भदौ २४, २०८३
२०८२ भाद्र २४ गते नेपालको राजनितिक इतिहास र लोकतान्त्रिक यात्रामा गहिरो घाउ छोडेर गएको दिन हो। भाद्र २३ गतेबाट सुरु भएको जेन–जी आन्दोलनले उठाएका प्रश्न र असन्तुष्टिको राजनीतिक समाधान खोजिनुपर्ने समयमा २४ गतेको घटनाक्रम हिंसा, आगजनी, तोडफोड र राज्यका महत्वपूर्ण संरचनामाथिको आक्रमणमा परिणत भयो। त्यस दिन भएका घटनाले केवल भौतिक...
गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा
मंगलबार, भदौ २३, २०८३
गुल्मीका बाख्रामा देखिएको पेस्ट डेस पेटिट्स रुमिनान्ट्स (पिपिआर) रोग नियन्त्रणमा आएको छ । जिल्लाको मदाने गाउँपालिका–६ न्वारामा स्थानीय कृषक नारायण कुँवरले पालेको बाख्रामा गत तीन साता अघि पिपिआर रोगको सङ्क्रमण देखिएको थियो ।
आज विश्व फिजियोथेरापी दिवस
मंगलबार, भदौ २३, २०८३
आज सेप्टेम्बर ८ तारिक, विश्वभर विभिन्न कार्यक्रम गरी नेपालसहित विश्व फिजियोथेरापी दिवस मनाइँदै छ । शारीरिक स्वास्थ्य, सक्रिय जीवनशैली तथा पुनस्र्थापनामा फिजियोथेरापीको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले दिवस मनाउन लागिएको हो ।
अन्तर्राष्ट्रिय साक्षरता दिवस नेपालमा पनि मनाइँदै
मंगलबार, भदौ २३, २०८३
विश्वभर साक्षरताको महत्व उजागर गर्दै आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । हरेक वर्ष सेप्टेम्बर ८ मा मनाइने यो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
देशलाई स्वार्थ पूर्ति गर्ने क्रिडास्थल कहिले सम्म बनाउने ?
मंगलबार, भदौ २३, २०८३
१७ औं शताब्दीका देश प्रति बफादार भारदार काजी भिम मल्लको दरबारले षड्यन्त्र पूर्वक मृत्युदण्ड दिए पछि उनकी पत्नीले सती जानु पूर्व भनेकी थिईन् “देशको भलो चाहने कुनै पनि व्यक्तिको यस देशमा कहिल्यै भलो नहोस्” सोहि समयदेखि नेपाललाई सतीले सरापेको देश उपनामले पनि चिनिन थालेको पाईन्छ ।


