Shittalpati
पाल्पामा सुनका गहना ठगी गर्ने  चार जना पक्राउ
पाल्पामा सुनका गहना ठगी गर्ने  चार जना पक्राउ जिल्लामा सर्वसाधारणलाई ललाईफकाई गरी विभिन्न प्रलोभनमा पारी सुनका गहना ठग्दै हिँड्ने  चार जना पक्राउ परेका छन् । यहाँको रैनादेवी छहरा गाउँपालिका–७ बल्ढेङ्गढीमा नक्कली सुनको जस्तो डल्लो देखाई प्रलोभनमा पारी सुनका गहना झिकेर लैजाने चार जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो ।
लामिछानेको सांसद पद निलम्बन हुने
लामिछानेको सांसद पद निलम्बन हुने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको सांसद पद निलम्बन हुने भएको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा हिरासतमा रहेका पूर्वगृमन्त्री लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा मुद्दा दर्तामा  अदालतमा मुद्दा दर्ता भएपछि उनको सांसद पद स्वतः निलम्बन हुने भएको हो ।
सहकारी ठगी प्रकरण : लामिछानेसहित ३१ जनाविरुद्ध मुद्दा दर्ता
सहकारी ठगी प्रकरण : लामिछानेसहित ३१ जनाविरुद्ध मुद्दा दर्ता जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको छ ।
तानसेनमा सामूहिक बेलविवाह र व्रतबन्ध गरिदैं
तानसेनमा सामूहिक बेलविवाह र व्रतबन्ध गरिदैं आउँदो माघ २५ तानसेनमा सामूूहिक बेलविवाह र व्रतबन्ध गरिने भएको छ । नेवाः गुठी तानसेनले विगतमा जस्तै यस वर्ष पनि नेवाः समुदायका बालबालिकाहरूको सामूहिक इही (बेलविवाह) एवं व्रतबन्ध गरिदिन लागेको हो ।
पाल्पामा विस्फोट हुँदा एक जनाको मृत्यु
पाल्पामा विस्फोट हुँदा एक जनाको मृत्यु जिल्लामा विस्फोटक पदार्थ विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका –२ बुढाचटकमा विस्फोटक पदार्थ विस्फोट हुँदा एक जनाको मृत्यु भएको हो ।
प्रभु बैंक पाल्पा शाखाद्वारा ‘वाटर डिस्पेन्सर’ सहयोग
प्रभु बैंक पाल्पा शाखाद्वारा ‘वाटर डिस्पेन्सर’ सहयोग प्रभु बैंक लिमिटेड पाल्पा शाखाले तानसेनको एक विद्यालयलाई ‘वाटर डिस्पेन्सर’ सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत तानसेनस्थित जनता नमूना माध्यामिक विद्यालयलाई दुई थान पानी  चिसो, तातो सफा गर्ने उपकरण बाटर डिस्पेन्सर निःशुल्क सहयोग गरेको हो ।
महायज्ञबाट दुई करोड बढी सङ्कलन
महायज्ञबाट दुई करोड बढी सङ्कलन स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मा रहेको मिर्मी बहुमुखी क्याम्पसले महायज्ञबाट रु दुई करोडभन्दा बढी रकम सड्ढलन गरेको छ ।
अर्थतन्त्र उकास्नतर्फ ध्यान देऊ  
अर्थतन्त्र उकास्नतर्फ ध्यान देऊ   नेपालको अर्थतन्त्रमा अझै पनि सुधार आउन सकेको छैन् । कोभिड पछि थला परेको अर्थतन्त्रलाई माथि उकास्ने सवालमा कुनै पनि सरकार गम्भीर बन्न सकेका छैनन् ।
नेप्से सामान्य अंकले गिरावट
नेप्से सामान्य अंकले गिरावट शेयर बजार बिहीबार पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से विहीबार ३१ दशमलव ४३ अड्ढले घटेर दुई हजार पाँच सय ९६ दशमलव ८२ विन्दुमा झरेको छ ।
पाँच वर्षदेखि थन्किएका बस सञ्चालनमा
पाँच वर्षदेखि थन्किएका बस सञ्चालनमा लुम्बिनी विकास कोषलाई दातृ निकायले अनुदान सहयोगस्वरूप उपलब्ध गराएका विद्युतीय सवारीसाधनको विहीबारदेखि परीक्षणका रूपमा सञ्चालन गरिएको छ । यसअघि कानुनी समस्याका कारण सञ्चालनमा आउन नसकेका सवारीसाधनमध्ये दुई वटा बस सञ्चालनमा ल्याइएको हो ।
Weather Update