पाल्पा, देशका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित ३८ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रूपन्देही, नवलपरासी पूर्व, दाङ, कास्की, सुर्खेत, मोरङ, सर्लाही, मकवानपुर, झापा, सुनसरी लगायतका जिल्लाहरुबाट अवैध लागूऔषध सहित ३८ जना पक्राउ परेका हुन् ।
प्रहरीले उनीहरुको साथबाट ब्राउनसुगर/खैरो हेरोइनजस्तो पदार्थ, गाँजा, चरेस, ट्रामाडोल, नाइट्राजेपाम, स्पास्मो, डाइजेपाम, फेनारगन र नोर्फिनलगायत लागूऔषध बरामद गरेको छ । रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–१० बाट अवैध लागूऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लुम्बिनी साँस्कृतिक नगरपालिका–१० महिलावार बस्ने २३ वर्षीय राजेश प्रसाद तेली, २२ वर्षीय राजेश कुमार तिवारी, सोही नगरपालिका–५ बस्ने २५ वर्षीय आजिजु राहमान मुसलमान र २५ वर्षीय कृपा शंकर उपाध्याय रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले लु.३९ प ६२१० नम्बरको मोटरसाइकल र लु.१४ प ३७६५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस्तै नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने बजारबाट नियन्त्रित लागूऔषध सहित भारत उत्तरप्रदेश खुसीनगर तुरपट्टी फाजीनगर बस्ने २३ वर्षीय साहिल अन्सारी समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी दाउन्नेबाट खटिएको प्रहरीले बर्दघाटबाट दुम्किबासतर्फ जाँदै गरेको युपी ५७ बिएन ३०८४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस्तै प्रहरीले दाङको घोराही उपमहानगरपालिका–१५ मधुवन टोलबाट अवैध लागूऔषध सहित सोही उपमहानगरपालिका–१८ बालुवाटार बस्ने २७ वर्षीय बिष्णु प्रसाद सोनीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस्तै मोरङको उर्लाबारी नगरपालिका–४ नयाँ बस्ती बस्ने ४८ वर्षीय मान बहादुर परियार समेत २ जनालाई अवैध लागूऔषध गाँजा सहित प्रहरीले पक्राउ गरेको छ । यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका–१६ मितेरी टोलबाट अवैध लागूऔषध सहित सोही उपमहानगरपालिका–१७ बस्ने १९ वर्षीय अबु खानलाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीकै, इटहरी उपमहानगरपालिका–७ बज्राहा मुसरी टोलबाट सोही ठाउँ बस्ने ४६ वर्षीय दिनेश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । यसैगरी सुनसरीको इटहरी उपमहानगरपालिका–१० बाट अवैध लागूऔ सहित सोही उपमहानगरपालिका–१० बस्ने १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । यस्तै झापाको, कनकाई नगरपालिका–५ तल्लो चाप्रामारीबाट अवैध लागूऔ सहित सोही नगरपालिका–४ मनकामना टोल बस्ने ३२ वर्षीय रोशन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी झापाको मेचीनगर नगरपालिका–६ बाट अवैध लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका–११ बस्ने २१ वर्षीय गोबिन्द श्रेष्ठ र बिर्तामोड नगरपालिका–११ बस्ने ३० वर्षीय कृष्ण बहादुर प्रधान रहेका छन् । यसैगरी झापाकै दमक नगरपालिका–२ बाट अवैध लागूऔषधसहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार अररिया बौकामजरफ घर भएका १९ वर्षीय मोहमद फारूक र २५ वर्षीय चन्दन कुमार मण्डल रहेका छन् । यस्तै मकवानपुर, हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङ बुद्धचोकबाट अवैध लागूऔषध र नगद १५ हजार रूपैयाँ सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने रंजित बस्नेत, ३० वर्षीय अनिश चौलागाई र २९ वर्षीय इन्द्र बहादुर अधिकारी रहेका छन् । यस्तै ललितपुरको ललितपुर महानगरपालिका–७ दुपाट डेरा गरी बस्ने काभ्रे पनौती घर भएका ४३ वर्षीया मिना केसीलाई नियन्त्रित लागूऔषध सहित प्रहरीले पक्राउ गरेको छ । यसैगरी इलामको सूर्योदय नगरपालिका–८ शान्ति चोकबाट अवैध लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–८ कन्याम बस्ने ३० वर्षीय मिक कुमार तामाङ र २४ वर्षीय रोशन तामाङ रहेका छन् ।


